Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

सुशासनका लागि सूचनाको हकको प्रभावकारी कार्यान्वयन अनिवार्य

खबरडबली संवाददाता

काठमाडौँ । सूचनाको हकको प्रभावकारी कार्यान्वयनले मात्र सुशासनको प्रत्याभूति गर्न सकिने सरोकारवालाले बताएका छन् । 

आज १७औँ राष्ट्रिय सूचना दिवसका अवसरमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित कार्यक्रममा उपस्थिति  आयोगका पदाधिकारी, सूचनाको हकका अभियन्ता र सञ्चारकर्मीले सूचनाको हक कार्यान्वयनबाटै सरकारलाई पारदर्शी एवं जबाफदेही बनाउन सकिने धारणा राखे । उनीहरुले सूचना आयोगलाई अझ सशक्त र बलियो बनाउन सरकारको ध्यानाकर्षण समेत गराए ।  

आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले लोकतन्त्रमा सूचनाको हकलाई संस्कारका रुपमा विकास गर्नुपर्नेमा जोड दिए । उनले सूचनाको हकका लागि सार्वजनिक निकाय भनेको सरकार र सरकारी संरचना मात्र हो भनेर सीमित रुपमा बुझ्न नहुने बताए । सार्वजनिक संस्थाले जनताले माग्नै नपर्ने गरी स्वत: सूचना उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।  

उनले भने, “सरकारी संरचना र संयन्त्र मात्र होइनन् । राजनीतिक दल, गैरसरकारी संस्था, विश्वविद्यालय र बैंकलगायत सबै सार्वजनिक संस्थाले सूचनाको हकलाई कार्यान्वयन गर्नुपर्छ ।” उनले पछिल्लो समय स्थानीय तहका सरकारले सूचना अधिकारीको व्यवस्था गर्नु सकारात्मक प्रयास भएको भन्दै आयोगको क्षमताले भ्याएसम्म सूचनाको हक कार्यान्वयनका लागि अनुगमन र अभिमुखीकरणलाई निरन्तरता दिएको जानकारी दिए । 

आयोगका पूर्वआयुक्त सविता भण्डारी बरालले कानुनी राज्यको प्रतिबद्धताका लागि सरकारले सूचनाको हकको कार्यान्वयनबाट थालनी हुनुपर्ने बताइन् । उनले भनिन्, “राज्यबाट सूचनाको हकको प्रत्याभूति गर्ने काम सुरु गरौँ । आयोगलाई बलियो बनाएर लैजाऔँ ।” 

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले राष्ट्रिय सूचना आयोगलाई संवैधानिक हैसियत प्रदान गर्न सरकारको ध्यानाकर्षण गराए । उनले सूचनाको हकको जतिबढी प्रयोग भयो सरकार उति नै पारदर्शी र जनउत्तरदायी हुने विचार व्यक्त गरे । “जनता र सरकाबीच सुमधुरसम्बन्ध बनाउन सूचनाको हक कार्यान्वयन हुनुपर्छ । राज्यले सूचना लुकायो भने जनता सशङ्कीत हुनसक्छन्”, उनले भने । 

सूचनाको हकका लागि राष्ट्रिय महासङ्घका अध्यक्ष उमीद बागचनले सुशासनको अनुभूतिका लागि सूचनाको हक कार्यान्वयन हुनुपर्ने बताए । उनले स्वत: सूचना उपलब्ध गराउने विषयमा सूचना अधिकारी र कार्यालय प्रमुखलाई जिम्मेवार बनाउन आवश्यक भएको बताए । 

प्रधानमन्त्री पुष्पकमल दाहाल, ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा आयोगले नागरिकको सुसूचित हुने सूचनाको हकको संरक्षण, सम्वद्र्धन र प्रचलन गराउन योगदान पुर्‍याएको भन्दै पूर्व सूचना आयुक्त सविता भण्डारी बराललाई सम्मान गरेको छ ।

यस्तै आयोगले सूचना प्रणालीलाई प्रविधिमा आधारित बनाउन योगदान गरेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणलाई समेत सम्मान गरेको छ । सूचनाको हकसम्बन्धी ऐन, २०६४ जारी भई कार्यान्वयन आएको दिन भदौ ३ गतेलाई राष्ट्रिय सूचना दिवसको रुपमा मनाइँदै आइएको छ । 

आयोगका अनुसार गत आर्थिक वर्ष २०७९र८० मा आयोगमा सूचनाको हकसम्बन्धी एक हजार ६८ पुनरावेदन परेका थिए । तीमध्ये एक हजार ५४ पुनरावेदन उपरको कारबाही ऐन बमोजिम फछ्र्यौट भएका छन् । साथै वर्गीकरण कानुन बमोजिम नभएको भनी एक, सूचना दुरुपयोग भएको भनी चार र सूचना दाताको संरक्षण सम्बन्धमा एक निवेदन आयोगलाई प्राप्त भएको थियो ।

सूचना नदिने चारजना कार्यालय प्रमुखलाई आयोगले जरिवानाको आदेश दिएको आयोगको भनाइ छ । गत आवमा आयोगबाट विभिन्न निकायका नाममा सूचनाको हकसम्बन्धी सात सय आदेश जारी भएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आइतबार बसेको...

हात्तीको आक्रमणबाट घाइते वृद्धाको मृत्यु

सप्तरी। हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका सप्तरीको कञ्चनरुप नगरपालिका १२ धरमपुरकी एक बृद्वाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६९ वर्षीय खड्गम...

सहसचिव झलकराम अधिकारीविरुद्ध ७० लाख रुपैंया घुस लिएको आरोपमा मुद्दा

काठमाडौँ । घुस लिएको आरोपमा सहसचिव झलकराम अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार अधिक...

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुर। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रु दुई अर्ब ७० करोड ५८ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ । यो रकम सो अव...

नेप्से चार दशमलव ४५ अङ्कले बढ्यो

काठमाडौँ। यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ४५ अङ्कले ब...

एमालेले समानुपातिकका १६ उम्मेदवारको नाम निर्वाचन आयोगमा बुझायो (नामसहित)

काठमाडौँ । नेकपा एमालेले समानुपातिकतर्फ चयन हुने १६ जना सांसदको नाम निर्वाचन आयोग मा बुझाएको छ। शनिबार बसेको एमाले सचिवालय बैठकले समानुपातिकतर्फबाट...

कांग्रेसले समानुपातिकका २० जनाको नाम निर्वाचन आयोगमा बुझाउने निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूचीमा रहेका २० जनाको नाम निर्वाचन आयोग मा बुझाउने निर्णय गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेक...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरअघिदेखि बैठक जारी रहेको छ। मन्त्...

यी हुन् राप्रपाको समानुपातिक ४ जना सांसद

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बन्ने चार जनाको नाम टुंगो लगाएको छ। आइतबार पार्टीको केन्द्...

मध्यपूर्व युद्धमा नयाँ उथलपुथल

पेरिस। मध्यपूर्व युद्धले यसै साता क्षेत्रमा नयाँ उथलपुथल ल्याएको छ । इजरायली सेनाले पश्चिमी इरानमा व्यापक आक्रमण सुरु गरेसँगै यसले अमेरिका-इजरायल युद्...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: