वीरगञ्ज । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जातीय तथा धार्मिक सहिष्णुता कायम राख्न सबैसँग आग्रह गरेका छन् । प्रेस सेन्टर नेपाल पर्साले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृति विशेषतायुक्त नेपालको पहिचान भएकाले विधितासहितको एकतालाई कायम राख्न सबैसँग आग्रह गरे ।
धर्म, संस्कृति र परम्परा एकअर्काको आस्था, भावना तथा परम्पराप्रति सहिष्णुतासहित सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा उभिन सबैसँग आग्रह गर्दै गृहमन्त्री श्रेष्ठले सामाजिक सद्भाव बिगार्ने र एकता भत्काउनेमाथि सरकारले सविंधान तथा कानुन बमोजिम कारबाही गर्ने चेतावनीसमेत दिए ।
भ्रष्टाचारको अन्त्य गरी मुलुकमा सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले सुन तस्करी र ललिता निवास जग्गा प्रकरणलाई अन्तिम निष्कर्षमा पुर्याइ दोषीलाई कानुनी कठघरामा उभियाउने दृढतासमेत व्यक्त गरे ।
“सुन तस्करी सन्दर्भमा सुरुमा राजस्व अनुसन्धान विभागले अनुसन्धान गर्यो, अहिले सिआईबीले अनुसन्धान गरिरहेको छ”, गृहमन्त्री श्रेष्ठले भने, “सिआईबीको अनुसन्धान सकेपछि त्यसबारे कानुनी र संरचनागत अन्य छानबिन गरी उपयुक्त निष्कर्ष निकालेर उच्चस्तरीय छानबिन प्रक्रियामा पनि हामी जानेछौ ।”
ललिता निवासको जग्गा व्यक्तिको नाममा गर्ने कार्यको सिआईबीले अनुसन्धान गरी सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाइसकेको र सरकारी वकिल कार्यालयले समेत छिट्टै प्रक्रिया अघि बढाउन लागेको उनले बताए ।
सरकारले सुशासन, सम्वृद्धि र सामाजिक न्यायलाई केन्द्रीत गरी काम अघि बढाएको उल्लेख गर्दै उनले राजनीतिक परिवर्तनलाई साधन र माध्यम बनाएर जनताको जीवनस्तरमा नयाँ खालको परिवर्तनको अनुभूति गराउन सरकारको ध्यान केन्द्रीत रहेको बताए ।
गौर हत्याकाण्डका विषयमा पत्रकारहरुले गरेको प्रश्नको जवाफमा गृहमन्त्री श्रेष्ठले भने, “अनुसन्धान रोकिएको होइन्, अनुसन्धानका क्रममा थप केही कुरा बुझ्नुपर्ने हुन्छ, त्यसैले थप अनुसन्धान भइरहेको छ, यस बारेमा उचित निर्णय लिएर अघि बढ्छौँं ।”
यसैगरी गृहमन्त्री श्रेष्ठले आजै जिल्ला प्रशासन कार्यालय पर्साको नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्ने कार्यक्रम छ । त्यस्तै उनले आज दिउँसो वीरगञ्जस्थित टाउन हलमा नेकपा ९माओवादी केन्द्र० को प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ८ गते, २०८३ - १८:४०
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन्। गृहमन्त्रालय स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण सम्बन्धी अन...
आषाढ़ ८ गते, २०८३ - १८:०७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनअन्तर्गत सोमबारका लागि तय गरिएको बन्द सत्र स्थगित भएको छ। महाधिवेशन प्रतिनिधिको नामावलीम...
आषाढ़ ८ गते, २०८३ - १७:५१
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई–पासपोर्ट खरिद (पासपोर्ट ठेक्का) प्रकरणमा जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि सिद्धार्थ थापा र म्यूल...
आषाढ़ ८ गते, २०८३ - १७:४०
काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र कार्यक्रम आज नहुने सम्भावना बढेको छ। महाधिवेशन प्रत...
आषाढ़ ८ गते, २०८३ - १६:५८
काठमाडौँ । राहदानी छपाइ तथा प्रणाली व्यवस्थापनसम्बन्धी ठेक्का प्रक्रियामा भएको भनिएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान पूरा ...
आषाढ़ ८ गते, २०८३ - १६:०३
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन चितवनमा जारी रहेको छ। आइतबारदेखि सुरु भएको महाधिवेशन तीन दिनसम्म सञ्चालन हुने कार्यक्र...
आषाढ़ ८ गते, २०८३ - १५:५३
काठमाडौं । यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको सम्पूर्ण भू-भाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशको पूर्वी क्षे...
आषाढ़ ८ गते, २०८३ - १५:४२
काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से १.४६ अंकले घट्दै २७००.६५ विन्द...
आषाढ़ ८ गते, २०८३ - १५:२५
धनगढी। कैलालीको धनगढी उपमहानगरपालिकाले पालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिन बिदा दिने निर्णय गरेको छ । अत्यधिक गर्...
आषाढ़ ८ गते, २०८३ - १५:००
लन्डन । बेलायतका प्रधानमन्त्री सिर कीर स्टार्मरले प्रधानमन्त्री पद र लेबर पार्टीको नेतृत्व दुवैबाट राजीनामा दिने घोषणा गरेको छन् । बुधबार लन्डनस्थि...



प्रतिकृया लेख्नुहोस्: