Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

लोयोला स्कुलमा नाटक ‘हराएकी म‘ मञ्चन

खबरडबली संवाददाता

काठमाडाैं । काठमाण्डौं सिनामंगलस्थित लोयोला सकेण्डरी स्कुलको आयोजनामा ओजस थिएटर (शैली थिएटर) मा नाटक “हराएकी म“को मञ्चन हिजो बाट शुरु भएको छ । हिजो दिउँसो ११ बजे र १ बजे मञ्चन गरिएको नाटकमा महिलाहरु प्रथम पटक रजस्वला हुदाँ गरिने व्यवहारबारे प्रस्तुत गरिएको छ । 

दर्शकहरुलाई महिनावारी हुदाँ गलत सँस्कारलाई त्यागेर महिनावारीलाई उत्सवको रुपमा मनाउनुपर्ने सन्देश दिन र कलाकारहरुलाई रङ्गमञ्च सम्बन्धि ज्ञान बाड्न नाटक मञ्चन गरिएको हो ।

विद्यालयकी उप–प्राध्यापक ममता बम आफनो विद्यालयमा रहेका बालवालिका लाई रजश्वला के हो र यसका विषयमा समाजमा रहेका गलत धारणा र सामाजिक कुस्कारका विषयमा जानकारी दिनको लागी नाटकको मञ्चन गरिएको उनले बताए  । बालसाहित्यकार विजयराज आचार्य ज्युको कथालाई लिएर निर्माण हुन लागेको नाटकको नाट्य रुपान्तरण र निर्देशन रङ्गकर्मी पुष्पराज अवस्थीले गर्नुभएको छ  भने सहायक निर्देशन भरत महर (बिटी)ले गरेका छन्  । नाटक हराएकी म महिनावारीको विषयवस्तुलाई लिएर निर्माण गरिएको हो ।

अहिलेको यो युगमा पनि कतिपय ठाउँ अथवा घरपरिवारमा महिनावारीलाई हेर्ने नजरिया पुरानै छ । कतिपय घरपरिवारमा महिला अथवा किशोरी महिनावारी भएकै कारण मानसिक यातना भोगिरहेका छन्  । छाउगोठ बस्नुपर्ने, बन्द कोठामा बस्नुपर्ने, छोरा मान्छेको अनुहार हेर्न नमिल्ने, खानामा पनि सबै खान नमिलेर बार्नुपर्ने कथाहरु सुन्दै आईरहेका छौं ।

पहिलोचोटि महिनावारी हुदाँ कतिपयले केक काटिरहेको अवस्थामा कतिपय भने सामाजिक संस्कार भन्दै छोरीहरुलाई मानसिक यातना दिईरहेका छन् । महिनावारी हुदाँ खुशीले उत्सव मनाउनुपर्नेमा कतिपय छोरीहरु महिला हुनुमा नै  दुखको अनुभव गर्छन् ।  नाटकको माध्यमबाट यी र यस्तै कुराहरुमा सुधार आउँछ कि भन्ने आशा नाटकको व्यावस्थापन पक्षले लिएको छ  ।
 
नाटकमा आयुषा सुजी, जेनिसा आचार्य, समृद्धि पाण्डे, आरुष गौतम, श्रेया बुढाथोकी, निमिसा श्रेष्ठ, रिमिसा श्रेष्ठ, प्रस्तुती भण्डारी, सुमन खड्का, प्रक्सिस राना कुवँर, आश्रिका अधिकारी,आरभ पुरी, जस्टिन थापा, द्रब्यता कुशुवाह, हिमाल तामाङ, कौशल पौडेल, काब्या शर्मा लगायत अन्य कलाकारको भुमिका रहेको छ ।

नाटकको मञ्च व्यस्थापक आस्था कार्कीले गरेका छन् । अहिलेको यो युगमा किताबसँगै अन्य ज्ञान पनि हुन जरुरी हुन्छ । लोयोला स्कुल आफ्ना विद्यार्थीहरुलाई किताबी ज्ञानको साथसाथै अन्य सिपमुलक तथा साहित्यिक ज्ञान दिन अग्रसर छ ।

विद्यार्थीहरुमा रङ्मञ्चको ज्ञान दिन र सामाजमा केही सन्देश दिन यो नाटक निर्माण गरेका हौं । विद्धालयमा नाटकको अलावा नृत्य, संगित, तेकवान्दो, पेन्टङ एण्ड आर्टस् लगायतका अतरिक्त कक्षाहरु पनि सञ्चालनमा छन् । फलस्वरूप हाम्रा विद्यार्थीहरु राष्ट्रिय स्तरमै राम्रो प्रगति गरिरहेको  प्रिन्सिपल रमेश पनेरुले बताए। 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

चिसो बढेपछि जनकपुरका विद्यालयहरूमा एक दिन बिदा

जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...

आगलागीपीडित किसानलाई राहत: जलेको उखु चिनी मिलले खरिद गर्ने सहमति

सर्लाही  । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...

कैदीको कैद मिनाहा राष्ट्रपतिको अधिकार होइन: सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...

निर्मल निवासको छायाँमा फुटेको राप्रपा फेरि जोडिँदै, थापा–लिङ्देन एकताको औपचारिकता आज

काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...

आयोगको पत्रले कांग्रेसमा ल्यायाे तरंग, बयानअघि देउवासँग गोप्य रणनीति बनाउँदै रमेश लेखक

काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...

कठ्याङ्ग्रिदो जाडोले थिचिएका तराईकाे जीवन: गुन्द्री ओढेर भुइँमै रात काट्दै रौतहटकी ६० वर्षीया देवरतिया देवी

रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending