Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

काठमाडौंमा रेलका लागि यी हुन् सम्भावित पाँच मार्ग

फाइल फोटो
खबरडबली संवाददाता

काठमाडौं । बढ्दो सवारी चाप । ट्राफिक व्यवस्था अस्तव्यस्त । घरबाट निस्केर निर्धारित सयममा गन्तव्यमा पुग्न कठिन । सार्वजनिक मात्र होइन, निजी सवारीसाधन भए पनि जाममा फस्नुपर्ने बाध्यता ।

यो समस्या समाधान गर्ने भन्दै राजनीतिक दलहरूले काठमाडौं उपत्यकामा मोनोरेल र मेट्रोरेलको सपना बाँड्न थाले । रेलका योजना अघि सार्न थालेको पनि करिब दुई दशक पुग्न थालेको छ ।

२०६२ सालको राजनीतिक परिवर्तनपछि दलहरूले चुनावी घोषणापत्रमा रेलका हावादारी गफ दिन सुरु गरेका थिए । सन् २०११ मा उपत्यकामा रेलको सम्भाव्यता अध्ययन भएको थियो । अध्ययनबाट पाँच रुटमा मेट्रो रेल सञ्चालन गर्न सकिने देखियो । तर त्यो प्रतिवेदन दराजमा थन्किएको छ । रेलमार्ग निर्माण प्रगति शून्य छ ।

अहिले फेरि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले काठमाडौं उपत्यकामा मेट्रो रेल चलाउने प्रस्ताव अघि सारेका छन् । रुसले रेल बनाइदिने आशा देखाएपछि पूर्वाधारमन्त्री ज्वालाले नेपालका लागि रुसका राजदूत अलेक्सी नोमिकसहितको टोलीसँग उपत्यकामा मेट्रो रेल सञ्चालनका लागि सघाउन अनुरोध गरेका छन् । 

रुसी संसद्का अध्यक्ष भ्याचिसलोभ भिक्टोरोभिज भोलोडिन नेपाल भ्रमणमा आउने पूर्वसन्ध्यामा मन्त्री ज्वालाले यस्तो प्रस्ताव गरेका छन् । रूस रेल बनाउन विश्वभर प्रख्यात रहेकाले सहयोग मागिएको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ । रुस मेट्रो रेलमा 'पायोनियरु भएकाले राजदूतसँग मेट्रो रेल निर्माणबारे छलफल भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले बताए।

 'हामीले मेट्रो रेल बनाउनुपर्नेछ भन्ने कुरा राखेका छौं,' शर्माले भने, 'उहाँहरू (रुस) सकारात्मक देखिनुभएको छ ।' यसअघि गरिएको प्रारम्भिक अध्ययनका आधारमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार हुन सक्ने सचिव शर्माले बताए ।

सन् २०११ मा सरकारले कोरियन परामर्शदाता कम्पनीबाट गराएको पूर्वसम्भाव्यता अध्ययनले पाँचवटा रुटमा रेल सञ्चालन गर्न सकिने देखाएको थियो । 

जसअनुसार पहिलो रुट सातदोबाटो-पुल्चोक- त्रिपुरेश्वर-रत्नपार्क- नारायणहिटी- महाराजगन्ज हुँदै नारायणगोपाल चोकसम्म, दोस्रो रुट कलंकी --कालिमाटी-माइतीघर-तिनकुने हुँदै एयरपोर्टसम्म, तेस्रो रुट चक्रपथ, चौथो भूमिगत रुट स्वयम्भू-छाउनी-बागबजार - डिल्लीबजार -पुरानो बानेश्वर-गौशाला-चाबहिल हुँदै बौद्धसम्म र पाँचौं रुट धोबीघाट पुल्चोक-पाटन दरबार नयाँ बानेश्वर-माइतीघर- सिंहदरबार-सहिदगेट-डिल्लीबजार-टंगाल नारायणहिटी-नयाँबजार हुँदै गोंगबुसम्म हुने छ । यो समाचार नागरिक दैनिकमा छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: