बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा रहेको बडिमालिकाको तीर्थयात्रा सुरु भएको छ । कालीकोट र बाजुरा जिल्लाको सिमानामा पर्ने बडिमालिका धामको मेला भर्न तीर्थालुले यात्रा सुरु गरेका हुन् ।
हरेक वर्ष शुक्ल चतुर्दशीका दिन मेला लाग्ने बडिमालिकामा बाजुरा, डोटी, जुम्ला र कालीकोटबाट पूजा सामग्रीसहित सरकारी टोली तीर्थयात्रा जाने गरेको र त्यसका लागि कालीकोटबाट पुजारीसहितको टोलीलाई केही दिनअघि नै पूजा सामग्रीसहित बिदाइ गरिएको कालीकोटका प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले जानकारी दिए ।
“बडिमालिका तीर्थयात्राका लागि केही दिनअघि पुजारीसहितको टोलीलाई बिदाइ गरिएको छ”, उनले भने “बडिमालिकामा रहेका २२ पाटन, त्रिवेणी र खेतीपातीलगायतका रमणीय ठाउँको मनोरम दृश्यको अवलोकनसँगै बडिमालिकामा दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने विश्वास लिइन्छ ।”
चतुर्दशीका दिन मुख्य पूजा हुन्छ हुने बडिमालिकामा दुई जना पुजारीले पूजा गर्ने गरेको प्रमुख जिल्ला अधिकारी माझीले जानकारी दिए । “यीमध्ये एक जना कालीकोटबाट र अर्का प्रमुख पुजारी बाजुरा जिल्लाका रहनुहुन्छ”, उनले भने, “तीर्थालु कालीकोट र बाजुराको बाटो भएर जाने भएकाले कालीकोटको सुरक्षा व्यवस्था कडा पारेका छौँ ।”
बडिमालिका मेला भर्नका लागि तीर्थालु जान थालेको र त्यहाँको सुरक्षा व्यवस्था, स्वास्थ्य सामग्रीसहित स्वास्थ्यकर्मीको टोली पठाइएको कालीकोट रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले बताए ।
“बडिमालिका तीर्थयात्राका जानेका लागि नगरपालिकाले सहजीकरण गर्दै त्यहाँ स्वास्थ्यकर्मीको टोली पठाइएको छ”, उनले भने, “तीर्थयात्राको अवधिभर सुरक्षा व्यवस्था कडा पार्नुका साथै मदिरा बिक्री वितरणमा समेत रोक लगाइएको छ ।”
बडिमालिका विषयमा पौराणिक कथाअनुसार महादेवकी पत्नी सतीदेवीका पिता दक्ष प्रजापतिले यज्ञ गर्दा महादेव र सतीलाई बोलाएनन् । सतीदेवी दक्ष प्रजापतीको यज्ञास्थलमा गएर पितासँग आफ्ना पति महादेवलाई नबोलाउनाको कारण सोधिन् ।
दक्ष प्रजापतीले महादेव भाङ, धतुरो सेवन गर्ने, श्मसानमा बास गर्ने, गलामा सर्पको माला लगाउने, जटाधारी वेशमा रहने, शरीरभरि खरानी घस्ने, बाघको छालाको पहिरन गर्ने हुनाले यो यज्ञमा बस्दा शोभा भएकाले नबोलाएको भनी उत्तर दिए ।
आफ्ना पतिको यस्तो अपमान सहन गर्न नसकेर सतीदेवीले यज्ञकुण्डको अग्निमा हाम फालेर प्राण त्याग गरिन् । त्यसपछि महादेव रिसाएर वीरभद्रादी शिवगणलाई पठाएर दक्षलाई मारी दक्षको यज्ञा तहसनहस पार्न लगाए ।
त्यसपछि महादेव पत्नी वियोगमा पागल भएर सतीदेवीको मृत शरीर बोकेर पूरा विश्व घुम्न थाले । यसै बेला भगवान् विष्णुले आफ्नो सुदर्शन चक्र प्रहार गरी किरा पारेर सतीदेवीको मृत शरीर कुहाए । यसरी ठाउँ ठाउँमा सतीका अङ्ग पतन हुँदै (झर्दै) खस्न थाले ।
यसरी ठाउँ ठाउँमा सतीका अङ्ग पतन हुँदै (झर्दै) खस्न थालेपछि जहाँ जहाँ सतीका अङ्ग पतन भए त्यहाँ त्यहाँ एक एकवटा सिद्ध पीठ बन्दै गए । यसै क्रममा मल्लागिरि पर्वतमा सतीको बायाँ कुम पतन भयो । त्यसै मल्लागिरीलाई अहिले मालिका भनिन थालियो र यहाँ मल्लिका अथवा मालिका देवी शक्ति स्वरूपले रहन थालिन् । यसै स्थानमा बडिमालिका मन्दिर स्थापना गरेर पूजा गर्न थालियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - ०७:४८
गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...
चैत्र ४ गते, २०८२ - ०७:३९
तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?
चैत्र ४ गते, २०८२ - ०७:२९
काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ। पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...
चैत्र ४ गते, २०८२ - ०७:२३
काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...
चैत्र ४ गते, २०८२ - ०७:१९
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...
चैत्र ४ गते, २०८२ - ०७:१६
भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...
चैत्र ४ गते, २०८२ - ०७:०९
दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...
चैत्र ४ गते, २०८२ - ०७:०७
चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...
चैत्र ४ गते, २०८२ - ०७:०१
काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...
चैत्र ४ गते, २०८२ - ०६:५७
रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...


प्रतिकृया लेख्नुहोस्: