चितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोर र पोष्टमा रहेका हात्तीले गत आर्थिक वर्षमा सात छावा जन्माएका छन् । निकुञ्जका हात्तीले एकै वर्षमा जन्माएको यो ठूलो सङ्ख्या हो ।
तालिम केन्द्रका प्रमुख मनपुरण चौधरीका अनुसार खगेन्द्र मल्ली पोष्टमा रहेको गणेशकलीबाहेक सबै तालिम केन्द्रका हात्तीले बच्चा जन्माएका हुन् । तीर्थमानकली, हिमानीकली, चितवनकली, तमरकली, लोकतन्त्रकली र ऐश्वर्यमालाकलीले बच्चा जन्माएका उनले बताए । गण्डकीकलीलेसमेत बच्चा जन्माएको जनाउँदै चौधरीले उक्त बच्चा बचाउन नसकिएको जानकारी दिए ।
गत आवमा यहाँका तीन हात्ती शुक्लाफाँटा पठाइएकोमध्ये नारायणीकलीले शुक्लाफाँटा पुगेर बच्चा जन्माएको थियो । चौधरीले भने, “हाम्रा यहाँका हात्तीका नौ बच्चा जन्मिएका हुन् । एउटा बचाउन सकिएन, एउटा शुक्लाफाँटा गएर जन्मियो ।” उनले हात्ती प्रजननमा अहिलेसम्मकै धेरै सङ्ख्यामा बच्चा जन्मिएको बताउँदै यो निकुञ्जकै महत्त्वपूर्ण उपलब्धि भएको बताए ।
चौधरीका अनुसार अघिल्लो आवमा एउटामात्रै बच्चा जन्मिएको थियो । “यो वर्ष थप तीन हात्ती गर्भवती भएका छन् । आगामी आवमा आठदेखि नौ वटा बच्चा जन्मिने सम्भावना छ”, उनले भने ।
बच्चा जन्मिएको दुई महिनापछि नै हात्ती पुन:गर्भवती हुनयोग्य हुने चौधरीले जानकारी दिए । यस वर्ष बच्चा जन्माएका सबै हात्ती गर्भवती भइसकेका छन् । उनका अनुसार २२ देखि २४ महिनामा हात्तीले बच्चा जन्माउँछ । हाल जन्मिएका अधिकांश बच्चा जङ्गली हात्ती रोनाल्डा र गोविन्देका हुन् । गत वर्ष रोनाल्डो चार महिना तालिम केन्द्र क्षेत्रमा रहेकाले गर्भवती भएका अधिकांश हात्तीको प्रजनन रोनाल्डोसँग भएको उनको भनाइ छ ।
जन्मिएको तीन वर्षपछि हात्तीका बच्चालाई तालिम दिने गरिएको चौधरीले बताए । उनका अनुसार तालिम केन्द्रले गत वर्ष नौ हात्तीका बच्चालाई तालिम दिएर पोष्टमा पठाएको थियो । “गत वर्ष कसरामा र सौराहामा दुईरदुई तथा बेलसहर, कछुवानी, बगही, बाघमारा र अमृते पोष्टमा एकरएक हात्ती तालिमपछि पठाइएको छ”, उनले भने, “तीन महिनामा तालिम सम्पन्न हुन्छ ।”
चौधरीका अनुसार प्रजनन केन्द्रमा हाल १२ माउ हात्ती छन् । निकुञ्जमा ६० सरकारी हात्ती छन् । ती हात्ती पोष्टमा सुरक्षामा खटिने गर्दछन् । विसं २०४४ देखि सुरु भएको हो । विसं २०५४ देखि बच्चा जन्मिन थालेका थिए । हालसम्म ६३ बच्चा जन्मिएका राष्ट्रिय निकुञ्जअन्तर्गत हात्ती प्रजनन तथा तालिम केन्द्रले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ६ गते, २०८३ - १७:५१
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)सँग तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष...
आषाढ़ ६ गते, २०८३ - १७:०९
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आइतबारदेखि चितवनमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन सत्र भरतपुरस्थित गेस्ट हाउस चौरमा...
आषाढ़ ६ गते, २०८३ - १७:००
भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको प्रथम महाधिवेशनका लागि उद्योगी व्यापारीमार्फत चन्दा सङ्कलन नगरेको स्पष्ट ...
आषाढ़ ६ गते, २०८३ - १६:३०
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी हुन करिब ४ हजार प्रतिनिधिले सहभागिता शुल्क बुझाएका छन्। रास्वपाले प्रत्ये...
आषाढ़ ६ गते, २०८३ - १६:१५
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनमा प्यानल बनाउन निषेध गरेको छ। रास्वपाको केन्द्रीय निर्वाचन आयोगले आचारसंहित...
आषाढ़ ६ गते, २०८३ - १५:५७
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताहरूलाई स्वस्थ प्रतिस्पर्धा गर्न अपिल गरेका छन्। महाधिवेशनको पू...
आषाढ़ ६ गते, २०८३ - १५:४०
काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षमा थप १५ हजार ७७६ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गरी देशको कुल सिञ्चित खेतीयोग्य क्षेत्र ६४ प्रतिशत ...
आषाढ़ ६ गते, २०८३ - १५:२७
काठमाडौं। ललितपुरको बालकुमारी क्षेत्रमा प्रहरीले गोली चलाएको छ। लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो। लाग...
आषाढ़ ६ गते, २०८३ - १५:१६
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। दिउँसो १ बजेका लागि तय गरिएको बैठक केहीबेर ढिलो गरी भरतपुरमा सुरु ...
आषाढ़ ६ गते, २०८३ - १५:०९
काठमाडौँ। नेपालकी कराते स्टार एरिका गुरुङले इन्डोनेसियाको बालीमा जारी २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा कांस्य पदक जितेको छिन्। शुक्रबार भएक...



प्रतिकृया लेख्नुहोस्: