काठमाडौं । राप्रपा सांसद ज्ञानेन्द्र शाही र उनका सहयोगीले पत्रकारलाई धम्क्याएको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । नीतिन्यूज डटकममा कार्यरत पत्रकार शंकर तिवारीलाई शाहीका सहयोगी बताउने व्यक्तिले ‘जे पनि गर्न सक्छु’ भन्दै घरमै गएर धम्की दिएको आरोप छ।
महासंघ काठमाडौं शाखाका अनुसार भदौ ६ गते बुधबार पत्रिकाको काम सकाएर घर फर्कँदै गर्दा पत्रकार तिवारीलाई काठमाडौँको बिजुली बजारको पुलमा प्रतिनिधिसभा सदस्य शाहीको नाम लिँदै दुई जनाले धम्क्याएका थिए । त्यसअघि जघन्य अपराधको मुद्दा लगाएर फसाइदिने भन्दै प्रतिनिधिसभा सदस्य शाहीले समेत सामाजिक सञ्जालमार्फत सन्देश पठाएर धम्क्याएको महासंघले जनाएको छ ।
महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘समाचारको विषयमा कुनै गुनासो भए प्रेस काउन्सिल वा अन्य विद्यमान कानुनी उपचारको माध्यमबाट सल्टाउनुको साटो सार्वजनिक पदधारी व्यक्ति र उनका सहयोगीलगायतले गरेको यो हरकत स्वतन्त्र पत्रकारितामाथिको ज्यादती हो। पत्रकारमाथिको यो ज्यादतीमा संलग्नलाई कानुनबमोजिम कारबाही गरी प्रेसको सुरक्षामा गम्भीर हुन प्रहरी प्रशासनसँग माग गर्दै महासंघ पत्रकारलाई धम्क्याएर स्वतन्त्र पत्रकारितामा आघात पुर्याउने कार्य बन्द गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ ।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: