Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

गोसाइँकुण्डका तीर्थयात्रु शुलाद्री पर्वत चढ्न थाले

खबरडबली संवाददाता

रसुवा । निलाद्री पर्वतमा विराजमान  गोसाइँकुण्ड शिव भगवानको दर्शनका लागि भक्तजनको आगमन सुरू भएको छ । भोलि आइतबार अर्थात् भदौ १० गते पर्ने पुत्रदा एकादशीका अवसरमा स्नान एवं पूजाआजाका लागि करिब दुई हजार भक्तजन आज बिहानै धुञ्चेबाट सुलाद्री पर्वतको उकालो चढ्न थालिसकेका छन्

गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जिव डिएमका अनुसार मेला भर्न आएका भक्तजनलाई खाने, बस्ने व्यवस्थाका लागि स्थानीय होटल व्यवसायीमार्फत होटल, लज तथा थर्कुको व्यवस्थापन गरिएको छ । चिया, नास्ता तथा खानाको दरभाउसमेत निर्धारण गरिसकिएको उनले जानकारी दिए । 

“यात्राका क्रममा यात्रुको स्वास्थ्यमा केही समस्या आए उपचार गराउन चिकित्सकको व्यवस्थापन गरेका छौँ”, डिएमले भने, “अन्य आवश्यक सहयोगका लागि स्वयं सेवक परिचालन गरिएको छ ।” उनले यात्रुका लागि आवश्यक पर्ने सम्पूर्ण प्रारम्भिक सेवा उपलब्ध गराउने गरी तयारी पुरा भएको जानकारी दिए । विशेष गरी तीर्थ यात्रुलाई लेक लाग्ने समस्या बढी देखिने भएकाले नेपाली सेना चोलाङपाटी र हिमालय उद्धार सङ्घको सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन गरी उपचारको व्यवस्था मिलाइएको समितिका अध्यक्ष डिएमले बताए । 

गोसाइँकुण्डमा प्रत्येक वर्ष गङ्गा दशरामा १० दिन र जनैपूर्णिमामा पाँच दिन गरी वर्षको १५ दिन विशेष मेला लाग्ने पुरोहित टङ्कप्रसाद ढकालले जानकारी दिए । जीवनमा एक पटक पुग्नैपर्ने तीर्थ गोसाइँकुण्ड भएको जनाउँदै उनले यहाँ पुग्दा प्राकृतिक र धार्मिक दृष्टिले आनन्द प्राप्त हुनुका साथै मनोकामना पुरा हुने विश्वास व्यक्त गरे । “पवित्र तीर्थ गोसाइँकुण्ड समुद्र सहतदेखि १४ हजार एक सय फिटको उचाइमा पर्दछ । यहाँ स्नान गरी पूजाआरधना गर्नाले सबै कार्य सिद्ध हुने धार्मिक मान्यता रहिआएको छ”, उनले भने ।

कुण्ड क्षेत्र बागमती प्रदेशअन्तर्गत रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ मा अवस्थित रहेकाले उक्त गाउँपालिकाले यहाँ आउने यात्रुका लागि बासस्थान, खाना, उपचारलगायतको व्यवस्थापनमा समन्वय गरिरहेको स्थानीयले बताएका छन् ।

सम्पूर्ण देवदेवताले जनैपूर्णिमाका दिन गोसाइँकुण्डमा बास लिने धार्मिक विश्वास रहिआएको पुरोहित ढकालले बताए । “जनैपूर्णिमाका दिन सम्पूर्ण देवदेवता यहाँ बास बस्न आउने धार्मिक विश्वास छ । त्यसैले यस अवसरमा यहाँ मेला लाग्ने गर्दछ”, उनले भने, “यस कुण्डमा स्नान गरी दर्शन गर्नाले सबै देवताको दर्शन एकैथलोमा मिल्न गई आफ्ना सबै मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ ।” 
    
यस वर्ष भदौ १४ गते जनैपूर्णिमा पर्व परेको छ । उक्त दिनसम्म करिब १५ हजार भक्तजनलाई गोसाइँकुण्ड पुर्‍याउने लक्ष्य राखिएको गोसाइँकुण्ड क्षेत्रविकास समितिले जनाएको छ । समितिका साथै जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, लाङ्टाङ राष्ट्रिय निकुञ्ज, स्थानीय सरकारलगायत निकायको सहयोगमा गोसाइँकुण्ड मेला व्यवस्थापन गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी प्रकासचन्द्र अधिकारीले बताए । तीर्थयात्रुको सुरक्षारार्थ रसुवाको प्रवेशद्वार बेत्रावतीदेखि गोसाइँकुण्डसम्म आवश्यक सुरक्षा जनशक्ति परिचालन गरिसकिएको बताउँदै उनले सम्पूर्ण यात्रुलाई निर्धक्क साथ यात्रा गर्न अनुरोध गरे । 

प्रजिअ अधिकारीले कसलाई पनि यात्राका क्रममा सुरक्षा वा अन्य कुनै सहयोग आवश्यक परेमा जिल्ला प्रशासन कार्यालय रसुवाको मोबाइल नं ९८५१२७७७७७, जिल्ला प्रहरी कार्यालयको मोबाइल नं ९८५१२७५५५५ वा ०१०५४०१९९ मा खबर गर्नसमेत सम्पूर्ण भक्तजनलाई आग्रह गरे ।
            
यात्राको क्रममा लेक लाग्ने समस्याका बिरामी यात्रुको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीसहित सुरक्षा निकाय परिचालन गरिएको उनले जानकारी दिए । यात्रुले प्रयोग गरेका सवारीसाधन व्यवस्थापनका लागि धुञ्चेमा पार्किङस्थल निर्माण गरेको जनाउँदै प्रजिअ अधिकारीले पार्किङस्थल सुरक्षा तथा व्यवस्थापनका लागि स्थानीय तहले स्वयं सेवक परिचालन गरेको बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन्। गृहमन्त्रालय स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण सम्बन्धी अन...

रास्वपाको बन्द सत्र स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनअन्तर्गत सोमबारका लागि तय गरिएको बन्द सत्र स्थगित भएको छ। महाधिवेशन प्रतिनिधिको नामावलीम...

पासपोर्ट ठेक्का प्रकरणमा सिद्धार्थ थापा र मनिन्द्र मल्लविरुद्ध पनि भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई–पासपोर्ट खरिद (पासपोर्ट ठेक्का) प्रकरणमा जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि सिद्धार्थ थापा र म्यूल...

रास्वपाको बन्दसत्र आज नहुने सम्भावना, भोली बिहान गर्नेबारे छलफल

काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र कार्यक्रम आज नहुने सम्भावना बढेको छ। महाधिवेशन प्रत...

राहदानी छपाइ प्रकरण: आरजु राणासहित १८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । राहदानी छपाइ तथा प्रणाली व्यवस्थापनसम्बन्धी ठेक्का प्रक्रियामा भएको भनिएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान पूरा ...

रास्वपा महाधिवेशनमा खानाको मेन्यू, काउलीदेखि खसीको मासुसम्म

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन चितवनमा जारी रहेको छ। आइतबारदेखि सुरु भएको महाधिवेशन तीन दिनसम्म सञ्चालन हुने कार्यक्र...

यसवर्षको मनसुन कोशीदेखि विस्तार हुँदै

काठमाडौं । यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको सम्पूर्ण भू-भाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशको पूर्वी क्षे...

नेप्से परिसूचक १.४६ अंकले घट्यो, ४ अर्ब ४४ करोडभन्दा बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से १.४६ अंकले घट्दै २७००.६५ विन्द...

गर्मी बढेपछि विद्यालयमा चार दिन बिदा

धनगढी। कैलालीको धनगढी उपमहानगरपालिकाले पालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिन बिदा दिने निर्णय गरेको छ ।  अत्यधिक गर्...

बेलायती प्रधानमन्त्री कीर स्टार्मरद्वारा राजीनामाको घोषणा

लन्डन । बेलायतका प्रधानमन्त्री सिर कीर स्टार्मरले प्रधानमन्त्री पद र लेबर पार्टीको नेतृत्व दुवैबाट राजीनामा दिने घोषणा गरेको छन् । बुधबार लन्डनस्थि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending