Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

एउटै व्यक्तिमा ५५ वटा पत्थरी, ८ घण्टा अपरेसन गरेर निकालियो

खबरडबली संवाददाता

झापा । झापाका एक बिरामीको उपचारको क्रममा पित्तथैली र मूत्रनलीबाट शल्यक्रियामार्फत ५५ वटा पत्थरी निकालिएको छ। दक्षिण झापाको कचनकबल गाउँपालिका वडा नं. ६ की ५४ वर्षीया सुमित्रा साहको भद्रपुरस्थित ओमसाई पाथिभरा हस्पिटलमा उपचारका क्रममा ५५ वटा पत्थरी एकैपटकमा बाहिर निकालिएको हो। 

अस्पतालका निर्देशक बालकुमार पोखरेलका अनुसार पेटभित्र असह्य दुखाइ बढेपछि उपचारका लागि साहलाई हस्पिटलमा भर्ना गरिएपछि भदौ ७ गते सर्जन डा. शशी सिंहले सफलतापूर्वक शल्यक्रिया गरेका थिए। 

‘सहन नसक्ने गरी पेटभित्र दुखाइ भएको भन्दै उहाँलाई अस्पतालमा भर्ना गरिएको थियो’, निर्देशक पोखरेलले उपचारबारे जानकारी दिँदै भने, ‘मेडिकल सुपरिन्टेन्डेन्टसमेत रहनुभएको सर्जन डा शशी सिंहले उहाँको स्वास्थ्य परीक्षणपश्चात तुरुन्त शल्यक्रिया गरिएको थियो।’ 

सबै जाँच प्रक्रिया पूरा भएपछि शल्यक्रिया गर्दा पित्त थैली र मूत्रनलीबाट ५५ वटा पत्थरी निकालिएको उनको भनाइ छ। 

साहको शल्यक्रिया सम्पन्न गर्न आठ घण्टा लागेको थियो। शल्यक्रियापछि उनको स्वास्थ्यमा सुधार आइसकेको र छिटै घर फर्किने तयारीमा रहेको उनका छोरा दीपककुमार साहले बताए। 

एउटै व्यक्तिको पित्तथैलीमा यतिका धेरै पत्थरी भेटिनु दुर्लभ नै भएको चिकित्सक बताउँछन्। ‘एउटै स्टोन हुँदा दुखेर बिरामी निकै पीडामा छटपटाउँछन्,’ साहलाई अस्पतालको सर्जिकल वार्डमै भेटेर स्वास्थ्यलाभको कामना गरेका हल्दिबारी गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले भने, ‘यति धेरै स्टोन बोकेर कसरी सहेर बस्नु भएको थियो होला भनेर म चकित भएको छु।’

अस्पतालका व्यवस्थापक मनोज दाहालले उनको पित्तथैली र मूत्रनलीबाट निकालिएका हरेक पत्थरी १२ एमएमभन्दा ठूलो रहेको जानकारी दिए। रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालगन्ज भन्सार: लक्ष्यअनुसार राजस्व सङ्कलन हुन सकेन

बाँके । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा लक्ष्यको करिब ५२ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।  चालु आव २०८२/ ८३ का लागि वार्षि...

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

काठमाडौँ । तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न मद्दत गर्न तयार रहेको इरानका विदेश मन्त्री अब्बास अराघचीले बताएका छन् । जापान मध्य प...

हिमपातले किसानलाई राहत

मुस्ताङ । मुस्ताङमा जारी सिजनको छैटौँ पटकको हिमपातले यहाँका किसान र पशुपालक व्यवसायीलाई राहत मिलेको छ । यस वर्ष अनुकूल समयमा पटकपटक हिउँ परेकाले यहाँक...

आलु उत्पादक किसान भन्छन्, ‘खनौँ भाउ छैन, नखनौँ कुहिने डर छ’

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकमा किसानले खेतबारीबाट आलु खनिरहेका छन् । उत्पादन बढे पनि आलु बिक्री गर्न बजार अभाव भएका कारण यहाँका किसान चिन्तित बनेका...

मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु

महोत्तरी । महोत्तरीसहित नेपाल र भारतका सम्पूर्ण मिथिलाञ्चलमा आजदेखि विधिवत् चैती छठ पर्व सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने चैती छ...

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: