काठमाडौं । भ्रष्टाचारमा शून्य सहनशिलता र शुसासनयुक्त विधिको राज्यका पक्षमा खबरदारीका लागि यससम्बन्धी खोजमुलक समाचार सामग्री उत्पादन गर्न बारबरा फाउन्डेसनले चार जनाका लागि १० लाख रुपैयाँको पत्रकारिता फेलोसिपको घोषणा गरेको छ ।
फाउन्डेसनले जनही २ लाख ५० हजार रुपैयाँका चारवटा फेलोसिपबारे २०८० को भदौ मसान्तभित्र समाचार सामग्रीको प्रस्ताव पठाइसक्नुपर्ने जनाएको छ । साथै असोजको पहिलो साताभित्रै प्रस्ताव स्वीकृतिको सूचना आवेदकबाट आइपुग्नुपर्ने बताइएको छ ।
'शुशासन र भ्रष्टाचार, वातावरणीय परिवर्तनको मुद्दा, स्वास्थ्य र शिक्षा सरोकारका विषयमा आउने प्रस्ताव स्वीकृत भएपछि आगामी चैत मसान्तसम्म तोकिएको विषयमा सोध र अनुसन्धानका समाचार सामग्री प्रकाशित भइसकेको हुनुपर्ने छ,' बारबरा फाउन्डेसनले जारी गरेको सूचनामा उल्लेख छ ।
गैरनाफामूलक गैरसरकारी संस्थाको रुपमा बारबरा फाउन्डेसन बारबरा एडम्सको नाममा २०६७ वैशाख १४ गते नेपालमा स्थापना भएको हो । दिवंगत बारबरा पत्रकार र पर्यावरण तथा सामाजिक अभियन्ता समेत थिइन् । जसले दुर्गम र पिछडिएका नेपालका गाउँहरूमा त्यहाँका बासिन्दाको जीवन परिवर्तन गर्न शिक्षित बनाउनुका साथै सशक्तिकरण गर्दै आएको छ ।
खोज पत्रकारिता मार्फत सुशासन प्रवर्द्धन गर्न भन्दै फाउन्डेसनले २०१३ देखि हरेक वर्ष गहन र प्रभावकारी समाचार सामग्रीका लागि 'बार्बरा एडम्स खोज पत्रकारिता पुरस्कार' वितरण गर्दै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...
पौष ६ गते, २०८२ - ११:३३
दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ । ५-६ जनाको समूहमा आएको ...
पौष ६ गते, २०८२ - ११:२९
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...
पौष ६ गते, २०८२ - ११:२६
कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...
पौष ६ गते, २०८२ - ११:२१
विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...
पौष ६ गते, २०८२ - १०:३४
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...




प्रतिकृया लेख्नुहोस्: