Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

मध्यपूर्व युद्धको असर : नेपालमा पनि पेट्रोल १५, डिजेल र मट्टीतेल १० रुपैयाँले महँगियो

अब काठमाडाैंमा प्रतिलिटर पेट्रोल १७२ र डिजेल–मट्टीतेल १५२ पर्ने

खबरडबली संवाददाता

काठमाडौं । मध्यपूर्व (पश्चिम एसिया)मा भएको युद्धका कारण नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य एकैपटक भारी मात्रामा महँगिएको छ । आइतबार रातिबाटै लागू हुने गरी आयल निगमले पेट्रोलको प्रतिलिटर १५ रुपैयाँ तथा डिजेल र मट्टीतेलको प्रतिलिटर समान १०–१० रुपैयाँले मूल्य बढाएको हो । 

निगमलाई इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट मूल्य समायोजन गरी डिजेल प्रतिलिटर ५४ रुपैयाँ र पेट्रोल ३१ रुपैयाँले महँगिएर आएको थियो । तर, आयल निगमले मूल्यस्थिरीकरण कोषमा भएको रकमबाट घाटापूर्ति गर्ने गरी पेट्रोल प्रतिलिटर १५ रुपैयाँ र डिजेल–मट्टीतेल प्रतिलिटर १०–१० रुपैयाँ बढाएको जनाएको छ । मूल्य बढेसँगै काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १७२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५२ रुपैयाँ तोकिएको छ । 

आयल निगमका प्रवक्ता मनोज ठाकुर भारतबाट धेरै महँगिएर आए पनि कम मूल्यवृद्धि गरेको बताउँछन् । सार्वजनिक सवारीसाधनमा प्रयोग हुने भएकाले डिजेलको भाउ तुलनात्मक रूपमा कम घटाएर मूल्य नियन्त्रणका लागि सहयोग गर्न खोजिएको उनको भनाइ छ । 

आइओसीले बढाएर पठाएको दरअनुसार नै मूल्यवृद्धि गरिएको भए प्रतिलिटर पेट्रोल १८८ रुपैयाँ र डिजेल १९६ रुपैयाँ पुग्ने निगम बताउँछ । 

विगतमा निगमले नाफा कमाउँदा प्रतिलिटर २ रुपैयाँका दरले झिकेर खडा गरिएको मूल्यस्थिरीकरण कोषबाट घाटापूर्ति गर्ने गरी कम मूल्य बढाएको निगमको भनाइ छ । यो कोषमा अहिले १९ अर्ब रुपैयाँभन्दा बढी छ । तर, अन्तर्राष्ट्रिय बजारमा यही दरमा मूल्य बढ्ने हो भने कोषको रकमबाट बढीमा दुई महिना मात्र धान्न सकिने निगमले जनाएको छ

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending