काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु भएकाे छ । सिरहा, सल्यान, महोत्तरी र पाल्पामा भएका सवारी दुर्घटनामा छ जनाको मृत्यु भएकाे हाे ।
सिरहाकाे कर्जन्हा नगरपालिका-३ स्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट नाम, थर नखुलेकी अन्दाजी ६० वर्षीया महिलाको गएराति घटनास्थलमै मृत्यु भएको छ ।
ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी सल्यानकाे कपुरकोट गाउँपालिका-३ आगरखोलास्थित सडकमा रुकुम पश्चिमबाट दाङतर्फ जाँदै गरेको लु.२ ख ५७३१ नम्बरको हाईस सडकबाट अन्दाजी २ सय ५० मिटर तल खसेर सोमबार दिउँसो दुर्घटना हुँदा हाइसमा सवार २ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका रूकुम पश्चिम सानीभेरी गाउँपालिका-११ बस्ने ६० वर्षीय कमारो कामी र सल्यान दार्मा गाउँपालिका-२ बस्ने ३६ वर्षीय ओमपद खत्रीको राप्ती प्रादेशिक अस्पताल तुल्सीपुर दाङमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका हाईसमा सवार १४ जनालाई थप उपचारको लागि नर्सिङ होम नेपालगञ्ज बाँके रिफर गरिएको छ भने ३ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । हाल फरार हाईस चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी महोत्तरीकाे बर्दिबास नगरपालिका-२ हङकङ डाँडास्थित सडकमा रोकी राखेको ना.१ क ९७७९ नम्बरको बर्दिबास बोर्डिङ स्कुलको बसमा प्रदेश २-०२-००४ प ७०६७ नम्बरको मोटरसाइकल ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।
दुर्घटना गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका-८ बस्ने २२ वर्षीया रबिना महतोको ट्रमा सेन्टर बर्दिबास र मोटसराइकलमा सवार उनकै बुवा ५५ वर्षीय उपेन्द्र महतोको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पाल्पाकाे माथागढी गाउँपालिका-२ सपाङ्दीस्थित सडकमा झडेवाबाट रूप्सेतर्फ जाँदै गरेको लु.४ त ६६३२ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा लेबर काम गर्ने सोही गाउँपालिका-२ दोहोरा बस्ने ३८ वर्षीय वेद प्रसाद भुषालको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा लेबर काम गर्ने ५ जनामध्ये २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने ३ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - १९:३६
लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...
पौष १० गते, २०८२ - १९:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...
पौष १० गते, २०८२ - १९:२९
काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...
पौष १० गते, २०८२ - १९:२४
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...
पौष ९ गते, २०८२ - १८:३९
जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...
पौष ९ गते, २०८२ - १८:३६
सर्लाही । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...
पौष ९ गते, २०८२ - १८:३२
काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...
पौष ९ गते, २०८२ - १८:२८
काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...
पौष ९ गते, २०८२ - ११:११
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...




प्रतिकृया लेख्नुहोस्: