Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

जिराकाे मूल्य आकाशीयाे, खुद्रा मूल्य १२ सय भन्दा बढी

खबरडबली संवाददाता

काठमाडौं । निरन्तर बढिरहेको जिराको मूल्य पछिल्लाे समय बजारमा १२ सय रुपैँया भन्दा बढी भएकाे छ । जिराकाे मूल्य  यतिबेला थोकमा नै प्रतिकिलो ११ सय रूपैयाँदेखि १२ सय सम्म रहेकेा छ ।

विगत ४/५ वर्षदेखि जिराको मूल्य प्रतिकिलो ५ सय रूपैयाँभन्दा माथि पुगेको थिएन । तर यसपटक गएको दसैँ तिहारपछिदेखि विस्तारै जिराको मूल्य बढ्न थालेको थियाे । खुद्रा बजारमा त जिरा प्रतिकिलो १२ सय रूपैयाँ बढीसम्म पुगेको नेपाल चेम्बर अफ कमर्सका आपूर्ति सभापति देवेन्द्र भट्ट श्रेष्ठले बताए ।  
जिराको मूल्य बढेसँगै माग पनि केही घटेको छ। विगतका वर्षहरूमा भन्दा चालु आवमा जिरा आयात कम भएको छ । जिराको आयात कम हुनुको कारणमा मूल्य बढेसँग माग घट्नु पनि हो। पहिले जिराको बढीजसो व्यापार दसैँ तथा तिहार आसपासमा नै हुने गर्दथ्यो। अहिले जिराको माग सधैँजसो उस्तै नै रहेकाे छ । जिराको माग कोरानाको समयपछि झन बढ्दै गएकाे छ। त्यसमा विशेषगरी जिरा पानी खाने प्रचलन बढेको मानिएको छ । तर अहिले भने मूल्य बढ्दा केही माग घटेको बताइएकाे छ। 

अहिले जिरा हालेर बनाइने परिकारको मागसमेत बढेको छ । तरकारी पकाउँदा जिराको धुलो तथा गेडा दुवैथरी प्रयोग हुने गरेको पाइन्छ । पहिले जिरा कम र अन्य मसला बढी प्रयोग हुने गरेपनि अहिले जिराकै प्रयोग घरघरमा बढेको छ ।

नेपालमा खपत हुने जिरामध्ये केहीमात्र नेपालमा उत्पादन हुन्छ । जिराको उत्पादन पनि नेपालमा जीवननिर्वाहमुखी नै रहेको देखिन्छ । व्यावसायिक रुपमा जिरा खेती भएको छैन। सहरी क्षेत्रमा हुने मागको ९० प्रतिशतभन्दा बढी जिरा विदेशबाट नै आयात हुन्छ । त्यसमा पनि धेरैजसो भारतबाट नै आयात भइरहेको छ । 

पछिल्लो एकवर्षदेखि भारतमा नै जिराको उत्पादनमा कमी आएको छ। भारतले सार्क राष्ट्रबाहेकका देशमा जिरा निर्यातमा लगाएको प्रतिबन्ध पनि अहिले खुला गरिसकेको छ। जसका कारण पनि बजारमा जिराको अभावको स्थिति छ। बढ्दो मागअनुसार उत्पादन नहुँदा भारतमै जिराको मूल्य बढेको श्रेष्ठ बताउँछन् ।

पछिल्लो समय चीनमा भारतीय जिराको अस्भाविक माग बढेको र सोहीअनुसार जिरा निर्यात भएको छ। जसका कारण भारतमै जिराको मूल्य बढदा नेपालमा समेत त्यसको असर परेको छ।

यसैगरी भन्सार विभागको निर्देशनमा जिराको बजार मूल्यअनुसार भन्सार मूल्यांकन हुँदासमेत जिराको मूल्य थप बढेको व्यवसायीहरू बताउँछन्।

यस्तो छ जिरा आयातको तथ्यांक

नेपालले चालु आवको ११ महिनामा ५४ लाख ७ हजार ४ सय ९८ केजी जिरा तथा जिराको धुलो आयात गरेको छ। नेपालले १ अर्ब ७४ करोड ४२ लाख ७२ हजार रूपैयाँ बराबरको जिरा आयात गरेको हो।

जिरा आयातबाट सरकारले  ३२ करोड १४ लाख ६३ हजार रूपैयाँ राजस्व संकलन गरेको छ ।  चालु आवमा नेपालले आयात गरेको जिरामध्ये सबैभन्दा बढी भारतबाट नै आएको छ। भारतबाट मात्रै ५३ लाख ५३ हजार ४ सय ६१ केजी जिरा आयात भएको छ। भारतबाहेक टर्की तथा बेल्जियमबाट केही परिमाणमा जिरा आयात भएको छ। 

नेपालले गत आर्थिक वर्ष ०७८/०७९ मा ८४ लाख ६२ हजार ७ सय १७ केजी जिरा आयात गरेको थियो। जसको मूल्य २ अर्ब ७ करोड ८० लाख ५१ हजार रूपैयाँ रहेको थियो। गत आवमा जिरा आयातबाट सरकारले ३८ करोड ५६ लाख १८ हजार रूपैयाँ बराबरा राजस्व संकलन गरेको थियो।

२०७७/०७८ मा २ अर्ब ४५ करोड ८९ लाख रूपैयाँ बराबरको १ करोड १ लाख ७८ हजार ४ सय २९ केजी  जिरा आयात भएको थियो भने ४५ करोड ४९ लाख ७९ हजार राजस्व संकलन भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।

भन्सार विभागकै तथ्यांकअनुसार ०७६/०७७ मा  २ अर्ब २६ करोड ६८ लाख रूपैयाँ बराबरको ८७ लाख ८६ हजार ४ सय ६३ केजी र २०७५/०७६ मा १ अर्ब ८९ करोड ६१ लाख रूपैयाँ बराबरको ७३ लाख ९२ हजार ७१ केजी जिरा आयात भएको थियो।

यसैगरी २०७४/०७५ मा १ अर्ब ४६ करोड १३ लाख रूपैयाँ बरारबको ६४ लाख ४६ हजार ८ सय ६२ केजी र २०७३/०७४ मा १ अर्ब २३ करोड ९१ लाख रूपैयाँ बराबरको ६२ लाख ४६ हजार १ सय ८५ केजी जिरा आयात भएको थियो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending