काठमाडौं । अर्थतन्त्रको प्रमुख हिस्साका रूपमा रहेको मुलुकको सेयर बजारको पुँजीकरण एक दशकमै पाँच गुणाले बढेको छ । डिजिटल प्रविधिमा आएको विकाससँगै अनलाइनबाट हातहातमा कारोबार गर्न मिल्ने भएपछि लगानीकर्ताको आकर्षणले पुँजी बजारमा छोटो समयमै उछाल आएको हो ।
आर्थिक वर्ष २०६९/७० मा ५ खर्ब १४ अर्ब रूपैयाँको सेयर बजार पुँजीकरण आव २०७९/८० मा आइपुग्दा ३० खर्ब ८२ अर्ब रूपैयाँमा पुगेको छ । यसरी हेर्दा नेपालमा सबैभन्दा द्रुत गतिमा विकास हुने क्षेत्रमध्ये पुँजी बजार पनि देखिएको छ ।
प्रविधिको विकास, पुँजी बजारमा नयाँ कम्पनीहरू लिस्टेट हुने क्रमको वृद्धि, ठुलो पुँजी भएका कम्पनीहरू सेयर बजारमा आएकाले पुँजीकरणको आकार बढेको हो । कोभिड - १९ को महामारीसँगै अनलाइन कारोबारले अझ व्यापकता पाएपछि सेयर बजारमा आकर्षण ह्वात्तै बढेको थियो ।
आव २०७७/७८ मा सेयर पुँजीकरण औसत ४० खर्ब १० अर्बरूपैयाँ पुगेको थियो । कोभिडको समयमा अन्य कारोबार नभएकाले सबै लगानीकर्ता सेयर बजारमा केन्द्रित भएका थिए । पछिल्ला दुई वर्षमा लगानीकर्ताले भने करिब १० खर्ब रूपैयाँ गुमाएपछि सेयर पुँजीकरण ३० खर्ब ८२ अर्ब रुपैयाँमा खुम्चिएको छ ।
१० वर्षमा नेप्से सूचकांक पनि चार गुणाले बढेको छ । आव २०६९/७० मा ५१३.३३ रहेको नेप्से आव २०७९/८० को अन्त्यमा आइपुग्दा औसत सूचकांक १,९५३.०६ अंकमा पुगेको थियो । एक वर्षमा नेप्से सूचकमा भने सामान्य वृद्धि भएको छ । धितोपत्र बजार मापन परिसूचक नेप्से सूचक समग्रमा ८७.६ प्रतिशत मात्र बढेको छ ।
२०७९ असार मसान्तमा २००९.५ रहेको नेप्से सूचक २०८० असार मसान्तमा २० ९७. १ कायम भएको थियो । बुधबार नेप्से १,९९८.२८ अंक रहेको छ । अनलाइनबाट कारोबार गर्न सकिने व्यवस्थाले सेयर बजारमा गृहणी, विद्यार्थी, कर्मचारीदेखि ठुला लगानीकर्ता प्रवेश गरेका छन् । सेयर बजारमा लगानीकर्ताको संख्या ५६ लाख पुगेको छ । यो समाचार नागरिक दैनिकमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: