Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

फुर्केटारीको पानी सामुदायिक वनको आम्दानी

खबरडबली संवाददाता

गण्डकी । सामुदायिक वनबाट रुख र जडीबुटी मात्र नभई अन्य प्राकृतिक स्रोतको उपयोग गरी रोजगारी सिर्जना तथा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ, पोखरास्थित फुर्केटारी सामुदायिक वन उपभोक्ता समूह । 

पोखरा महानगरपालिका २५ हेम्जास्थित उक्त समूहले सामुदायिक वनको पानी बिक्रीबाट राम्रो आम्दानी गर्न सफल भएको छ । समूहले ‘फुर्केटारी एक्युफेर’ प्रशोधित पानी बिक्रीबाट गत आर्थिक वर्ष २०७९/८० मा रु एक करोड ३७ लाख ६६ हजार पाँच सय ४४ आम्दानी गरेको समूहका महभिरखोला प्राकृतिक खानेपानी प्रालिका अध्यक्ष मित्रलाल त्रिपाठीले जानकारी दिए ।

सामुदायिक वनको बीच भागमा चट्टानलाई छिचोल्दै निस्केको पानीलाई प्रशोधन गरी कम्पनीले २० लिटरको जार, एक लिटर र आधा लिटरको बोतलमा बिक्री वितरण गर्दै आएको छ ।

उक्त पानी स्थानीय बजारका साथै गण्डकी प्रदेश सरकारका सम्पूर्ण मन्त्रालयसहित ३५ वटा सरकारी कार्यालयमा समेत खपत हुँदै आएको अध्यक्ष त्रिपाठीले जानकारी दिए । सामुदायिक वनको मूलको पानी शुद्ध र स्वादिलो भएकाले पनि माग बढ्दो रहेको उनको भनाइ छ ।

पानी प्रशोधनका लागि समूहले प्रतिघण्टा तीन हजार लिटर पानी शुद्धीकरण गर्ने क्षमता भएको उद्योग स्थापना गरेको छ । त्रिपाठीका अनुसार गत आवमा २० लिटर क्षमताका एक लाख ८३ हजार तीन सय ७५ वटा जार बिक्री गरिएको थियो । साथै एक लिटरको बोतल भरिएका ३१ हजार आठ सय ३४ कार्टुन र आधा लिटरका बोतलले भरिएका दुई हजार दुई सय १२ थान कार्टुन बिक्री गरिएको थियो । 

कूल दुई करोड ५० लाखको लगानीमा सञ्चालन गरिएको पानी उद्योगमा १४ जनाले प्रत्यक्षरुपमा रोजगारी प्राप्त गरेका छन् । कम्पनीले तीन वटा गाडीमार्पmत बजारमा पानी आपूर्ति गर्दै आएका छन् । गत आवमा पानी उद्योग सञ्चालनमा रु ६६ लाख ५१ हजार नौ सय १६ खर्च भएको थियो भने उद्योगको प्रशासनिक खर्चमा रु ५४ लाख ७१ हजार नौ सय ७५ खर्च भएको थियो । 

“उपभोक्ताको सक्रियतामा खानेपानीका लागि चार किलोमिटरको दूरीबाट दुई इञ्चको पाइपमार्पmत ल्याइएको पानी यतिखेर उद्योगमा परिणत भएको छ”, अध्यक्ष त्रिपाठीले भने, “वनको संरक्षण, संवद्र्धनसँगै सम्भाव्यता अध्ययनका आधारमा प्राकृतिक स्रोतलाई उपयोग गर्ने हो भने रोजगारसहित आम्दानीका लागि युवा वर्गलाई विदेशिनु पर्दैन ।”

फुर्केटारी सामुदायिक वन समूहका अध्यक्ष एवं व्यावसायिक पानी उद्योग सञ्चालक समितिका सल्लाहकार उमानाथ त्रिपाठीका अनुसार वन समूहको ५० हजार र ५९ जना उपभोक्ताबाट रु २५ हजारदेखि रु पाँच लाखसम्मको शेयर लगानीमा पानी उद्योग सञ्चालन गरिएको हो । 

कम्पनीले जार रु ५० र एक लिटर बोतल भएको कार्टुन रु एक सय ५० र आधा लिटरको बोतलको कार्टुन रु दुई सय ४० मा बिक्री गर्दै आएको वन समूहका सचिव रमा त्रिपाठीले बताए । 

उनका अनुसार कूल २८ हेक्टर क्षेत्रफलमा पैmलिएको वन क्षेत्रलाई व्यवस्थित गर्ने उद्देश्यका साथ पानी व्यवस्थापन, घुम्ती कोष परिचालन, वन गोडमेल, बेमौसमी तरकारी खेती, खानेपानी तथा मुहान संरक्षण र डिप बोरिङ सञ्चालन उपसमिति निर्माण गरिएको छ । तरकारी खेतीमा प्रयोग भएको पानी जार र बोतलमा राखेर बजारमा बिक्री गर्न सुरु गरेपछि सो वन समूहको सक्रियतामा सिँचाइका लागि डिप बोरिङको व्यवस्था गरिएको छ । 

कूल ६५ लाखको लागतमा प्रतिसेकेण्ड १३ लिटर पानी आउने चार इञ्चको बोरिङमार्पmत निकालिएको पानीबाट उपभोक्ताको एक सय ६६ रोपनी जमिनमा सिँचाइ सुविधा पुगेको फुर्केटारी एक्युफेयर प्रालिका कोषाध्यक्ष कमलमणि त्रिपाठीले जानकारी दिए । 

सामुदायिक वनको संरक्षणसँगै उत्पादिन वन पैदावार र प्राकृतिक स्रोतको उपयोगमा कतिपय कानुनी अड्चनका कारण प्रचुर सम्भावना रहेर पनि वन समूहले वन उद्यम सञ्चालन गर्न अलमलिएको सामुदायिक वन उपभोक्ता महासङ्घ कास्कीका अध्यक्ष विश्वनाथ लामिछानेको बुझाइ छ । 

उनले भने, “सामुदायिक वनको आम्दानीमा तीनै तहका सरकारले थोपारेको करका कारण वन पैदावारमा आधारित उद्योग धरासाही हुने र नयाँ उद्यम सञ्चालनमा समेत बाधक बन्ने परिस्थिति सिर्जना भएको सरोकारवालाको बुझाइ छ ।” 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली र पोखरेललाई मतदान गर्न लाग्यो ४० मिनेट समय

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा आज बिहानदेखि मतदान सुरु भएको छ। अध्यक्षका उम्मेदवार केपी शर्म...

पृथ्वीचन्द्र जिल्ला अस्पतालमा अनियमितताको रहस्य बाहिरिँदै, अख्तियारले माग्यो विवरण

पश्चिम  नवलपरासी। पश्चिम नवलपरासीस्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा भएको करोडौँ रुपियाँको आर्थिक अनियमितता तथा भ्रष्टाचारका विषयमा अख्तियार दुरुपयोग ...

एमालेलाई आजै मतदान सक्नुपर्ने बाध्यता

काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...

मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक

काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: आज साँझदेखि मतदान, ८० वटा मेसिनबाट प्रक्रिया पूरा हुन ११ घण्टा लाग्ने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...

पुसको कठ्याङ्ग्रिने चिसोमा नवजात शिशु झाडीमा फाल्ने महिला नियन्त्रणमा

धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  जिल्ला प्रहरी का...

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...

सभापति देउवा र नेता कोइरालाबीच भेट

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् ।  सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending