Khabar Dabali १ असार २०८३ सोमबार | 15th June, 2026 Mon
Investment bank

तरकारी बजारमा विचौलियाको बिगबिगी, मूल्य तोक्ने व्यापारी नै !

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

खबरडबली संवाददाता

काठमाडौं । उपभोक्ताले महँगोमा तरकारी किन्नुपर्ने, किसानले भने सस्तोमै बेच्न बाध्य हुने अवस्था अहिले पनि उस्तै छ । बीचमा मोटाएको छ त केवल विचौलिया र थोक व्यापारीको सञ्जाल ।

देशका मुख्य तरकारी बजारमा दैनिक मूल्य निर्धारणको जिम्मा औपचारिक रूपमा कृषि उपज बजार विकास समितिसँग भए पनि व्यवहारमा भने मूल्य व्यापारीकै ‘इशारा’मा तय हुने गरेको गुनासो बढ्दो छ । समितिले मूल्य सार्वजनिक गर्ने काम मात्रै गर्ने, तर वास्तविक नियन्त्रण व्यापारी समूहकै हातमा रहने अवस्था देखिएको छ ।

कालीमाटी लगायतका ठूला तरकारी बजारमा बिहानै व्यापारीबीच हुने ‘अन्डरस्ट्यान्डिङ’ ले दिनभरको मूल्य तय हुने गरेको किसानहरू बताउँछन् । किसानले खेतबाट ल्याएको गोलभेँडा, आलु, प्याज वा हरियो तरकारीको भाउ व्यापारीले आफूअनुकूल घटाउँछन्, तर उपभोक्तासम्म पुग्दा मूल्य दोब्बर नजिक पुग्ने गरेको छ ।

उपभोक्ता अधिकारकर्मीहरूका अनुसार बजार विकास समिति मूल्य अनुगमन र नियन्त्रणमा प्रभावकारी बन्न नसक्दा विचौलियाको चलखेल मौलाएको हो । समितिले दैनिक मूल्यसूची सार्वजनिक गरे पनि बजारमा वास्तविक कारोबार त्योभन्दा फरक दरमा हुने गरेको आरोप छ ।

उत्पादन हाम्रो, दुःख हाम्रो, तर मूल्यको खेल अरूकै हातमा रहेकाे किसानहरू बताउँछन् । उपभोक्ताले पनि सस्तो पाउँदैनन् । फाइदा उठाइरहेका छन् बीचका व्यापारी । सरकारले वर्षौंदेखि कृषि बजार व्यवस्थित बनाउने दाबी गरे पनि तरकारी बजारमा अझै ‘जसको शक्ति, उसकै मूल्य’ भन्ने अवस्था अन्त्य हुन सकेको छैन।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य 

लीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५२, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६०, गोलभेँडा साना (टनेल) रु ८०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ३०, आलु रातो (गोलो) प्रतिकिलो रु २५ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ६०, बन्दा (लोकल) प्रतिकिलो रु ४०, काउली स्थानीय प्रतिकिलो रु ५०, रातो मूला प्रतिकिलो रु ७५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ४० र भन्टा डल्लो प्रतिकिलो रु ६० कायम भएको छ ।

त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु ७०, मकै बोडी प्रतिकिलो रु ८०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १००, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ८०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ९०, भटमास कोसा प्रतिकिलो रु १३०, तीते करेला प्रतिकिलो रु ७०, लौका प्रतिकिलो रु ५०, परवर (लोकल) प्रतिकिलो रु ६०, परवर (तराई) प्रतिकिलो रु ५५, चिचिन्डो प्रतिकिलो रु ४५, घिरौँला प्रतिकिलो रु ५०, झिगुनी प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४०, सखरखण्ड प्रतिकिलो रु ७०, भिन्डी प्रतिकिलो रु ५० र पिँडालु प्रतिकिलो रु ५०, र स्कुस प्रतिकिलो रु ५५ कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु ८०, पालुङ्गो प्रतिकेजी रु १२०, तोरीसाग प्रतिकिलो रु ४०, चमसुरको साग प्रतिकेजी रु १२०, मेथीको साग प्रतिकिलो रु १००, हरियो प्याज प्रतिकिलो रु १५०, च्याउ (कन्य) प्रतिकिलो रु १६०, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, राजा च्याउ प्रतिकेजी रु ३२० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ ।

कुरिलो प्रतिकिलो रु ३५०, ब्रोकाउली प्रतिकिलो रु १२०, चुकुन्दर प्रतिकिलो रु ५५, निगुरो प्रतिकिलो रु ८०, रातो बन्दा प्रतिकिलो रु ५०, सजीवन प्रतिकिलो रु १२०, तोरीसाग प्रतिकिलो रु ४०, जिरीको साग प्रतिकिलो रु ११०, पार्सले प्रतिकिलो रु ३००, सेलरी प्रतिकिलो रु १३०, सौफको साग प्रतिकेजी रु १००, पुदिना प्रतिकिलो रु १००, गान्टेमुला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १५०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो रु २३०, स्याउ (फुजी) प्रतिकिलो रु २८०, कागती प्रतिकेजी २८०, केरा (मालभोग) दर्जन २२०, केरा (नेपाली) २००, अनार प्रतिकिलो रु ४५०, अङ्गुर (हरियो) प्रतिकिलो रु ३२०, अङ्गुर (कालो) प्रतिकिलो रु ४५०, तरबुजा हरियो प्रतिकिलो रु ३८, भुइँकटहर प्रतिगोटा रु २५०, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ५५, रुखकटहर प्रतिकिलो रु ६०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १००, लिच्ची प्रतिकिलो रु २३०, र एभोकाडो प्रतिकिलो रु ८०० निर्धारण गरिएको छ ।

यसैगरी, नरिवल (काँचो) प्रतिकिलो रु ८०, नरिवल (हरियो) प्रतिकिलो रु १७०, अदुवा प्रतिकिलो रु १८०, सुकेको खुर्सानी प्रतिकिलो रु ४३०, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु १००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १००, माछे खुर्सानी प्रतिकिलो रु ६०, भेडेखुर्सानी प्रतिकिलो रु ६५, हरियो लसुन प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु १००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १२०, छ्यापी सुकेको प्रतिकिलो रु १४०, माछा (रहु) प्रतिकिलो रु ३३०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३०० र ताजा माछा (छडी) प्रतिकिलो रु २६० निर्धारण गरिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज सातै प्रदेशले ल्याउँदै आर्थिक वर्ष २०८३–८४ को बजेट

काठमाडौँ । आज देशका सातै प्रदेश सरकारले आर्थिक वर्ष २०८३–८४ का लागि वार्षिक बजेट सार्वजनिक गर्दैछन् । अघिल्ला वर्षहरूमा अत्यधिक महत्वाकांक्षी बजेट ल्य...

अमेरिका–इरानबीच शान्ति सम्झौता, होर्मुज जलमार्ग पुनः सञ्चालन हुने तयारी

काठमाडौँ  । फारसको खाडी क्षेत्रमा लामो समयदेखि जारी तनाव अन्त्य गर्ने उद्देश्यसहित अमेरिका र इरानबीच महत्वपूर्ण शान्ति सम्झौता भएको छ । सम्झौता भएपछि ...

आरोग्य पर्यटन दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्य बनाउने : चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं  । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले सरकारले घोषणा गरेको ‘आरोग्य दशक’ पहलले नेपाललाई आरोग्य, स्वास्थ्य तथा चिकित्सा पर्यट...

निशान्त विक र संगीना थापा मगर बने ‘९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता’का विजेता

काठमाडौं । ‘९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३’ को उपाधि निशान्त विक र संगीना थापा मगर (प्रतिष्ठान उपत्यका समन्वय समिति (ख))ले जितेका...

सुविधा बढे, गाउँ रित्तिए: अर्घाखाँचीमा ७ हजार हेक्टरभन्दा बढी जमिन बाँझो

काठमाडौं । एक समय नुन–तेल किन्न बुटवलसम्म ढाकर बोकेर पुग्नुपर्ने अर्घाखाँचीका गाउँमा आज सडक, बिजुली, इन्टरनेट, खानेपानी र स्वास्थ्य सेवाको पहुँच पुगेक...

जयतु संस्कृतम् : शिक्षा सुधारको मागबाट सुरु भएको आन्दोलन, प्रजातन्त्रको आधार बन्यो

काठमाडौँ । नेपालको पहिलो संगठित विद्यार्थी आन्दोलनका रूपमा चिनिने ‘जयतु संस्कृतम्’ आन्दोलनको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ८०औँ जयतु संस्कृत...

भारतीय बाँधले बढायो गौरको चिन्ता, डुबान जोखिम झन् गहिरियो

रौतहट । भारतले नेपाल–भारत सीमावर्ती क्षेत्रमा रहेको बाँध मर्मतको नाममा थप अग्लो र बलियो बनाउन थालेपछि रौतहटको सदरमुकाम गौरसहित आसपासका बस्ती पुनः डुबा...

पहिलो हाफमा स्वीडेन २-१ ले अगाडि

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मेक्सिकोको मोन्टेरे स्टेडियमा भइरहेको समूह एफको खेलमा स्वीडेनले ट्युनिसिया विरुद्ध पहिलो हाफमा २-१ को अग्रता बना...

एमालेमा बढ्दै ध्रुवीकरण, ओलीको निशानामा पौडेल–पोखरेल

काठमाडौं । नेकपा एमालेभित्र पुनर्गठन बहस चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेतामाथि सार्वजनिक रूपमा नभए पनि आन्तरिक बैठकमा कडा ...

निजी लगानीमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान, सरकारी रङ्गशाला भने अझै अलपत्र

भैरहवा । रुपन्देहीमा क्रिकेट पूर्वाधार विस्तारले तीव्रता पाइरहेका बेला निजी क्षेत्रको सक्रियताले नयाँ आशा जगाएको छ। निजी लगानीमा अन्तर्राष्ट्रिय स्तरक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending