Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

नेपालको राजनीतिले नबुझेको संघीयता

कुमार दाहाल
कुमार दाहाल

सपनालाई यथार्थमा परिणत गर्ने नीति राजनीति हाे । त्यसैले राजनीतिभित्र कुनै सीमा हुँदैन । असिमित चाहना र प्रवृत्तिकाे प्रतिनिधित्व राजनीतिले गर्छ । त्यसैले याे अति लचिलो र कठोर हुने गर्छ ।

राजनीतिको लचिलोपन प्रजातन्त्र हो, कठोर निरंकुशता । दुवै तन्त्रमा अन्तर्निहित सपनाहरु हुन्छन्। यिनै सपनाहरुले कुनै शासनप्रणाली र कुनै संरचनाको रुपमा राज्यमा शासन गर्छन् । राजनीतिलाइ खराब, अबिस्वास, र आलोचनाले सधैभरी सच्याउने  गर्छ। त्यसैले राजनीति  नेताहरु गल्ती गर्न डराउँदैनन् । यही गल्तीले काेही ठुला र प्रख्यात नेता बन्छन् । काेही  जेल जान्छन। संसारकै राजनीतिको लागि यो अस्वभाविक कुरा होइन ।

संघीयता यही राजनीतिको अभिष्ट पुरा गर्ने संरचना हो। संघीयतामा शक्ति र अधिकारको विस्तार हुन्छ । यही विस्तारमा राजनीतिले आफ्नो ध्येय पूरा गर्छ। राजनीतिको मुख्य ध्येय जनतामाथि शासन गर्नु हो । त्यसैले जुनसुकै प्रकारको शासनमा पनि राजनीति रमाउने गर्छ । हाम्रो राजनीति अहिले संघीयतामा रमाए जस्तो देखिन्छ ।

संघीयताको आलोचना र टिप्पणीमा राजनीति क्षेत्रको खासै चिन्ता छैन। किनकि हाम्रो संघीयता देशको आवश्यकता भन्दा  राजनीतिक आवश्यकतामा बढी नजिक छ। एकात्मक शासनका खराबीबाट  आएको संघीयता ति खराबी भन्दा कति उत्तम छ। यसैमा हाम्रो संघीयताको मूल्यांकन हुनेगर्छ ।

हामीले शासनप्रणालीमा प्रश्न गरेका छैनौ। संरचनामा प्रश्न गर्छौ। अहिले पनि महिनौं दिन संसद चल्दैन । विश्वास र अविश्वासको मतविभाजनमा राजनीति रमाएको छ । संघीयताले जनताको घरदैलोमा विकास लैजान्छ। तर त्यही घरदैलो सम्म पुग्ने कानून बनाउने संसद अवरुद्ध छ ।  संसारको राजनीति अहिले  संरचनाको फेरबदलमा होइन। जनताको सपना पुरा गर्ने  संयन्त्रको खोजीमा छन्। हामी‌ धर्म, समाज र शासनको विषयमा राजनीति गर्छौ ।  किनकि हामीलाई जनताले नबुझ्ने कुरामा बढी विश्वास लाग्छ ।

स्रोत संघीयताको अनिवार्य सर्त होइन। तर हामी स्रोतसँग संघीयताको सफलता देख्छौं । संघीय संरचनाले स्थानीय स्रोतको खोजि गर्छ र गर्नुपर्छ। आफैले कमाएर चल्नसक्ने संघीय संरचना हामीले बनाएकै ‌होइन। हाम्रो संघीयतामा स्थानीय स्रोत भन्दा केन्द्रीय स्रोत र साधनको अपेक्षा बढी छ। यसको अर्थ हाम्रो वित्तीय संघीयता राजनीति संघीयताको तुलनामा कमजोर छ ।राजनीति संघीयताको आकांक्षा खोज्ने नेताहरुले यसको दिगोपनमा ध्यान दिएका छैनन् ।

आज फेरि  संघीय संरचनाको विषयमा प्रश्न उठ्न थालेको छ । के हाम्रो संघीयताको मोडेल टिक्छ ? संघीयताले होइन राजनीतिक खराबीले यो प्रश्न जन्माएको हाे । राजनीतिक स्वार्थका लागि  राजनीति प्रदेशमा सरेको छ। प्रदेशको  बहुमत र अल्पमत झेलकाे राजनीतिले विकासमा बाधा पारेको छ ।यो बाधालाई  हाम्रो राजनीतिले प्रजातान्त्रिक अभ्यास ठान्छ । तर  केन्द्रीय खराब राजनीतिबाट दिक्क भएका मतदाताहरु प्रदेशको मतविभाजनको राजनीतिमा खासै चासो राख्दैनन् ।

यद्दपी यसको असर उनीहरूको घर दैलोसम्म पुगिसकेको छ । गरिबी, राेजगारी, उत्पादन, उधमशिलता, बजार ,समाज सुधार र विकासका लागि राजनीति र राजनीतिज्ञमा एकता हुनु जरुरी छ । जबसम्म यो हुँदैन हामी उन्नत विकास तर्फ फड्को मार्न सक्तैनौं ।

संघीयता शासनप्रणालीको अनुशासन हो । यो अनुशासन विकास समृद्धि, र सुशासन तर्फ केन्द्रित  हुनुपर्छ। किनकि हामी एक्काइसौं शताब्दीमा पनि सीमान्त अवस्थामा छौ। हाम्रो जीवन, पद्धति, धारणा, विचार,  सबै सीमान्त अवस्थामा छन । तर हामी संघीयताको सीमामा बस्न रुचाउँदैनौ । राजनीति अधिकारभन्दा ऐन कानुनको अधिकारमा अल्मलिने हाम्रो राजनीतिले यसको मर्म बुझ्नै सकेन।  किनकि संघीयतामा अधिकार  र राजनीतिक स्वार्थको त्याग महत्वपूर्ण हुन्छ ।

शासनमा केन्द्र बलियो र अनुशासित हुनुपर्छ । तब मात्र तल्ला एकाइहरू मजबूत हुन्छन । यो  मजबुतीकाे आधार नै सुशासन हो । तर हाम्रो राजनीति सिद्धान्त  र विचारबाट होइन व्याक्तीको सपना र इच्छाबाट चलेको छ ।

त्यसैले संघीयताको तल्लो तह र केन्द्रीय तह  बिचमा पद्धति र नीतिमा एकरुपता छैन । आफ्नै राजनीति र आफनै मोडलले देश विकास हुँदैन । राजनीति भित्रका सिद्धान्त र विचारहरूको एकरुपता हुनुपर्छ। अहिले कुन क्षेत्रमा कसको के कति पकड छ भन्ने आधारमा तीनै तहका सरकार भित्रको राजनीतिक उपस्थिति हेरिन्छ ।

जनतालाई दिएको  याे अवसरले विकासमा उल्लेख्य योगदान दिन सकेको छैन। ।यस्ता तथ्यहरु अनियमितता भ्रष्टाचार र व्यक्तिगत स्वार्थका  रुपमा  आउदैछन्। जबसम्म संघीयताको मर्म र धर्मलाई राजनीतिक दलहरुले बुझ्दैनन् । हाम्रो राजनीतिक पद्धति, शासन प्रणाली र संरचनामा  सधैभरी प्रश्न उठिरहन्छ। यसको समीचीन जवाफ मूलतः राजनीतिक दलहरुले नै खेप्नुपर्छ ।

विगत १० वर्षमा संघीयता धेरै ठाउँमा पुग्यो.। हामी राजनीतिक र व्यक्तिगत स्वतन्त्रताको चरम उत्कर्षमा पुग्यौं ।तर रोजगारी बढेन, स्थानीय सरकारले बसाई सराई रोक्न सकेन । स्थानीय उत्पादन घटेर गयो।संघीय  सरकारको जस्तै राजनीतिक अस्थिरता प्रदेश सरकारमा रह्यो ।

संघीय सरकारले प्रदेश  र स्थानीय तहमा आवश्यक कानुन र स्रोत उपलब्ध गराउन सकेन।   खराबीका बाबजुद पनि स्थानीय सरकार सुशासनको धरातल‌ बन्दैछ  । राजनीति भित्रको नीति अनुशासित नभएमा र केन्द्र बलियो बन्न नसकेमा यो धरातल दीगो हुँदैन । जुन प्रयोग विकेन्द्रीकरणको रुपमा हामीले अगाडि गरिसकेका छौं। स्थापित भइसकेका संघसंस्थालाई भत्कायौँ । अब फेरी बनाउने निस्वार्थ भावना अहिलेको राजनीतिमा देखिँदैन। हाम्रो लागि यो ठूलो दुर्भाग्य बन्दैछ ।

संसारमा राजनीति सच्चिँदैन । यसभित्रको पद्धति विचार सिद्धान्त र व्यक्ति सच्चिनु पर्छ ।हाम्रोमा संघीयता अवसरको रूपमा छ । घर दैलोसम्म जनतालाई सेवा पुर्याउने योभन्दा अर्को माध्यम हुनै सक्दैन । हाम्रो राजनीतिले  संघीयताको अवसर र मर्मलाई बुझ्नुपर्छ ।

अहिले राजनीति आफ्नै दाउपेचमा छ । यो हाम्रो विगतदेखिकै प्रवृत्ति हो ।यसले अर्को संरचनाको खोजी नगर्ला भन्न सकिँदैन। परिस्थिति त्यस्तै बन्दैछ । परिवर्तन खोज्नुभन्दा यसको संस्थागत गर्ने रुचि हामीले देखाउन सक्नुपर्छ। यो प्रयोगको राजनीति, संरचना र शासन प्रणालीले हामी  उँभाे लाग्न सक्दैनौं ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending