Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

सुशासनका लागि सूचनाको हकको प्रभावकारी कार्यान्वयन अनिवार्य

खबरडबली संवाददाता

काठमाडौँ । सूचनाको हकको प्रभावकारी कार्यान्वयनले मात्र सुशासनको प्रत्याभूति गर्न सकिने सरोकारवालाले बताएका छन् । 

आज १७औँ राष्ट्रिय सूचना दिवसका अवसरमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित कार्यक्रममा उपस्थिति  आयोगका पदाधिकारी, सूचनाको हकका अभियन्ता र सञ्चारकर्मीले सूचनाको हक कार्यान्वयनबाटै सरकारलाई पारदर्शी एवं जबाफदेही बनाउन सकिने धारणा राखे । उनीहरुले सूचना आयोगलाई अझ सशक्त र बलियो बनाउन सरकारको ध्यानाकर्षण समेत गराए ।  

आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले लोकतन्त्रमा सूचनाको हकलाई संस्कारका रुपमा विकास गर्नुपर्नेमा जोड दिए । उनले सूचनाको हकका लागि सार्वजनिक निकाय भनेको सरकार र सरकारी संरचना मात्र हो भनेर सीमित रुपमा बुझ्न नहुने बताए । सार्वजनिक संस्थाले जनताले माग्नै नपर्ने गरी स्वत: सूचना उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।  

उनले भने, “सरकारी संरचना र संयन्त्र मात्र होइनन् । राजनीतिक दल, गैरसरकारी संस्था, विश्वविद्यालय र बैंकलगायत सबै सार्वजनिक संस्थाले सूचनाको हकलाई कार्यान्वयन गर्नुपर्छ ।” उनले पछिल्लो समय स्थानीय तहका सरकारले सूचना अधिकारीको व्यवस्था गर्नु सकारात्मक प्रयास भएको भन्दै आयोगको क्षमताले भ्याएसम्म सूचनाको हक कार्यान्वयनका लागि अनुगमन र अभिमुखीकरणलाई निरन्तरता दिएको जानकारी दिए । 

आयोगका पूर्वआयुक्त सविता भण्डारी बरालले कानुनी राज्यको प्रतिबद्धताका लागि सरकारले सूचनाको हकको कार्यान्वयनबाट थालनी हुनुपर्ने बताइन् । उनले भनिन्, “राज्यबाट सूचनाको हकको प्रत्याभूति गर्ने काम सुरु गरौँ । आयोगलाई बलियो बनाएर लैजाऔँ ।” 

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले राष्ट्रिय सूचना आयोगलाई संवैधानिक हैसियत प्रदान गर्न सरकारको ध्यानाकर्षण गराए । उनले सूचनाको हकको जतिबढी प्रयोग भयो सरकार उति नै पारदर्शी र जनउत्तरदायी हुने विचार व्यक्त गरे । “जनता र सरकाबीच सुमधुरसम्बन्ध बनाउन सूचनाको हक कार्यान्वयन हुनुपर्छ । राज्यले सूचना लुकायो भने जनता सशङ्कीत हुनसक्छन्”, उनले भने । 

सूचनाको हकका लागि राष्ट्रिय महासङ्घका अध्यक्ष उमीद बागचनले सुशासनको अनुभूतिका लागि सूचनाको हक कार्यान्वयन हुनुपर्ने बताए । उनले स्वत: सूचना उपलब्ध गराउने विषयमा सूचना अधिकारी र कार्यालय प्रमुखलाई जिम्मेवार बनाउन आवश्यक भएको बताए । 

प्रधानमन्त्री पुष्पकमल दाहाल, ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा आयोगले नागरिकको सुसूचित हुने सूचनाको हकको संरक्षण, सम्वद्र्धन र प्रचलन गराउन योगदान पुर्‍याएको भन्दै पूर्व सूचना आयुक्त सविता भण्डारी बराललाई सम्मान गरेको छ ।

यस्तै आयोगले सूचना प्रणालीलाई प्रविधिमा आधारित बनाउन योगदान गरेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणलाई समेत सम्मान गरेको छ । सूचनाको हकसम्बन्धी ऐन, २०६४ जारी भई कार्यान्वयन आएको दिन भदौ ३ गतेलाई राष्ट्रिय सूचना दिवसको रुपमा मनाइँदै आइएको छ । 

आयोगका अनुसार गत आर्थिक वर्ष २०७९र८० मा आयोगमा सूचनाको हकसम्बन्धी एक हजार ६८ पुनरावेदन परेका थिए । तीमध्ये एक हजार ५४ पुनरावेदन उपरको कारबाही ऐन बमोजिम फछ्र्यौट भएका छन् । साथै वर्गीकरण कानुन बमोजिम नभएको भनी एक, सूचना दुरुपयोग भएको भनी चार र सूचना दाताको संरक्षण सम्बन्धमा एक निवेदन आयोगलाई प्राप्त भएको थियो ।

सूचना नदिने चारजना कार्यालय प्रमुखलाई आयोगले जरिवानाको आदेश दिएको आयोगको भनाइ छ । गत आवमा आयोगबाट विभिन्न निकायका नाममा सूचनाको हकसम्बन्धी सात सय आदेश जारी भएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र

काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...

हामीले दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता गर्याै : बालेन शाह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending