Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

धादिङबेसी रुवीभ्याली जोड्ने मुख्य मार्ग दुई सातादेखि अवरुद्ध

खबरडबली संवाददाता

धादिङ । धादिङको उत्तरी क्षेत्रमा पर्ने रुवीभ्याली पुग्ने मुख्य गन्तव्य पहिराले अवरुद्ध भएको छ । सदरमुकाम धादिङबेसीबाट खनियाबास गाउँपालिका हुँदै रुवीभ्याली पुग्ने सडक पैदल हिँड्नसमेत नसक्ने गरी अवरुद्ध भएको हो । 

खनियाबास गाउँपालिका–१ को पेर्चोगाउँ र लिस्ने खोलाको बीचमा पर्ने म्लिम्लीगङ (जुगाडाँडा) भन्ने ठाउँमा पहिरो खसेको हो । सडकभन्दा माथिबाट झरेको पहिराले सडक नै बगाएको स्थानीय शिक्षक दामन तामाङले जानकारी दिए। 

अहिले अवरुद्ध भएको स्थानमा करिब १२ वर्षअघि पनि पहिरो खसेको थियो । फेरि उही स्थानमा खसेको पहिरोले स्थानीयवासीको खेतसमेत पुरेको छ । पहिलो पटकको पहिराले भासिएको जमिन पुनः पहिरा जाँदा बग्न थालेपछि छापचेत गाउँ पनि जोखिममा परेको छ । पहिरोले बिजुलीको खम्बाहरु ढलेका छन् । 

आँखु खोला किनारबाट सुरु भएको पहिरो सडकबाट करिब ७० मिटर माथि पुगेको छ । त्यसभन्दा केही माथी रहेको छापचेतका ४५ घर जोखिममा परेको स्थानीय एलिया तामाङले बताए। 

“पहिलाको पहिरो रोकियो भन्नेमा ढुक्क थियौँ, यसपालि झन् ठूलो पहिरो झ¥यो”, एलियाले भने, “तत्काल पहिरो रोकथामतिर नलाग्ने हो भने बस्तीसम्म पहिरो पुग्ने र गाउँ नै तानिने जोखिम छ ।” पानी नपरेको बेला रुवीभ्यालीतर्फ आउजाउ गर्नेहरु जोखिममा परेका छन् । 

एलियाले भने, “बलियो मान्छेहरु जोखिम मोलेरै दौडेर आउने जाने गर्छन् । भारी बोकेर हिँड्नेहरुले भने प्लेङयर्तोङ (गोलो ढुङ्गा)को बाटो हुँदै हिँड्नु पर्ने बाध्यता छ ।”

रुवीभ्यालीको बोराङ, सेर्तुङ, तिप्लिङ, लापाका स्थानीय आउजाउ गर्ने मुख्य सडक हो । बर्खाको बेला सदरमुकाम धादिङबेसीबाट किन्ताङफेदीसम्म एउटा गाडी र किन्ताङ खोला तरेपछि अर्को गाडीमा खनियाबास–४ तरम्हानेसम्म पुगेर पैदल सुरु गर्ने यात्रुलाई म्लिल्मीगङको पहिरोले थप समस्या पारेको छ । 

बर्खाको बेला गाडी त पुग्दैन थियो नै पहिरोले पैदल हिँडेर समेत बाटो पार गर्न नसकिने भएपछि लामो समय लगाएर प्लेङयर्तोङको बाटो घुम्नुपर्ने बाध्यता छ । पहिरो नझर्दासम्म यो बाटोमा दैनिक सयौँ स्थानीय आवतजावत गर्दै आएका थिए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: