Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

लोपोन्मुख रैथाने ‘तिल्की’ धान संरक्षण गर्न थालियो

खबरडबली संवाददाता

तुलसीपुर । स्दाङमा रैथाने ‘तिल्की’ धान संरक्षण गर्न थालिएको छ । पछिल्लो समय लोपन्मुख मानिएको उक्त धान  तुलसीपुर उपमहानगरपालिका–१८स्थित विजौरीमा करिब दुई बिघा जग्गा भाडामा लिएर खेती सुरुवात गरिएको हो । पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्र र संयुक्त राष्ट्रसङ्घीय विश्व वातावरण कोष साना अनुदान कार्यक्रमबीच सम्झौता भई प्राङ्गारिक खेतीअन्तर्गत तिल्की धानको खेती सुरु गरिएको केन्द्रका अध्यक्ष डिल्लीबहादुर रावतले बताए । “ प्राङ्गारिक खेती हराउँदै गयो, तिल्की र सिम्ठारोजस्ता धान रोप्न छोडियो”,उनले भने, “मानव स्वास्थ्यका लागि प्राङ्गारिक खेती अपरिहार्य छ, त्यसैले हामीले दाङमा यो खेती सुरुवात गरेका हौँ ।” 

मुक्त पूर्वकम्लरीले सञ्चालन गरेको गन्यारी कृषि सहकारी संस्थामार्फत उक्त धान खेती सुरु गरिएको हो । तिल्की धानको चामल मिठो हुने र गर्मी पनि खप्न सक्ने धान हो । धान दाङको पहिचान मानिएको यो जातको धान विगतमा धेरैले लगाउने गर्थे तर पछिल्लो समय हाईब्रिड धान नै किसानको रोजाइँ बनेपछि यो धान लोप हुने अवस्थामा आयो । 

सोही सहकारीले १० कठ्ठा जग्गामा रैथाने सिमठारो जातको धान पनि लगाएको छ । धान भित्र्याएपछि सोही जग्गामा रैथाने प्याज, लसुन र आलु खेती गर्ने तयारी रहेको सहकारीका अध्यक्ष लक्ष्मी चौधरीले बताइन् । उनका अनुसार  अझै २५ हेक्टर जमिन भाडामा लिएर प्राङ्गारिक खेती गरिने भएको छ । “हामीले अहिले तुलसीपुरमा रैथाने जातको तिल्की र सिमठारो जातको धानखेती गरिरहेका छौँ”,उनले भनिन् “धान भित्र्याएपछि प्याज, लसुन र आलुखेती गर्ने छौँं, हामीले २५ हेक्टर जमिन जग्गा लिएर खेती गर्ने तयारी गरेका छौंँ ।”

सबै खालका खेतीमा प्राङ्गारिक मल प्रयोग गर्ने गरिएको केन्द्रका अध्यक्ष रावतले बताए । उनले १०/१५ वर्षमा दाङलाई नै प्राङ्गारिक उपत्यका बनाउने योजनाअनुसार यो कार्यक्रम तयार गरिएको जानकारी दिए । 

यो कार्यक्रम दुई वर्षसम्म सञ्चालन भए पनि प्रत्येक किसानलाई प्राङ्गारिक खेतीका बारेमा बुझाउने उद्देश्य पनि रहेको अध्यक्ष रावतको भनाइ थियो । लुम्बिनी प्रदेश सरकारले दाङलाई तिल्की धान र आलुको हब बनाउने योजनासमेत बनाएको छ ।  विषादीजन्य खानेकुराले गर्दा मानिसमा क्यान्सरजस्ता जटिल रोग लाग्ने भएकाले प्राङ्गारिक खानेकुरामा जोड दिनुपर्ने कृषि ज्ञान केन्द्रका प्रमुख नरेश धितालले बताए ।  

अहिले स्थानीय सरकारले पनि प्राङ्गारिक खेतीलाई जोड दिने गरेको छ । उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले प्राङ्गारिक खेतीका बारेमा किसानलाई बुझाउने गरी कार्यक्रम तय गरिएको बताइन् । “हामीले किसानलाई प्राङ्गारिक खेतीबारे बुझाउने गरी कार्यक्रम तय गरेका छौँ”,उनले भनिन्, “त्यसो गर्न सकेमा प्राङ्गारिक खानेकुरा बजारमा पाउन सकिन्छ ।” 

प्रदेश सरकारले पनि प्राङ्गारिक उत्पादनलाई प्राथमिकता राखेको त्यहाँका कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल अहीरले बताए । “पुर्खाहरुले प्राङ्गारिक मल प्रयोग गर्दा पनि धेरै उत्पादन हुन्थ्यो”,उनले भने“अब हामीले पनि प्राङ्गारिक उत्पादनमा जोड दिन सकेमा मानव स्वास्थ्यलाई फाइदा पुर्‍याउथ्यो, यसतर्फ प्रदेश सरकार सचेत छ ।”

किसानलाई प्राङ्गारिक खेतीतर्फ आकर्षित गराउनका लागि विभिन्न तालिम तथा सामग्री उपलब्ध गराइने भएको छ । त्यसका लागि संयुक्त राष्ट्र सङ्घीय विश्व वातावरण कोषको साना अनुदान कार्यक्रमले रु ४८ लाख सहयोग गरेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछाने र छविलाल जोशीको धरौटी मागसम्बन्धी मुद्दाको पेसी आज

बुटवल । सुप्रिम सहकारीको रकम ठगी तथा संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ...

नेपालमा पनि टी–२० विश्वकप ट्रफी टुर हुने

काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...

राष्ट्र संघको सहयोगको कदर गर्छौं : प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्।  संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...

जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थपिँदै, यहि साता ओली र लेखकको बयान लिइने

काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...

झापा राजस्व कार्यालयमा पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन

झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ ।  ...

जेन–जी आन्दोलन जाँचबुझ आयोगले अर्काे सातादेखि राजनीतिक नेताको बयान लिने

काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...

सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्: प्रधानमन्त्री कार्की

ललितपुर। प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएको छिन् । आज ललितपुर महानग...

मधेशका मुख्यमन्त्री यादवले पुस ४ गते विश्वासको मत लिदै

जनकपुरधाम। मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएको छन् । नेपालको संविधानको धारा १६८ को...

उद्योगको डिमान्ड शुल्क घटाउने मागसहित मन्त्री घिसिङलाई ज्ञापनपत्र

कञ्चनपुर। कञ्चनपुरका उद्योगी व्यवसायीहरूले उद्योगहरूको डिमान्ड शुल्क घटाउनुपर्ने लगायतका माग राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यात...

एमाले महाधिवेशन निर्वाचनमा साढे दुईसम्म ५५५ मत खस्यो

काठमाडौँ । नेकपा(एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत भइरहेको निर्वाचनमा ५५५ मत खसेको छ। राजधानीको भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियामा दिउँसो २स्३० ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending