Khabar Dabali ८ बैशाख २०८३ मंगलवार | 21st April, 2026 Tue

पारस खड्काको क्रिकेट राजनीतिमा पाइला- केन्द्रीय निर्वाचन लड्न कति सहज ?

खबरडबली संवाददाता

काठमाडौं । ठ्याक्कै दुई वर्ष अगाडि पारस खड्काले सन्न्यासको घोषणा गर्दा क्रिकेट जगत् चकित बन्न पुगेको थियो। उनी अझै खेल्न सक्थे वा उनको आवश्यकता अझै मैदान भित्रै भएको धेरैको ठम्याइ थियो।

तर नेपाली क्रिकेटमा दशक लामो एकछत्र राज गरेका पारसले आफ्नो जगमगाउँदो खेलाडी करिअर चटक्कै त्यागे। खेलाडी जीवनमा कैयौँले नरमाइलो मानेको समाप्ति भने उनको क्रिकेट राजनीतिक जीवनको सुरुआत थियो।

क्रिकेट राजनीतिको यात्रामा पाइला टेक्दै उनले भनेका थिए - "मैदानमा धेरै गरेँ। तर नेपालीमा क्रिकेट राम्रो गर्न मैदान बाहिर नै खेल्नु पर्दो रहेछ। मेरो लक्ष्य अब त्यहाँ सुधार गर्नु हुनेछ।"

मङ्गलवार काठमाण्डू जिल्ला क्रिकेट सङ्घको केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित हुँदै उनले आफ्नो राजनीतिक यात्राको आधिकारिक सुरुआत गरेका छन्। अब उनी नेपाल क्रिकेट सङ्घको आसन्न प्रदेश र केन्द्रको निर्वाचनमा जुनसुकै पदमा लड्न पाउने बनेका छन्।

के पारसलाई सजिलो छ ?

एउटा कप्तानका रूपमा पारसको छवि खेलाडी र क्रिकेटको हकहितमा आवाज उठाइरहने 'विद्रोही' सिपाही जस्तै मानिन्थ्यो। त्यसका लागि खेलाडीको जर्सी लगाएरै उनको नेतृत्वले निरन्तर बलियोसँग आवाज उठाएको हो।

उनीहरूले असन्तुष्टि पोख्न पत्रकार सम्मेलन गरेनन् कि, कालो पट्टी लगाएर खेलेनन् कि, पदाधिकारीहरूसँग भिडेनन् कि। अन्तर्राष्ट्रिय फोरममा समेत आवाज उठाउन भ्याए। सक्ने जति गरे।
सार्वजनिक मञ्चहरूमा सशक्तरूपमा बोल्न पारस कहिले पनि डराएको देखिएन।

तर खेलाडीका रूपमा जति आवाज उठाए पनि तात्त्विकरूपमा व्यवस्थापनमा परिवर्तन गर्न सकेको महसुस पारसले गर्न सकेनन्।

त्यसैले उनले क्रिकेट राजनीतिमा होमिन खेल जीवन चटक्कै छोडेको उनको राजनीतिमा प्रवेशले पुष्टि गरेको छ।

खेलाडीले क्यान पदाधिकारीको रूपमा प्रवेश गर्न कम्तीमा २ वर्ष अगाडि खेल्न छोडेको हुनुपर्ने नेपाल क्रिकेट सङ्घको नियम पूरा गर्न हिसाब किताब मिलाएर सन्न्यास लिने निर्णय लिएका हुन्। के पारसलाई सजिलो छ ? धेरैले भन्छन्- छैन।

पार्टीमा आबद्ध हुनसक्ने अनुमान

मैदानभित्र र बाहिरको खेलमा धेरै फरक छ। त्यसैले पारसलाई क्रिकेट सङ्घको नेतृत्व यात्रा सहज हुने छैन। यो कुरा पारसले अनुभव गरिसकेका छन् ।

चार वर्ष अगाडिको निर्वाचनमा उनले केही प्रयासहरू गर्न खोजेका थिए। उक्त निर्वाचनमा क्यानका पूर्व अध्यक्ष विनयराज पाण्डेको नजिक भएर उनले केही अभ्यासहरू गरेका थिए, जुन सफल हुन सकेको देखिएन।

जस्तै रुपन्देही जिल्ला क्रिकेट सङ्घको अध्यक्ष पदमा आफ्ना सहकर्मी शक्ति गौचनलाई जिताउन पारसले निकै मेहनत गरे। तर शक्ति चुनावमा नराम्ररी पराजित हुन पुगे।

अन्य केही जिल्लाहरूमा गरिएका प्रयासहरू पनि विफल भएको बताइएको थियो। प्रशिक्षण कार्यमा लाग्ने योजना अनुसार पारसले क्रिकेट एक्सलेन्स सेन्टर (सीइसी) नामको क्रिकेट एकेडेमी खोले।

त्यसबीच सामाजिक सञ्जालहरूमा राजनीतिक दलका ठूला ठूला नेताहरूसँगका उनका फोटोहरू सार्वजनिक भएपछि पारस कुनै राजनीतिक दलमा आबद्ध भएका खबरहरू फैलियो। यद्यपि उनले खुलेर कुनै राजनीतिक दलको सदस्य भएको बताएका छैनन्।

निर्वाचन जित्न कुनै एक ठूलो दलको साथ अनिवार्य हुने ठानिएकोले पारस दलमा आबद्ध हुन सक्ने अनुमान कैयौँले गरिरहेका छन्।

केन्द्रीय निर्वाचनमा लड्ने योजना

निर्वाचन एकल प्रयासबाट जित्न सम्भव नहुने पारसले बुझेको कटु यथार्थ हो। काठमाण्डू जिल्लाबाट प्रतिनिधि छानिए लगत्तै उनले भने, "मैदानभित्र आफ्नो क्षमतामा विश्वास गरे पुग्छ। तर निर्वाचनमा त्यस्तो हुँदैन रहेछ। यहाँ सहमति, समन्वय, वाचा बन्धन जस्ता विषयहरू पनि सिक्नुपर्दो रहेछ। "

आफू टीम गेममा विश्वास गर्ने व्यक्ति भएकोले त्यही अनुरूप सबैको विश्वास जित्न सकिने आफूसँग आत्मविश्वास रहेको उनी बताउँछन्। अबको निर्वाचनका लागि पारसले सुरुमा बाग्मती प्रदेश क्रिकेट सङ्घको अध्यक्षमा लड्ने र त्यसपछि केन्द्रीय निर्वाचनमा लड्ने बताएका छन्।

बाग्मती प्रदेशका वर्तमान अध्यक्ष राजु बस्नेत भन्छन्, " पारस जस्ता व्यक्तिको लागि मैले बाग्मतीको अध्यक्ष खाली गर्नै पर्छ।" सुनिए अनुसार उनी नेपाल क्रिकेट सङ्घको सचिवमा उठ्ने योजनामा छन्।

पारसमाथि समर्थकको विश्वास

यसमा शङ्का छैन कि पारसलाई लाखौँ आम क्रिकेट प्रेमीहरूको शुभेच्छा रहनेछ। तर निर्वाचन भनेको मतको खेल हो, जहाँ शुभेच्छाको खासै अर्थ रहँदैन।

राम्रा खेलाडीले नै सङ्घ हाँकेका उदाहरण विश्वभरि नै छ। दक्षिण एसियाकै उदाहरण लिने हो भने श्रीलङ्कालाई विश्वकप उपाधि दिलाउने अर्जुना रणतुङ्गाले सन् २००८ मा श्रीलङ्कन क्रिकेटको नेतृत्व गरेका थिए।

त्यस्तै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) मा पूर्व खेलाडी सौरभ गाँगुली सन् २०१९ मा अध्यक्ष बने। पाकिस्तानका पूर्व राष्ट्रिय खेलाडी रमिज राजा पनि हालै सन् २०२१ मा पाकिस्तान क्रिकेट बोर्डको अध्यक्ष चुनिएका थिए।

पारस खड्का नेपाली क्रिकेटका लागि त्यस्तै व्यक्ति हुने अनुमान गरिएको छ। उनीबाट राम्रो काम हुन सक्ने विश्वास कतिपयको छ।
जस्तै विश्व क्रिकेटको परिचित अनुहार भएकोले उनी आइसीसी लगायत अन्तर्राष्ट्रिय सङ्घले पत्याउने व्यक्ति हुन सक्छन्।

नेपालका चर्चित 'स्टार' भएकाले प्रायोजक खोज्नमा पनि समस्या नहुन सक्छ। पारस जस्ता व्यक्ति क्यानमा आउँदा जुनसुकै राजनीतिक दलको पनि साथ रहन सक्ने कतिपयको विश्वास छ।
समर्थकहरू भन्छन् - "पारसले नेपाली क्रिकेटलाई राम्रै मात्र गर्नेछन्। कम्तीमा उनीबाट नेपाली क्रिकेट बिग्रिने कुनै काम हुने छैन।"

पारस कुन प्यानलमा छन्

देशभरका प्रतिनिधिहरूको विश्वास जित्नु सक्नु उनको अगाडि आएको मुख्य चुनौती हो। अहिले क्यान निर्वाचनमा अध्यक्ष चतुरबहादुर चन्द र कोषाध्यक्ष रोशन सिंहको गरी दुई प्यानल देखिएको छ।

पारस अध्यक्ष चन्दको प्यानलतिर ढल्किएको भनिएको छ, तर उनी खुलेर कुनै प्यानलमा देखिएका छैनन्। त्यसैले पारस आफू कुन प्यानलको हो भन्ने कुरा स्पष्ट भएर आउनुपर्ने कतिपय बताउँछन्।

मुख्य कुरा निर्वाचनको लागि उनले क्रिकेट विकासको एजेन्डा स्पष्ट गर्न जरुरी देखिन्छ। व्यक्तिको स्वार्थ जोडेर चुनावी हिसाब किताब हुने नेपालको परम्परागत निर्वाचन प्रणालीबाट क्रिकेट सङ्घ अछुतो छैन। त्यसमा आफू योग्य रहेको प्रमाणित पारस आफैले गर्नुपर्ने देखिन्छ।

मैदानभित्र र बाहिरको खेलमा आकाश जमिनको फरक छ भन्ने कुरा उनले हेक्का राख्नुपर्छ। अघिल्लो चुनावमा 'डक आउट' भएका उनले यसपालि शतक हान्न सक्लान् त ? त्यसको लागि 'पार्टनरसशिप विल्ड अप' गर्नुपर्छ। उनको पार्टनर को भन्ने कुरा नै खुल्नुपर्छ।

कतिपयको अनुमान छ पारसले धेरै कुरा त्यागेर क्रिकेट सम्हाल्न आउनु भनेकै साहसको विषय हो। उनको त्यो साहसको कदर ८६ मतदाताले कसरी गर्नेछन्, त्यो अर्को महिना हुने निर्वाचनमा देखिनेछ। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending