Khabar Dabali ३१ जेष्ठ २०८३ आईतवार | 14th June, 2026 Sun
Investment bank

पोखरीका भ्यागुता मरेपछि सुक्दै रामेछापकाे नागदह पोखरी

खबरडबली संवाददाता

रामेछाप । रामेछापको लिखुतामाकोसी गाउँपालिका–५ स्थित एउटा पोखरी छ । जुन पोखरी नागदहले परिचित छ । यही नागदह पोखरीको नामबाट यो वडालाई नागदह नामाकरण गरिएको हो ।

लिखुतामाकोसी गाउँपालिकाको मात्रै नभै जिल्लाकै एक ऐतिहासिक पोखरी हो नागदह । गाउँको बिचमा रहेको यो पोखरीमा नाग थान रहेको र यहाँ नाग बस्ने भएकाले यो पोखरीको नाम नागदह बस्न गएको स्थानीय बताउँछन् । हेर्दा निकै आकर्षक देखिने यो पोखरीको बिचमा दुई वटा ठुला ठुला ढुङ्गा छन् ।

यही ढुङ्गाबाट उडेको दुई वटा चरा मध्ये एउटा नागदहको पहिरे खोला र अर्को तिल्पुङको हीलेखोलामा बसेको एक घण्टामा ठुलो पानी परेको र ती दुवै खोलामा ठुलो बाढी पहिरो आएपछि क्रमशः नागदहमा पानी सुक्न थालेको स्थानीय वृद्ध वृद्धाको भनाइ छ ।

स्थानीय बुढापाकाका अनुसार पहिला यो पोखरीमा कहिले पनि पानी सुक्दैनथ्यो । पहिला यो पोखरीमा पुस मसान्त र माघे सङ्क्रान्ति दिन ठुलो मेला समेत लाग्ने गर्दथ्यो । प्राकृतिक रूपमै स्थापित यो पोखरीमा सधैँ नागहरू खेलिरहने भएकाले नाग हेर्नकै लागि मान्छे जम्मा हुन्थे साबिक नागदह गाविसको अध्यक्ष समेत रहनुभएका स्थानीय आसबहादुर तामाङ बताउँछन् ।

‘पहिला पहिला यो पोखरीमा धेरै नागहरू देखिन्थ्यो, सानोमा नजिकैको विद्यालयमा पढ्न जाँदा मैले पनि नाग जुधिरहेको देखेको छु, यो पोखरीमा बिहान, दिउँसो र बेलुकाको समयमा ठुलो स्वरमा कराउने एउटा भ्यागुता पनि थियो,’ उनले भने ।

स्थानीय ल्हो माइला भनिने जमिनदारले पोखरी नजिकै बारी जोत्ने क्रममा भ्यागुता बाहिर आएको र हलोको फालीले चोट लागेपछि केही दिनमा भ्यागुता मरेपछि बिस्तारै नागदह पोखरी सुक्दै गएको उनको भनाइ छ । जिल्लाकै ऐतिहासिक यो पोखरी संरक्षणका लागि स्थानीय सरकार लगायत सरोकारवाला निकायले चासो नगएको स्थानीयको गुनासो छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आहा जाँच गाउँ !

जुम्लाको सिंजा गाउँपालिका–१ मा पर्ने जाँच गाउँ प्राकृतिक सौन्दर्य र मौलिक जीवनशैलीले भरिएको आकर्षक बस्ती हो । यो गाउँ पहिले साबिक धापा गाविसअन्तर्गत प...

कुलतको दलदलमा युवा, लागुऔषधले निम्त्याउँदै सामाजिक संकट

काठमाडौं । लागुऔषध दुव्र्यसन नेपालका लागि केवल कानुनी चुनौती मात्र होइन, गहिरिँदो सामाजिक संकटका रूपमा देखा पर्न थालेको छ। विद्यालय र कलेज पढ्ने उमेरक...

श्रमदान अभियानका अगुवा प्रसाद राई : पुलदेखि आत्मरक्षासम्म समाजसेवामा सक्रिय

धरान । सामुदायिक विकास र सामाजिक सेवामा सक्रिय प्रसाद राई पछिल्ला वर्षहरूमा श्रमदान अभियानका एक परिचित अनुहारका रूपमा स्थापित भएका छन्। विशेषगरी धरान ...

पाकेको मासु फ्रिजमा राखेर बारम्बार तताएर खानु हानिकारक

काठमाडौं । चाडपर्व वा अन्य अवसरमा धेरै मात्रामा मासु पकाएर फ्रिजमा राख्ने र पटक–पटक तताएर खाने चलन धेरैको घरमा सामान्यजस्तै छ। तर स्वास्थ्य विज्ञहरूका...

आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपै...

परराष्ट्रमन्त्री खनाल आज चीन जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जाँदैछन् । चीनको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य तथा चिनियाँ विदेश...

रास्वपा लुम्बिनी अधिवेशन : सभापतिमा शालिकराम र गोपालबीच पुनः मतदान

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम लुम्बिनी प्रदेश अधिवेशनअन्तर्गत सभापति पदको निर्वाचनमा कुनै पनि उम्मेदवारले आवश्यक बहुमत प्राप्त...

टहरा हटाउने क्रममा भीरबाट खसालियो टेम्पो, पीडित भन्छिन्– ‘रोजीरोटीको आधार नै खोसियो’

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ बासपानीकी धनादेवी धामीले आफ्नो परिवारको जीविकोपार्जनको मुख्य आधार रहेको टेम्पो डिभिजन वन कार्यालय धनगढीले भीरबाट...

बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योग बन्द हुने भएका छन् । ५३ उद्योग आबद्ध रहेको सूर्योदय अर्थोडक्स टी प्रोड्य...

ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित

कञ्चनपुर । रोपाइँका लागि तयार गरेका धानका बेर्नामा ढुसीजन्य रोगको सङ्क्रमण देखिएपछि शुक्लाफाँटा नगरपालिकाका किसान चिन्तित बनेका छन् । रोगका कारण बेर्न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending