Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

दुना टपरीबाट मनग्य आम्दानी

खबरडबली संवाददाता

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका– ९ वसन्तपुरका स्थानीयवासीले वनमा खेर जाने सालको पातबाट राम्रो आम्दानी गर्दै आएका छन् । नजिकैको वनबाट सालको पात टिपेर फुसर्दका समयमा घरमा नै बसेर दुनाटपरीका लागि पात तयार गर्ने गरेका छन् ।
 
मध्यविन्दु –९ का बृद्ध गोरे कुमालले  दुनाटपरी लगाएर जीविकोपार्जन गर्दै आएका छन् । उमेरले ७० काटिसकेका उनले भने “वनमा आफू जान सक्दिन, बुहारीहरुले ल्याएका पातबाट दुनाटपरी लगाएर यो उमेरमा आफूले सक्ने काम गर्दै आएको छु ।” 

दुनाटपरीको आम्दानीबाट घरखर्च चलाउन सहज भएको उनले बताए । “आफूले जानेको सीपलाई घरमा नै बसेर पनि सदुपयोग गर्न सकिँदो रहेछ ,जाँगर र मन हुन पर्यो”उनले भने “वृद्ध उमेर भए पनि घरखर्च चलाउन छोरा बुहारीलाई गुहार्न परेन झन उनिहरुले कमाएको बचत हुन्छ, आफ्नो औषधिमुलो गर्न खर्च पुगेको छ ।” 

यसरी तयार पारेको सामग्रीलाई व्यापारीले घरघरै लिन आउने हुँदा यहाँका स्थानीय यस कामलाई नै आम्दानीको स्रोत बनाएका छन् । यसबाट उनीहरुले आफ्नो घरका लागि आवश्यक सामानका खर्चसमेत टरेको स्थानीयवासी महिला अमृता मानन्धरले बताए । “घर नजिकै वन रहेकाले टाढा जानु पनि नपर्ने र घरको काम सकेर पनि यो काम गर्न सकिने भएकाले महिलालाई सहज भएको छ”उनले भने । 

यस टोलका महिला वन खुलेको समयमा जाने र पात टिप्ने गर्छन् । एक सय  टपरीको एक मुठा हुन्छ । एक मुठाको रु एक सय ५० प्राप्त हुने स्थानीयवासीको भनाइ छ । सामुदायिक वनबाट पात टिपेरनै स्थानीयवासीलाई जीविकोपार्जन गर्न सहज भएपछि वनमा पात टिप्नका लागि छुट्टै समय छुट्याएको जनप्रतिभा सामुदायिक वनका अध्यक्ष लोकबहादुर कुमालले बताए । “वनको संरक्षणलाई पनि ध्यानमा राखेर सालको पात टिप्नका लागि दैनिक समय निर्धाराण गरेका छौँ” उनले भने । 

विभिन्न पूजा, विवाह, वर्तबन्धलगायतका शुभ कार्यमा शुद्ध मानिने भएकाले पनि सालको पातबाट बनेका टपरी, दुनाको माग बढ्दो छ । पातबाट निर्माण गरिएको दुनाटपरी स्थानीय बजारसँगै नारायणगढ, पोखरा, काठमाडौँ, वुटबललगायतका सहरमा निर्यात हुने गरेका उनले बताए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आयोगले बिहीबार निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेस गर्ने

काठमाडौँ। निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने तयार...

समानुपातिक सांसदलाई भोलि प्रमाणपत्र दिने निर्वाचन आयोगको तयारी

काठमाडौँ । निर्वाचन आयोग ले भोलि प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गर्ने भएको छ। आयोगका अ...

ताप्लेजुङबाट तीन जनाले पाए समानुपातिक सांसदको अवसर

ताप्लेजुङ। प्रतिनिधिसभामा ताप्लेजुङबाट यसपटक तीन जनाले समानुपातिक सांसद बन्ने अवसर पाएका छन्।यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमार...

बसको ठक्करबाट नवलपुरमा स्कुटर चालकको मृत्यु

नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैँडाकोटमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।  दिल्लीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०...

वेल्जियमको लिग खेल्दै सन्दीप लामिछाने

काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको इयू टी–२० लिग खेल्ने भएको छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित लेग स्पिनर लामिछानेलाई लियेज...

कांग्रेस कार्यसमिति बैठक शुक्रबार बस्ने

काठमाडौँ। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि कांग्रेसले बैठक बोलाएको हो ।  चुनाव...

सरकारी अस्पतालमा उपचार गर्न सांसदलाई सभापति लामिछानेको निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदलाई सार्वजनिक अभिव्यक्ति दिँदा सचेत रहन निर्देशन दिएको छन्। सां...

प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेटवार्ता गरेको छन् । प्रधानमन्त्रीको सरकारी निवास ब...

अहिलेसम्म मन्त्रीपरिषद्को टुंगो लागेको छैन: रवी लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आजको दिनसम्म नयाँ मन्त्रिपरिषद्को कुनै टुंगो नलागेको जानकारी गराएका छन्। ...

राई–लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा रवी लामिछानेले मागे माफी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट राई र लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा मा...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: