Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

बजारमा मूल्य बढेसँगै किसानले ‘अण्डा’ को लागत मूल्य पाउँदै

खबरडबली संवाददाता

चितवन । लागत मूल्यभन्दा निकै सस्तोमा अण्डा बिक्री गर्न बाध्यभएका अण्डा उत्पादक किसानले लागत मूल्य पाउन थालेका छन् । अण्डाको बजार मूल्य बढेसँगै उनीहरुलाई केही राहत मिलेको हो । दुई महिना अघि मूल्य बढेपनि गत साउन महिनामा खपत कम भएकाले तोकिएको मूल्य किसानले पाउन सकेका थिएनन् । नेपाल लेयर्स कुखुरा पालक सङ्घले आजबाट लागू हुने गरी ठूलो अण्डाको बिक्री मूल्य प्रतिक्रेट(३० वटा) रु चार सय ५५ र मिडियम रु चार सय २५ तोकेको छ ।

यस अघि अण्डाको मूल्य प्रतिक्रेट रु चार सय ५० तोकिएको भए पनि कार्यान्वयनमा आउन कठिन भएको थियो । विगतमा भएको नोक्सान र बैंक ऋण घटाउन भने यो मूल्यले अझै नधान्ने किसानको भनाइ छ । नेपाल लेयर्स कुखुरापालक सङ्घका महासचिव शोभाकान्त ढकालका अनुसार सबै खर्च जोड्दा अहिले अण्डाको मूल्य प्रतिगोटा रु १७ हुन आउँछ । किसानले हाल रु १५ पाएका छन् । उनको भनाइमा अहिले चल्लाको मूल्य रु एक सय ५० पर्दछ । बीस हप्तामा कुखुराले अण्डा दिन थाल्दछ ।

सामान्यतया यो दानाको मूल्य प्रतिकिलो रु ७० पर्दछ । कुखुराले ८० हप्तासम्म अण्डा दिने गरेको उल्लेख गर्दै महासचिव ढकालले दानाको मूल्य प्रतिकिलो रु ६५ सम्म पर्ने बताए । सामान्यतया एउटा कुखुराका लागि औषधि, खोप र अन्य उपचारमा रु एक सय ६५ खर्च हुने उनको भनाइ छ । एउटा अण्डाको उत्पादन लागत रु १४ पैसा ८० पर्ने ढकालको दाबी छ । उनले भने, “बैंकको लगानीको किस्ता तिर्दै एउटा अण्डाको लागत मूल्य रु १७ पर्न आउँछ ।” पछिल्लो समय बढेको मूल्यमा किसानले बैंक ब्याज र किस्ता छाडेर लागत मूल्य पाउने उनको भनाइ छ ।

सङ्घका अध्यक्ष विनोद पोखरेल लागतभन्दा कममा अण्डा बिक्री गर्नुपरेपछि धेरै किसान विस्थापित भएको बताउँछन् । उनले भने, “लागत मूल्य पाउन नसकेपछि ३० प्रतिशतभन्दा बढी किसान विस्थापित भइसकेका छन् ।” झण्डै एकवर्ष यता स्वयं व्यवसायीको अग्रसरतामा गरिएको बजारीकरणपछि अण्डाले मूल्य पाएको भन्दै उनले सरकारले लागत मूल्य निर्धारण गरेर सहजीकरण गर्नुपर्ने बताए । उनले भने, “हामी देशैभर दौडाहा अभियानमा लागेर बजारीकरण गरेकै कारण लागत मूल्य नजिक पुगेका छौँ ।”

धेरै किसान ऋण तिर्न सक्ने नरहेको जनाउँदै उनले केही ऋण थपेर उनीहरुलाई पुन: पेसामा फर्किन वातावरण तयार पार्नुपर्ने उनले बताए । नेपाल लेयर्स कुखुरापालक सङ्घका सचिव मदन पोखरेलले अबका दिनमा लागत मूल्य पाउन नसके सबै किसान विस्थापित हुने बताए । उनले भने, “दाना र औषधिको मूल्य दोब्बरभन्दा बढी हुँदा अण्डाको उस्तै छ ।”  दैनिक ५० लाख हाराहारी अण्डा उत्पादन हुने गरेकोमा अहिले एकीन तथ्याङ्क नभए पनि रु ३५ लाखको हाराहारी मात्रै उत्पादन हुने गरेको छ । 

दाना, औषधि, मजदुर, बैंक ब्याज लगायतको खर्च अत्यधिक बढ्दासमेत अण्डाको मूल्य सोही अनुपातमा बढ्न नसकेपछि किसान विस्थापित हुँदै गएका हुन् । यसैबीच नेपाल लेयर्स कुखुरा पालक सङ्घको पोखरामा मङ्गलबार सम्पन्न बैठकले आगामी असोज २६ गते विश्व अण्डा दिवसमा सप्ताहव्यापी कार्यक्रम गर्ने निर्णय गरेको छ । असोज २० गते काठमाडौँमा पत्रकार सम्मेलन गरेर सुरु गरिने सप्ताहव्यापी कार्यक्रको समापन पोखरामा गरिँदै छ ।

सङ्घका अध्यक्ष पोखरेलका अनुसार यस अवधिमा मानव स्वास्थ्यमा अण्डाको महत्वको बारेमा देशव्यापी रुपमा प्रचारात्मक कार्यक्रम गरिने छ । अनाथालय, वृद्धाश्रम, अस्पताल लगायतका क्षेत्रमा अण्डा वितरण गरिँदै छ । जिल्ला जिल्लामा कार्यक्रम गरिने उनले जानकारी दिए । डा अशेष भट्टराईको संयोजकत्वमा सप्ताहव्यापी कार्यक्रम मनाउन लागिएको हो । अध्यक्ष पोखरेलले भने, “अण्डाको प्रबद्र्धन र सामाजिक उत्तरदायित्व अन्तर्गतका काम हामीले गर्छौ ।”अण्डा दिवसमा पहिलो पटक देशव्यापी रुपमा कार्यक्रम गर्न लागिएको पोखरेलको भनाई छ । सरकारी निकायसँग सहकार्य गरेर सप्ताहव्यापी कार्यक्रम घोषणा गरिने उनले जानकारी दिए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गायिका सत्यकला राई रास्वपाको समानुपातिक उम्मेदवारको सूचीमा

काठमाडौं । गायिका सत्यकला राई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक तर्फको उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी छन्। खोटाङ जिल्लाबाट उन...

कांग्रेस निर्वाचनमा जान आतुर छ, फागुन २१ मै निर्वाचन हुनुपर्छ: डा. शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले फागुन २१ गते निर्वाचन अनिवार्य रूपमा हुनुपर्ने बताएका छन्। आफ्नो निर्वाचन क्षेत्र मोरङ–६ अन्तर...

गुल्मीमा मृत भेटिएको १३ दिनपछि शवको पहिचान

गुल्मी। गुल्मी रेसुङ्गा नगरपालिका–४ मोत्तियारस्थित पनाहा खोलामा भेटिएको शवको पहिचान भएको छ । उनी रेसुङ्गा नगरपालिका–का ३४ वर्षीय मनोज पोख्रेल भएको जिल...

मुस्ताङ भ्रमणमा गएका विद्यार्थी अचेत अवस्थामा उद्धार

मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङमा शैक्षिक भ्रमणमा गएकी ब्रिजवाटर इन्टरनेशनल कलेजकी एक छात्राको अक्सिजनको मात्रा कम भएपछि अचेत अवस्थामा उद्धार गरि...

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही प्रस्थान, हुस्सुका कारण उडान ढिलाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान लागेका छन् । नख्खु कारा...

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

रुपन्देही । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश ...

लगानीका लागि सकारात्मक वातावरण बनाउन आवश्यक : उद्योगमन्त्री सिन्हा

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताएको छन् । उनले वर्तमान सरकारको मुख्...

सरकार जेनजीबीचको १० बुँदे सम्झौताविरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेसी तोकियो

काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...

गृह मन्त्रालयले दियो जेनजी घाइतेको वर्गीकरणलाई तीव्रता

काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...

समयमा संकट समाधान भएन भने विष्फोटको अवस्था आउँछ : श्रममन्त्री भण्डारी

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा संकट समाधान नभए विष्फोटको अवस्था आउने बताएको छन्। मन्त्री भण्डारीले...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending