Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

जिराकाे मूल्य आकाशीयाे, खुद्रा मूल्य १२ सय भन्दा बढी

खबरडबली संवाददाता

काठमाडौं । निरन्तर बढिरहेको जिराको मूल्य पछिल्लाे समय बजारमा १२ सय रुपैँया भन्दा बढी भएकाे छ । जिराकाे मूल्य  यतिबेला थोकमा नै प्रतिकिलो ११ सय रूपैयाँदेखि १२ सय सम्म रहेकेा छ ।

विगत ४/५ वर्षदेखि जिराको मूल्य प्रतिकिलो ५ सय रूपैयाँभन्दा माथि पुगेको थिएन । तर यसपटक गएको दसैँ तिहारपछिदेखि विस्तारै जिराको मूल्य बढ्न थालेको थियाे । खुद्रा बजारमा त जिरा प्रतिकिलो १२ सय रूपैयाँ बढीसम्म पुगेको नेपाल चेम्बर अफ कमर्सका आपूर्ति सभापति देवेन्द्र भट्ट श्रेष्ठले बताए ।  
जिराको मूल्य बढेसँगै माग पनि केही घटेको छ। विगतका वर्षहरूमा भन्दा चालु आवमा जिरा आयात कम भएको छ । जिराको आयात कम हुनुको कारणमा मूल्य बढेसँग माग घट्नु पनि हो। पहिले जिराको बढीजसो व्यापार दसैँ तथा तिहार आसपासमा नै हुने गर्दथ्यो। अहिले जिराको माग सधैँजसो उस्तै नै रहेकाे छ । जिराको माग कोरानाको समयपछि झन बढ्दै गएकाे छ। त्यसमा विशेषगरी जिरा पानी खाने प्रचलन बढेको मानिएको छ । तर अहिले भने मूल्य बढ्दा केही माग घटेको बताइएकाे छ। 

अहिले जिरा हालेर बनाइने परिकारको मागसमेत बढेको छ । तरकारी पकाउँदा जिराको धुलो तथा गेडा दुवैथरी प्रयोग हुने गरेको पाइन्छ । पहिले जिरा कम र अन्य मसला बढी प्रयोग हुने गरेपनि अहिले जिराकै प्रयोग घरघरमा बढेको छ ।

नेपालमा खपत हुने जिरामध्ये केहीमात्र नेपालमा उत्पादन हुन्छ । जिराको उत्पादन पनि नेपालमा जीवननिर्वाहमुखी नै रहेको देखिन्छ । व्यावसायिक रुपमा जिरा खेती भएको छैन। सहरी क्षेत्रमा हुने मागको ९० प्रतिशतभन्दा बढी जिरा विदेशबाट नै आयात हुन्छ । त्यसमा पनि धेरैजसो भारतबाट नै आयात भइरहेको छ । 

पछिल्लो एकवर्षदेखि भारतमा नै जिराको उत्पादनमा कमी आएको छ। भारतले सार्क राष्ट्रबाहेकका देशमा जिरा निर्यातमा लगाएको प्रतिबन्ध पनि अहिले खुला गरिसकेको छ। जसका कारण पनि बजारमा जिराको अभावको स्थिति छ। बढ्दो मागअनुसार उत्पादन नहुँदा भारतमै जिराको मूल्य बढेको श्रेष्ठ बताउँछन् ।

पछिल्लो समय चीनमा भारतीय जिराको अस्भाविक माग बढेको र सोहीअनुसार जिरा निर्यात भएको छ। जसका कारण भारतमै जिराको मूल्य बढदा नेपालमा समेत त्यसको असर परेको छ।

यसैगरी भन्सार विभागको निर्देशनमा जिराको बजार मूल्यअनुसार भन्सार मूल्यांकन हुँदासमेत जिराको मूल्य थप बढेको व्यवसायीहरू बताउँछन्।

यस्तो छ जिरा आयातको तथ्यांक

नेपालले चालु आवको ११ महिनामा ५४ लाख ७ हजार ४ सय ९८ केजी जिरा तथा जिराको धुलो आयात गरेको छ। नेपालले १ अर्ब ७४ करोड ४२ लाख ७२ हजार रूपैयाँ बराबरको जिरा आयात गरेको हो।

जिरा आयातबाट सरकारले  ३२ करोड १४ लाख ६३ हजार रूपैयाँ राजस्व संकलन गरेको छ ।  चालु आवमा नेपालले आयात गरेको जिरामध्ये सबैभन्दा बढी भारतबाट नै आएको छ। भारतबाट मात्रै ५३ लाख ५३ हजार ४ सय ६१ केजी जिरा आयात भएको छ। भारतबाहेक टर्की तथा बेल्जियमबाट केही परिमाणमा जिरा आयात भएको छ। 

नेपालले गत आर्थिक वर्ष ०७८/०७९ मा ८४ लाख ६२ हजार ७ सय १७ केजी जिरा आयात गरेको थियो। जसको मूल्य २ अर्ब ७ करोड ८० लाख ५१ हजार रूपैयाँ रहेको थियो। गत आवमा जिरा आयातबाट सरकारले ३८ करोड ५६ लाख १८ हजार रूपैयाँ बराबरा राजस्व संकलन गरेको थियो।

२०७७/०७८ मा २ अर्ब ४५ करोड ८९ लाख रूपैयाँ बराबरको १ करोड १ लाख ७८ हजार ४ सय २९ केजी  जिरा आयात भएको थियो भने ४५ करोड ४९ लाख ७९ हजार राजस्व संकलन भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।

भन्सार विभागकै तथ्यांकअनुसार ०७६/०७७ मा  २ अर्ब २६ करोड ६८ लाख रूपैयाँ बराबरको ८७ लाख ८६ हजार ४ सय ६३ केजी र २०७५/०७६ मा १ अर्ब ८९ करोड ६१ लाख रूपैयाँ बराबरको ७३ लाख ९२ हजार ७१ केजी जिरा आयात भएको थियो।

यसैगरी २०७४/०७५ मा १ अर्ब ४६ करोड १३ लाख रूपैयाँ बरारबको ६४ लाख ४६ हजार ८ सय ६२ केजी र २०७३/०७४ मा १ अर्ब २३ करोड ९१ लाख रूपैयाँ बराबरको ६२ लाख ४६ हजार १ सय ८५ केजी जिरा आयात भएको थियो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भदौ २४ घटना : केन्द्रीय कारागारबाट भागेका १२०० कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार भन्दा बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्...

बागलुङमा जीप दुर्घटना हुँदा सात जना घाइते

बागलुङ । बागलुङमा बोलेर जीप दुर्घटना हुँदा सातजना घाइते भएका छन् । जिल्लाको गलकोट नगरपालिका–३ हटियाबाट बागलुङ बजारका लागि छुटेको लु ३ च ५१५० नम्बर को ...

बिहे भोजमा रसबरी घाँटीमा अड्किएर युवकको मृत्यु

नयाँ दिल्ली । भारतको झारखण्ड राज्यस्थित जमशेदपुरमा एक वैवाहिक समारोह अचानक शोकमा परिणत भएको छ । बिहेको भोजमा एक युवकले रसबरी खाने क्रममा आफ्नो ज्या...

बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’

खोटाङ । केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् ।  काठमाडौँबाट पाँच...

फेसबुकमा महिला पत्रकारको चरित्रहत्या गरेको आरोपमा एक पक्राउ, चार जनाको खोजी जारी

सुनसरी । धरानमा पत्रकार महिलाका विरुद्व सामाजिक सञ्जाल फेसबूकमा गाली गलौज गर्ने एकजना पक्राउ परेका छन । असान्दर्भिक भिडियो सामाजिक सञ्जालमा पोष्ट गरि ...

आगामी १६ देखि क्यान्सरको निःशुल्क परीक्षण गरिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको यही चैत १६ देखि निःशुल्क परीक्षण गराउन र प्रारम्भिक उपचारका लागि वीर अस्पत...

नया सांसदहरूको पहिलो बैठकका लागि अस्थायी बैठक कक्षको तयारी (तस्बिरहरू)

काठमाडौं । आगामी चैत १२ गते बस्ने नयाँ संसदको पहिलो बैठकका लागि नयाँ बैठक कक्षको तयारी तिव्र भइरहेको छ। सिंहदरबारस्थित संसद भवनमा नयाँ सांसदहरूलाई ...

रास्वपाप्रति आशा, ईर्ष्या र सतर्कताको नजरले हेरिनु स्वाभाविक होः डा. बाबुराम भट्टराई

काठमाडौं ।  पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी प्रति आशा, ईर्ष्या र सतर्कताको दृष्टिले हेरिनु स्वाभाविक भएको बताएका छ...

सर्लाहीमा हावाहुरीको बितण्डा, मकै र गहुँबालीमा ठूलो क्षति हुुँदा किसान चिन्तित

सर्लाही। सर्लाहीमा सोमबार साँझ अचानक चलेको तीव्र हावाहुरीले कृषि क्षेत्रमा ठूलो असर पारेको छ। जिल्लाका विभिन्न स्थानमा लगाइएको मकै र गहुँ बाली ढलेर नष...

सुविधाभन्दा जनताको आवाज प्राथमिकता : सुदन गुरुङ

ललितपुर । सुदन गुरुङ ले आफू राजनीतिमा सुविधा र व्यक्तिगत स्वार्थका लागि नभई जनताको आवाज संसद्सम्म पुर्‍याउने उद्देश्यले आएको बताएका छन्। गोरखा क्षे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: