Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

सारुक आत्महत्या प्रकरणबारे बोलिन् नम्रता श्रेष्ठ: अनुसन्धानलाई प्रभाव पार्ने काम कोही कसैबाट नहोस्

खबरडबली संवाददाता

काठमाडौ । अभिनेत्री नम्रता श्रेष्ठले सारुक आत्महत्या प्रकरणबारे पहिलो पटक बोलेकी छिन् । नम्रताले सोमबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारे लामो स्ट्याटस लेखेर अनुसन्धानलाइ प्रभाव पार्ने काम कोही कसैबाट नगर्न आग्रह गरेकी छिन् ।

उनले आफ्नोबारे मिडिया तथा सामाजिक सञ्जालमा आएको समाचारप्रति असन्तुष्टि व्यक्त गर्दै आफ्नो मौनतालाई कमजोरी नठान्न अपिल गरेकी छिन् । 

उनले लेखेकी छिन्:

सम्पूर्ण देश तथा बिदेश मा रहनु भएका आदरणीय आमाबुबा, दाजुभाइ दिदीबहीनी नातेदार,इस्टमित्र, दर्शक तथा शुभचिन्तक हरू मा हार्दिक नमस्कार 🙏🙏

धेरै समय पछि सामाजिक सञ्जाल मार्फत केही वास्तविक सुचना हजुरहरू माझ प्रवाह गर्न जादै छु ! सन्दर्भ नेपाली चलचित्र '# MAYA' छायङकन को क्रम मा सोही चलचित्र का कलाकार तथा नायक सारूक ताम्राकार आफ्नै घर मा झुण्डिएर आत्मा हत्या गरी निधन भएको खबर ले सम्पूर्ण चलचित्र जगतलाइ दुखी तुल्याएको छ, सर्वप्रथम स्वर्गीय कलाकार सारूक को निधन प्रती हार्दिक श्रद्धाञ्जली तथा शोकशनतप्त परिवार प्रति गहिरो समवेदना ब्यक्त गर्न चाहन्छु .. स्वर्गीय कलाकार एक सम्भावना बोकेका कलाकार थिए ऊनी सहयोगी भावना भएका मिलनसार ब्यति थिए यो धटना ले हामीलाई अचम्मित तुल्याएको छ.. यस दुखद धडिमा मृत आत्मा को चिर शान्तिको कामना गर्दछु! यो धटना केही दिन पहिले धटेको हो तर अहिले आएर सामाजिक सञ्जाल मार्फत म केही बोल्न बाध्य भए, सामन्य अबस्थामा पनी तेतीसारो मिडिया मा आउने मान्छे होइन म तर हाल यो धटना पश्चात एकलौटी रुप मा बिभीन्न मिडिया मार्फत कपोकल्पित समाचार हरू लेख्न र लेखाउन केही अनलाइन मिडियाहरु, केही सिनेकर्मी र केही पदाधिकारीहरू पूर्वाग्रही हिसाब ले लाग्नु भएको थियो, मेरो परिवार र हाम्रो कानुनी टीम ले त्यो किसीम को हर्कत लाइ नजिक बाट नियालिरहेका थियौ,एक जना महिला भएकै कारण यती धेरै सामाजिक आक्रमण भएको होला सायद किनकी यो पुरुष प्रधान समाज हो ठीकै छ ..मेरो मौनता लाइ कमजोरी नठान्न अपिल गर्दछु , म एक महिला मात्र नभएर कलाकार पनि हो अनी नेपाली नागरिक ..हरेक नेपाली नागरिक को बाच्ने पाउने नैसर्गिक अधिकार हुन्छ सायद यो देश मा कानुन मरेको छैन..यो कानुनी राज्य हो झुट को खेती गर्नु हुने सबै दिग्गज महानुभाव हरु लाइ सत्य को बाटो हिड्न को लागी आग्रह गर्दछु , थुप्रै मिडयाहरु बाट कल आएको थियो मेरो फोन मेरो दादा सॅग हुन्थ्यो , अहीले पनी मेरो परीवार ले नै HANDLE गर्नु हुन्छ तर मिडया मा बोल्दा अनुसन्धान मा असर पर्छ भनेर मेरो परिवार बाट बोल्ने अनुमति भएन,मैले बिभन्न टेलिभिजन बाट लाइभ अन्तर्वार्ता दिन सक्थे तर बिगतमा मैले दिएको INTERVIEW हरु लाइ बिभीन्न कुरा जोडेर तोडमोड गरियो TROLL बनउने प्रयास भयो त्यसकारण यस बखत टेलिभिजन INTERVIEW मा आइन ..आवश्यक पर्दा दिउला त्यस मा कुनै संकोच छैन,यो धटना सँग जोडीएका FABRICATED समाचार र बिभीन्न भिडियो हरू मेरो कानुनी टिम ले हेर्नेनै छ, म यस चलचित्र को एक कलाकार पनि थिए, सोही चलचित्र को कलाकार भएको कारण मैले प्रहरी प्रशासन ले बोलाइएको बेला उपस्थित भएर वास्तविक कुरा हरू बयान दिनु स्वाभाविक थियो होला तर यहाँ एकतर्फी रुप मा केही मुठ्ठी भर मान्छेहरू हात धोएरै लागे त्यो कुरा मिडिया मा सबैले पढ्नु भएकै छ, SUICIDE जस्तो सम्बेदनशील बिषय लाइ GLORIFY गर्नु उचित हुदैन! पत्रकार देश को चौथो अङ्ग हो म उहाँहरू लाइ सधै सम्मान गर्छु, स्वच्छ पत्रकारिता पत्रकार को धर्म हो.. तर केही पित पत्रकारीता गर्ने अनलाइन मिडिया हरू बाट यो धटना पछी VIEWS का लागी जुन कपोकल्पित समाचार हरु एकतर्फी रूप मा प्रसारण गरियो यस्ता तथ्यहीन समाचार प्रति म धोर भर्त्सना गर्दछु। यो किसीम का तथ्यहीन समाचार प्रति सम्पूर्ण देश बिदेश मा रहनु भएका मेरा आफन्तजन ,प्यारा दर्शक र शुभचिन्तक हरू सचेत रहन हुन हार्दिक अनुरोध गर्दछु !म आफै पनि मेन्टल हेल्थ को SURVIVOR & ADVOCATE समेत भएकोले मैले सोचें कसैको यस्तो सम्मेदनशील बिषय लाइ मिडिया मा ल्याउन उचित ठानिन म TOTALLY घर अनी हस्पिटल तिर नै रहें , तर कपोकल्पित तबरले देशै छोडेर क्यानडा तिर गएको जस्ता फण्डा हरु फिजाइयो जब की इण्डिया भन्दा बाहिर देश जाॅदा भिसा चाहिन्छ, प्रहरी प्रशासन लाइ बयान दिन जादा मेरो पासपोर्ट हेरेर प्रहरी अधिकारीहरु ले भन्नु भयो.. तपाई त बिदेश तिर जानुभो भनेर हङगामा थियो त मिडियाहरु तिर ..

तर कतै भिजिट गरेको देखिन्नत भनेर SURPRISE हुनु भयो.. चलचित्र मेकीङ टिम र मृतक का परिवार सॅग मेरो परिवार का सदस्य हरू र सहयोगी ले शुरुका दिनहरु बाट पटक पटक सम्पर्क गर्न खोज्दा सम्पर्क मा आउनु चाहनु भएन..

म आफु बिरामी नै थिए परीवार कै रेखदेख मा रहें.. जब मलाई प्रहरी प्रशासन बाट बोलावट भयो म तुरुन्त म प्रहरी कार्यालय हाजिर भए यो धटना सम्बन्धि डिटेल INQUIRY भयो जे जे यथार्थ थियो र हो सबै बताए..सो चलचित्र को मेकिङ टिम, कलाकार हरु सबै जना सॅग सोधपुछ भइरहेको जस्तो लाग्छ.. किन की सो चलचित्र को कलाकार म मात्र थिइन। नेपाल प्रहरी बिश्व कै टप 5 अनुसन्धान मा अब्बल प्रहरी हो भन्ने भनाइ छ,आसा छ यो धटना को सत्यतथ्य पक्कै पनि दुध को दुध पानी को पानी हुने गरी अनुसन्धान गर्ने छ भन्नेमा हामी पूर्ण आशावादी छौ..

'कोही अपराधी नउम्कयोस निर्दोष नफसोस ' भन्ने भनाइ हो , जहाॅ सम्म कालो बोका र बुटी को कुरा लाइ फण्डा बनाइएको थियो अहीले को एक्काईसैं सताब्दी मा आएर यस्तो रुढीवादी कुरा गर्नु कतिको युत्ति संगत हुन्छ होला ?? यो देश लोकतन्त्रपछी धर्मनिरपेक्ष मुलुक हो सबै लाइ धर्म मान्ने स्वतन्त्रता छ..सबै ले मनन गरौं , पुजा गर्ने गुरु को कुरा छ जुन चर्चा को नाम थियो उहां लाइ समेत प्रहरी प्रशासन ले पहिले नै बयान लिइ सकेको छ । अनुसन्धान लाइ प्रभाव पार्ने काम कोही कसै बाट नगरौं 'JUSTICE FOR SARUK ' निष्पक्ष छानबिन होस, म र मेरो परिवार को तर्फ बाट प्रहरी प्रशासन लाइ अनुसन्धान को सवाल मा पूर्ण सपोट रहने छ । अन्तमा मृतक को सम्पूर्ण परिवार लाइ धैर्य धारण गर्ने शक्ति मिलोस..आदरणीय पुराना बरिस्ठ कलाकार सानु ताम्राकार ज्यु बिरामी हुनुहुन्छ भन्ने सुनेको छु.. यदी सत्य हो भने शीघ्र स्वास्थ्य लाभ को गर्दछु ! चलचित्र मेकिङ टिम र मृतक को परिवार हरु प्रति मेरो भन्नु केही छैन, प्रशासन लाइ सबै मिलेर अनुसन्धानमा बाधा नहुने गरी सहयोग गरौ ।धन्यबाद !! श्री पशुपतिनाथ ले सबै को कल्याण गरुन, सबै को जय होस ..

नम्रता श्रेष्ठ

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

रुपन्देही । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश ...

लगानीका लागि सकारात्मक वातावरण बनाउन आवश्यक : उद्योगमन्त्री सिन्हा

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताएको छन् । उनले वर्तमान सरकारको मुख्...

सरकार जेनजीबीचको १० बुँदे सम्झौताविरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेसी तोकियो

काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...

गृह मन्त्रालयले दियो जेनजी घाइतेको वर्गीकरणलाई तीव्रता

काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...

समयमा संकट समाधान भएन भने विष्फोटको अवस्था आउँछ : श्रममन्त्री भण्डारी

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा संकट समाधान नभए विष्फोटको अवस्था आउने बताएको छन्। मन्त्री भण्डारीले...

महासचिवमा हारेका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित ...

रास्वपामा प्रतिनिधिसभा समानुपातिक उम्मेदवारीका लागि ३२५ आवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ...

डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजना: पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न

म्याग्दी। म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसार...

स्थानीय तहलाई काम गर्न कसैले रोक्न सक्दैनन् : महानगर प्रमुख महर्जन

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पारेको छन् । ‘‘स्थानीय पालिका हरेक काम ...

एमाले महाधिवेशन: यी तीन पदाधिकारीले ल्याए सर्वाधिक मत

काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित भएको छन् । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending