गण्डकी । पशुपक्षीको उपचारमा स्तरीय सेवा दिन कास्की र तनहुँमा नमुना पशुपक्षी अस्पताल भवन निर्माण भइरहेको छ । गण्डकी प्रदेश सरकारको लगानीमा बनिरहेका ती अस्पताल भवनको भौतिक निर्माण यसै वर्षभित्र सक्ने लक्ष्य लिइएको छ ।
कास्कीको पोखरा–१२ माटेपानी र तनहुँको दमौलीमा प्रदेशस्तरीय नमुना पशुपक्षी अस्पताल बन्न लागेको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ । पशुपक्षीमा लाग्ने रोगको निदान र उपचारका लागि आधुनिक पूर्वाधारसहितको अस्पताल निर्माण हुने मन्त्रालयको योजना तथा अनुगमन महाशाखा प्रमुख डा गृष्म न्यौपानेले बताए ।
“अहिले भइरहेका भवन अस्पतालको संरचना अनुरुप छैनन्, त्यसले सेवा प्रवाहमा पनि जटिलता निम्त्याइरहेको छ”, उनले भने, “पशुपक्षीको उपचारमा चाहिने आवश्यक पूर्वाधारसहितका अस्पताल भवन बन्दैछन्, अस्पतालले दिने सेवा पनि सोही अनुसार विस्तार हुँदै जान्छ ।”
मन्त्रालयका अनुसार कास्कीमा रहने अस्पतालको लागत रु पाँच करोड ५४ लाख ४८ हजार र तनहुँको रु पाँच करोड ५४ लाख ६५ हजार रहेको छ । कास्कीमा निर्माणाधीन अस्पतालका लागि गत आवमा रु तीन करोड २५ लाख बजेट विनियोजन गरिएकामा रु दुई करोड ३२ लाख ९७ हजार खर्च भएको जनाइएको छ ।
तनहुँको अस्पताल भवनका लागि गत आवमा रु तीन करोड ५० लाख बजेट विनियोजन भएकामा जम्मा रु ६० लाख २७ हजार खर्च भएको मन्त्रालयले जनाएको छ । कास्की अस्पताल भवनमा हालसम्म रु चार करोड ९६ लाख ९५ हजार र तनहुँमा रु तीन करोड ४० लाख ८२ हजार खर्च भइसकेको छ ।
कास्कीमा आउँदो कात्तिक १० गतेसम्म र तनहुँमा आउँदो पुस ११ गतेसम्म निर्माण सक्ने गरी म्याद थप भएको महाशाखा प्रमुख डा न्यौपानले बताए । भवन बनेपछि आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापन गरेर अस्पतालको सेवा सुरु गरिने कास्कीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख शम्भुराज पाण्डेले बताए ।
“एक्सरे, भिडियो एक्सरे, प्रयोगशाला, शल्यक्रिया, दूध परीक्षणलगायत पशुपक्षीको उपचारमा स्तरीय सेवा दिने गरी नमुना अस्पताल बनाउन लागिएको हो”, उनले भने, “स्वास्थ्य पूर्वाधार,उपकरणदेखि जनशक्तिसम्मको व्यवस्थापन सोही अनुसार गर्न लागिएको छ ।” नमुना अस्पताल बनेपछि पशुपक्षीमा देखिने जटिल प्रकृतिका रोगको निदान र प्रयोगशाला परीक्षणका लागि बाहिर जानुपर्ने अवस्थाको अन्त्य हुने केन्द्रका प्रमुख पाण्डेले उल्लेख गरे ।
“अत्याधुनिक प्रविधि र उपकरण नहुँदा कुनै बेला अनुमानका भरमा पनि उपचार गर्नुपर्ने अवस्था थियो, अब पशुपक्षीको उपचार पद्धतीमा पनि गुणात्मक परिवर्तन ल्याउने गरी अस्पतालको पूर्वाधार बन्दैछ”, उनले भने, “पशुपक्षीमा बेलाबेला फैलने गरेको महामारीजन्य रोगको उपचार, नियन्त्रण र रोकथामका लागि पनि यो अस्पतालबाट ठूलो टेवा पुग्छ ।”
अहिले कास्कीको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रमा दुई जना मात्र पशु चिकित्सकको दरबन्दी छ । नमुना अस्पताल बनेपछि विशेषज्ञसहितको जनशक्ति थप्नुपर्ने अवस्था रहेको केन्द्रले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:४९
काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा आज बिहानदेखि मतदान सुरु भएको छ। अध्यक्षका उम्मेदवार केपी शर्म...
पौष २ गते, २०८२ - १०:३७
पश्चिम नवलपरासी। पश्चिम नवलपरासीस्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा भएको करोडौँ रुपियाँको आर्थिक अनियमितता तथा भ्रष्टाचारका विषयमा अख्तियार दुरुपयोग ...
पौष १ गते, २०८२ - १७:०१
काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...
पौष १ गते, २०८२ - १६:३४
काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:१६
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...
पौष १ गते, २०८२ - १६:०२
धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी का...
पौष १ गते, २०८२ - १५:५७
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...
पौष १ गते, २०८२ - १५:४९
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् । सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...




प्रतिकृया लेख्नुहोस्: