Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

‘बचाउने आशा थियो, जहाज नआउँदा मुटुको टुक्रा गुमाएँ’

दुर्गमवासीको जीवनमाथि प्राधिकरणको खेलबाड

खबरडबली संवाददाता

काठमाडौं । झाडापखाला चलेपछि हुम्ला सिमिकोटका सुरज चुनारले ६ महिनाका छोरा इमरानलाई उपचारको लागि जिल्ला अस्पताल ल्याए। उपचारपछि झाडापखाला त रोकियो, तर बच्चालाई न्यूमोनियाले समात्यो। 

चार दिन अस्पतालमा भर्ना गरेर उपचार गर्दा समेत न्यूमोनिया ठिक नभएपछि जिल्ला अस्पतालका डाक्टरले साउन १८ गते थप उपचारका लागि बच्चालाई नेपालगन्ज रेफर गरे। तर रेफर गरेको हप्ता दिनसम्म जहाज कुर्दाकुर्दै साउन २६ गते इमरानको ज्यान गयो।

निर्विकल्प हवाई मार्ग

बिरामी छोरालाई सुविधायुक्त अस्पताल लैजान सुरजसँग हवाई मार्गबाहेक अरू केही विकल्प थिएन। छोरालाई बचाउन धेरै प्रयास गरेका उनी नेपाल नागरिक उड्डयन प्राधिकरणको गलत निर्णयका कारण आफूले छोरा गुमाउनु परेको भन्दै पीडा पोख्छन्।

“सुविधा सम्पन्न ठाउँमा लग्न पाएको भए बचाउन सकिन्थ्यो कि भन्ने आशा थियो, तर हप्ता दिनसम्म पनि जहाज नआउँदा मुटुको टुक्रा (छोरा) गुमाएँ”, उनले भने, “यस्तो नियम लागु गर्नु भनेको दुर्गमका बिरामीलाई मर्न बाध्य पार्नु हो।”

जिल्ला अस्पताल हुम्लाकी निमित्त प्रमुख सरिता बोहराले अस्पतालले रेफर गरेर पनि सुविधा सम्पन्न अस्पताल लैजान नसक्दा हप्ता दिनभित्रै २ जना बच्चाको मृत्यु भएको बताइन्।

“समयमै सुविधायुक्त अस्पतालमा लगेको भए बच्चाहरूलाई बचाउन सकिन्थ्यो”, उनले भनिन्, “१२ बजेसम्म मौसम खुल्दैन, दिउसो खुल्छ जहाज आउँदैन।”

साउन १५ गते रेफर गरिएका ७ महिनाका रोहित शाहीको पनि साउन २२ गते मृत्यु भएको थियो। बोहराका अनुसार दुवै बच्चालाई एनआइसीयूमा राखेर उपचार गर्नु पर्ने अवस्था थियो। तर यो सुविधा जिल्ला अस्पताल हुम्लामा छैन। अहिले पनि हप्ता दिन अघि रेफर भएर नेपालगन्ज जान नसकेका ३ जना सिकिस्त बिरामी अस्पतालमै छन्।

दुर्गमवासीको जीवनमाथि ‘प्राधिकरणको खेलबाड’

यस्तै मुगुको खत्याड गाउँपालिकाका ६० वर्षीय बिर्खबहादुर कार्कीको पनि जहाज कुर्दाकुर्दै ज्यान गयो। उपचारका लागि सुविधायुक्त ठाउँमा लैजान बाजुराको कोल्टी विमानस्थल पुगे पनि तीन दिनसम्म जहाज नआउँदा उपचार अभावमा उनले ज्यान गुमाएको उनका परिवारले बताए।

प्राधिकरणले साउन १५ गतेबाट पहाडी तथा हिमाली जिल्लाका साना जहाज चल्ने २९ वटा (स्टल एयरपोर्ट) विमानस्थलमा दिउसो १२ बजेपछि उडानमा रोक लगाएको जनाएको छ।

ती क्षेत्रका लागि भरपर्दो यातायात सेवाका रूपमा रहेका हवाई जहाज र हेलिकप्टरको सेवा १२ बजेपछि बन्द हुँदा आफूहरूले ठुलो सास्ती भोग्नु परेको त्यहाँका नागरिकको गुनासो छ। प्रत्यक्ष मार खोपेका उनीहरू हचुवाको भरमा गरिएको निर्णयले गर्दा अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता सृजना भएको दाबी गर्छन्।

अहिलेसम्म पनि सडक सुविधा नपुगेका र सडक भए पनि भरपर्दो यातायात सेवा नभएका ठाउँमा प्राधिकरणले दिउसो १२ बजेपछिका उडानमा रोक लगाएपछि आपत्कालीन उद्धार, दैनिक उपभोग्य वस्तु, खाद्यान्न, औषधी, निर्माण सामग्रीको ढुवानीमा समेत असर परेको पाइएको छ।

प्रायजसो दिउसोतिर मात्रै मौसम सफा

कर्णाली र सुदूरपश्चिमलगायत देशका अरू पहाडी तथा हिमाली क्षेत्रमा मनसुनको समयमा प्रायजसो दिउसोतिर मात्रै मौसम सफा हुन्छ। यसअघि भने ती क्षेत्रका विमानस्थलमा दिउसो पाँच बजेसम्म हवाई जहाज र हेलिकप्टर उडान हुने गर्थे।

हचुवाकै भरमा गरिएको निर्णय तत्काल नसच्याए चुनार र कार्कीजस्ता अरू थुप्रै नागरिकले उपचार अभावमा अकालमै ज्यान गुमाउनु पर्ने अवस्था रहिरहने दुर्गमवासी बताउँछन्। प्राधिकरणले निर्माण सामग्री ढुवानी, कार्गो, चार्टर फ्लाइट र माउन्टेन फ्लाइटमा समेत १२ बजेपछि रोक लगाएको छ।

प्राधिकरणको निर्णयले नागरिकलाई सास्ती हुनुको साथै पर्यटन व्यवसायसमेत धराशायी बन्ने अवस्था आएको पर्यटन व्यवसायी गुनासो गर्छन्।

'प्रोत्साहन गर्नु पर्नेमा उल्टै हतोत्साहित'

सिमिकोट गाउँपालिकाकी उपाध्यक्ष सुशीला रोकाय दुर्गमको जनजीवनलाई प्रतिकुल प्रभाव पार्ने निर्णय तत्काल फिर्ता लिन माग गर्छिन्।

उनी भन्छिन्, “कर्णालीवासीलाई हेपेर गरिएको जनता मार्ने निर्णय हामीलाई मान्य छैन।” १२ बजेपछि उडानमा रोक लगाएपछि चामल ढुवानीको कामसमेत प्रभावित भएको छ। सिमिकोट, खार्पुनाथ र नाम्खा गाउँपालिकाका बासिन्दाकf लागि सतिसल्लाबाट हेलिकप्टरले चामल ओसारी रहेको छ।

उक्त निर्णय अघि दैनिक ९–१० वटा उडान हुदै आएकोमा अहिले भने १२ बजेसम्म मुस्किलले २–३ खेप मात्र चामल ढुवानी हुने गरेको छ। समयमै चामल ढुवानी गर्न नसकिए यी गाउँपालिकामा हप्ता दिनभित्रै खाद्यान्न सङ्कट हुने उपाध्यक्ष रोकाय दाबी गर्छिन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणले मनसुनको समयमा हुने हवाई दुर्घटना न्यूनीकरण गर्न तीन महिनाको लागि सेफ्टी प्रोटोकललाई कडाइका साथ लागु गरेको बताएको छ।

प्राधिकरणका उप प्रबन्धक ज्ञानेन्द्र भुलले “कसैलाई दुख दिने नियतले नभई जनताको जीवन सुरक्षाका लागि सेफ्टी प्रोटोकललाई कडाइ गरिएको” बताए। उनले भने, “मौसम अनुकूल भएको बेला खाद्यान्न ढुवानी, बिरामी ओसार पसार, आकस्मिक उद्धारको उडानमा भने रोक छैन।“

उप प्रबन्धक भुलले आकस्मिक उद्धारको उडानमा रोक नभएको बताए पनि गरिब तथा विपन्न नागरिकले चाहेको समयमा हवाई जहाज र हेलिकप्टर चार्टर गर्न सक्ने अवस्था देखिन्न। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: