Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

साउनमा मात्रै ११ अर्ब ९३ करोडको वैदेशिक लगानी प्रतिबद्धता

खबरडबली संवाददाता

काठमाडौं । नेपालमा राजनीतिक अस्थिरता, व्यापक भ्रष्टाचार, झन्झटिलो कर्मचारीतन्त्र तथा ऐन, नियमहरूको कार्यान्वयनमा एकरूपता नभएका लगायतका समस्याका बाबजुद पनि साउन महिनामा मात्रै उद्योग विभागमार्फत ११ अर्ब ९३ करोड १८ लाख रुपैयाँको वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७९/८० को साउनमा २ अर्ब ६४ करोड ९० लाख रुपैयाँ वैदेशिक लगानी स्वीकृत भएकामा चालू आवमा झन्डै साढे चारगुणा वैदेशिक लगानी प्रतिबद्धता आएको हो । सरकारले लगानी बोर्डमार्फत र उद्योग विभागमार्फत वैदेशिक लगानी भित्र्याइरहेकामा उद्योग विभागमार्फत मात्र साउनमा करिब १२ अर्ब वैदेशिक लगानी प्रतिबद्धता आएको हो ।

नेपाल सरकारले वैदेशिक लगानीसम्बन्धी ऐनमार्फत ६ अर्बभन्दा मुनिका वैदेशिक लगानी उद्योग विभागमार्फत र सोभन्दा माथिका लगानी बोर्डमार्फत स्वीकृत गर्दैै आएको छ । उद्योग विभागले एकद्वार बिन्दुमार्फत वैदेशिक लगानीमा सहजीकरण गरेका कारण यसवर्ष ह्वात्तै वैदेशिक लगानी प्रतिबद्धता आएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

उद्योग विभागका अनुसार साउनमा ६० वटा उद्योगका लागि वैदेशिक लगानी प्रस्ताव आएको छ । जसमा साना आकारका ५४ वटा, मझौला खालका चारवटा र दुईटा ठुला उद्योग रहेका छन् ।

वैदेशिक लगानी स्वीकृत भएका ६० उद्योगमध्ये पर्यटनतर्फका २८ दशमलव ४६ प्रतिशत, सेवामूलक ९सर्भिस०तर्फका २६ दशमलव ४३ प्रतिशत, उत्पादनतर्फ ४ दशमलव ७० प्रतिशत, सूचना प्रविधि (आइसिटी)तर्फका १ दशमलव २ प्रतिशत र कृषितर्फ १ दशमलव २ प्रतिशत रहेका छन् ।

यी सबै वैदेशिक लगानी भित्रिएको खण्डमा ३ हजार ३ सय १ जनाले रोजगारी प्राप्त गर्नेछन् । नेपालले हालसम्ममा ५ हजार ९ सय १९ उद्योगका लागि ४ खर्ब ६४ अर्ब ३४ करोड ७१ लाख ६२ हजार ६ सय रुपैयाँको उद्योग क्षेत्रमा वैदेशिक लगानी प्रस्ताव उद्योग विभागमार्फत स्वीकृति दिइसकेको छ । यो समाचार राजधानी दैनिकमा छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजाका रोजाइको प्रकृति संरक्षण कोषमा प्रधानमन्त्री कार्कीको मनमौजी

काठमाडौं । तत्कालीन राजा वीरेन्द्रले विश्वमै प्राकृतिक र जैविक विविधता संरक्षणको सन्देश दिन स्थापना गरेको मानिने राष्ट्रिय प्रकृति संरक्षण कोष गणतन्त्...

चैत ५ गतेदेखि १९ सम्म कसरामा विक्रमबाबा पूजापाठ हुने

चितवन । हरेक वर्ष चैतेदसैँको समयमा हुने विक्रमबाबा पूजाको चितवनमा तयारी सुरुआत गरिएको छ । यस वर्ष चैत ५ गते देखि १९ गतेसम्म पूजा गर्ने तयारी गरिएको हो...

अमेरिकाले इरानको खार्ग टापुलाई किन निशाना बनायो ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले शुक्रवार इरानको समुद्री तटबाट केही दूरीमा रहेको एउटा सानो टापुमा बमबारी गरिएको बताए। इरानको तेल निर्य...

सिंहदरबार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीनिवास जोगाउन नसक्ने सैनिक अधिकारीमाथि पनि कारबाहीको सिफारिस

काठमाडौं । जेन–जी आन्दोलनमा सिंहदरबार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीनिवास बालुवाटार जोगाउन नसकेको भन्दै ती निकायको सुरक्षामा खटिएका सैनिक अधिकार...

चैते धानको समर्थन मूल्य तोक्न अध्ययन सुरु

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले चैते धानको समर्थन मूल्य तोक्न अध्ययन थालेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्...

ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन

बागलुङ । बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि सबै वडाका बालबालिका र किशोरकिशोरीलाई खोप लगाइएको छ । पालिकाको नौवटै वडामा स्वास्थ...

आज कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहनुका साथै हाल  गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशका ...

मानवीय लापरवाहीबाट डढेलोको जोखिम उच्च

म्याग्दी । सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको जथाभावी प्रयोगले वनजङ्गलमा डढेलोको जोखिम बढेको हो । आगलागीका घटनाले वनजङ्गलसँगै, वन्...

रास्वपाका नवनिर्वाचित सांसदको अभिमुखीकरण आजदेखि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि आजदेखि अभिमुखीकरण सुरुआत गर्दैछ । दुईदिने सो अभिमु...

नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बर्सेनि बढ्दै गएपछि ३५ वर्षमाथिका नागरिकलाई लक्ष्य गरी खोप अभियान सञ्चाल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: