Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

लोयोला स्कुलमा नाटक ‘हराएकी म‘ मञ्चन

खबरडबली संवाददाता

काठमाडाैं । काठमाण्डौं सिनामंगलस्थित लोयोला सकेण्डरी स्कुलको आयोजनामा ओजस थिएटर (शैली थिएटर) मा नाटक “हराएकी म“को मञ्चन हिजो बाट शुरु भएको छ । हिजो दिउँसो ११ बजे र १ बजे मञ्चन गरिएको नाटकमा महिलाहरु प्रथम पटक रजस्वला हुदाँ गरिने व्यवहारबारे प्रस्तुत गरिएको छ । 

दर्शकहरुलाई महिनावारी हुदाँ गलत सँस्कारलाई त्यागेर महिनावारीलाई उत्सवको रुपमा मनाउनुपर्ने सन्देश दिन र कलाकारहरुलाई रङ्गमञ्च सम्बन्धि ज्ञान बाड्न नाटक मञ्चन गरिएको हो ।

विद्यालयकी उप–प्राध्यापक ममता बम आफनो विद्यालयमा रहेका बालवालिका लाई रजश्वला के हो र यसका विषयमा समाजमा रहेका गलत धारणा र सामाजिक कुस्कारका विषयमा जानकारी दिनको लागी नाटकको मञ्चन गरिएको उनले बताए  । बालसाहित्यकार विजयराज आचार्य ज्युको कथालाई लिएर निर्माण हुन लागेको नाटकको नाट्य रुपान्तरण र निर्देशन रङ्गकर्मी पुष्पराज अवस्थीले गर्नुभएको छ  भने सहायक निर्देशन भरत महर (बिटी)ले गरेका छन्  । नाटक हराएकी म महिनावारीको विषयवस्तुलाई लिएर निर्माण गरिएको हो ।

अहिलेको यो युगमा पनि कतिपय ठाउँ अथवा घरपरिवारमा महिनावारीलाई हेर्ने नजरिया पुरानै छ । कतिपय घरपरिवारमा महिला अथवा किशोरी महिनावारी भएकै कारण मानसिक यातना भोगिरहेका छन्  । छाउगोठ बस्नुपर्ने, बन्द कोठामा बस्नुपर्ने, छोरा मान्छेको अनुहार हेर्न नमिल्ने, खानामा पनि सबै खान नमिलेर बार्नुपर्ने कथाहरु सुन्दै आईरहेका छौं ।

पहिलोचोटि महिनावारी हुदाँ कतिपयले केक काटिरहेको अवस्थामा कतिपय भने सामाजिक संस्कार भन्दै छोरीहरुलाई मानसिक यातना दिईरहेका छन् । महिनावारी हुदाँ खुशीले उत्सव मनाउनुपर्नेमा कतिपय छोरीहरु महिला हुनुमा नै  दुखको अनुभव गर्छन् ।  नाटकको माध्यमबाट यी र यस्तै कुराहरुमा सुधार आउँछ कि भन्ने आशा नाटकको व्यावस्थापन पक्षले लिएको छ  ।
 
नाटकमा आयुषा सुजी, जेनिसा आचार्य, समृद्धि पाण्डे, आरुष गौतम, श्रेया बुढाथोकी, निमिसा श्रेष्ठ, रिमिसा श्रेष्ठ, प्रस्तुती भण्डारी, सुमन खड्का, प्रक्सिस राना कुवँर, आश्रिका अधिकारी,आरभ पुरी, जस्टिन थापा, द्रब्यता कुशुवाह, हिमाल तामाङ, कौशल पौडेल, काब्या शर्मा लगायत अन्य कलाकारको भुमिका रहेको छ ।

नाटकको मञ्च व्यस्थापक आस्था कार्कीले गरेका छन् । अहिलेको यो युगमा किताबसँगै अन्य ज्ञान पनि हुन जरुरी हुन्छ । लोयोला स्कुल आफ्ना विद्यार्थीहरुलाई किताबी ज्ञानको साथसाथै अन्य सिपमुलक तथा साहित्यिक ज्ञान दिन अग्रसर छ ।

विद्यार्थीहरुमा रङ्मञ्चको ज्ञान दिन र सामाजमा केही सन्देश दिन यो नाटक निर्माण गरेका हौं । विद्धालयमा नाटकको अलावा नृत्य, संगित, तेकवान्दो, पेन्टङ एण्ड आर्टस् लगायतका अतरिक्त कक्षाहरु पनि सञ्चालनमा छन् । फलस्वरूप हाम्रा विद्यार्थीहरु राष्ट्रिय स्तरमै राम्रो प्रगति गरिरहेको  प्रिन्सिपल रमेश पनेरुले बताए। 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी आन्दोलनका मुख्य अभियुक्त ताजिम अन्सारी पुर्पक्षका लागि थुनामा

विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनी र तोडफोड घटनाका मुख्य अभियुक्त ताजिम अन्सारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठा...

विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरी छापा

विराटनगर । विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीले खानतलासी गरेको छ । शनिबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले विराटनगर–१...

श्रमदातालाई विपन्नको घर–टहरा बनाइदिन हर्क साम्पाङको आह्वान

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आर्थिक अवस्था कमजोर भएका परिवारको घर–टहरा निर्माणमा श्रमदान गर्न आह्वान गरेका छन्। सामाजिक...

फेसबुकमै सचिव खोज्दै मन्त्री महावीर पुन, ‘अनुभवी र काम गर्न सक्ने व्यक्ति चाहियो’

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफ्नै मन्त्रालयका लागि योग्य सचिवको खोजी सामाजिक सञ्जालमार्फत गरेका छन्। मन्त्री पु...

रास्वपा महाधिवेशन लम्बिँदा संसद तीनपटक रोकियो, दलको प्राथमिकतामाथि प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन निर्धारित समयमै टुंगिन नसक्दा प्रतिनिधिसभा बैठक लगातार तेस्रो पटक स्थगित भएको छ। पार्टीका ...

झापामा दुई किशोरी बलात्कारको आरोपमा दुई युवक पक्राउ

झापा । झापाको भद्रपुरमा दुई फरक घटनामा किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ का १९ वर्...

कञ्चनपुर र कैलालीमा खैरो हेरोइनसहित ६ जना पक्राउ

काठमाडौं । कञ्चनपुर र कैलालीका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना १८ वर्षीय किशोरसमेत रहेका छ...

अजय आरएन र शान्तिश्री परियारको नयाँ गीत ‘पिर दियौ’ सार्वजनिक

काठमाडौं । गायक अजय आरएन र चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारको स्वरमा नयाँ लोकदोहोरी गीत ‘पिर दियौ’ सार्वजनिक भएको छ। प्रेम, पीडा र भावनात्मक ...

चमेलीको पोइ’ को पोस्टरमा नारायण त्रिपाठीको बिजोग

काठमाडौं  । एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्म ‘चमेलीको पोइ’ को नयाँ पोस्टरले चर्चा पाएको छ । १६ असोजबाट बिश्वब्यापी प्रदर्शनमा आउन लागेको फिल्मको शु...

कालीमाटीमा गोलभेडा ८ रुपैयाँ किलो, किसान भने ३ रुपैयाँमै बेच्न बाध्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबार सार्वजनिक गरेको थोक मूल्यसूचीअनुसार सानो (लोकल) गोलभेडाको मूल्य प्रतिकिलो ८ देखि १० रुप...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending