Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

बाघजात्रा जोगाउन कस्सिए नेवार समुदाय

खबरडबली संवाददाता

कास्की । परापूर्वकालमा मानिसलाई जङ्गली जनावरले साह्रै दु:ख दिन थाल्छ । जनावरमा पनि हिंस्रक मानिने बाघले औधी आक्रमण गर्छ । बस्तीमा बसिनसक्नु भएपछि न्यायको माग गर्दै जनता राजासमक्ष पुग्छ । राजाले सैनिक पठाएर रेकी गरी आफैले बाघ मारेर जनतालाई खुसी दिन्छन् । यही कथामा आधारित रहेर पोखराका नेवार समुदायले लामो समयदेखि बाघजात्रा मनाउँदै आएका छन् । 

सोही कथालाई बाघजात्रामा हुबहु उतार्ने कोसिस हुन्छ । जहाँ बाघ, राजारानी, छोटा राजारानी, राजाका सुरक्षा गार्ड, प्रधानमन्त्री, मन्त्री, यमराज, घोडासहित सेना, प्रहरी, कुमारी, लाखे, ज्यासीन्यासी (बच्चाहरू) र जनतालगायत अन्य पात्र समावेश हुन्छन् । उनीहरु जात्रा देखाउँदै बजार परिक्रमा गर्छन् । जात्रा हेर्न गाउँ–गाउँबाट मानिस पोखरा झर्थे । जसले गर्दा दोहोरो व्यापार पनि हुन्थ्यो । जात्रा हेर्न गाउँबाट आउनेले राडीपाखी, डोको, नाम्लो, भकारीजस्ता सामान लिएर आउथे र त्यही बेची लत्ताकपडा, नुन, तेल लिएर घर फर्किन्थे ।

तर पोखरामा बाघजात्रा नभएको धेरै भयो । तेइस वर्षअघि २०५७ सालमा मोहरियाटोलमा यो जात्रा देखाइएको थियो । यस वर्षदेखि बाघजात्रा निरन्तरता दिइने भएको छ । यही भदौ १८ देखि २० सम्म जात्रा देखाउन जवाहरलाल श्रेष्ठको संयोजकत्वमा बाघजात्रा आयोजक समिति गठन भइसकेको छ । 

समितिका सचिव सुनिल उलकले भने,  “यसको इतिहास दुई–तीन सय वर्ष पुरानो छ । तर हामीले बूढापाकालाई सोध्दा २००६ सालदेखिको रेकर्ड भेट्न सकिन्छ । त्यसपछि २०१४ साल, २०२२–२३, २०३७–३८ र २०४६–४७ सालमा देखाइएको भेटिन्छ ।” अब यसलाई प्रत्येक ६ वर्षमा आयोजना गरिने उनले बताए ।

यसको सुरुआत पोखराबाट भएको अनुमान गर्न सकिने सचिव उलकले बताए । “ठ्याक्कै तथ्याङ्क त छैन तर विभिन्न तथ्य आधारमा यहीबाट सुरुआत भएको हो कि भन्न सकिन्छ”, उनले भने, “यस्तै प्रकृतिको एकदिने जात्रा बन्दीपुर, स्याङ्जा, नारागणगढ, पाल्पालगायत पश्चिम नेपालमा हुने गर्छ । यी सबै एउटै खालका छन् ।”

विशेषगरी नेवार समुदायमा भैरवजात्रा, गाईजात्रा, गणेशजात्रा, माघेजात्रा प्रचलित रहे पनि बाघजात्रा ओझेलमा परेकाले संरक्षणका लागि फेरि प्रदर्शन सुरु गरिएको समिति अध्यक्ष जवाहरलाल श्रेष्ठले बताए । ‘जात्राहरूको पनि जात्रा’ बाघजात्रा जोगाउन सबै लाग्नुपर्नेमा उनको जोड छ ।

उनका अनुसार भदौ १८ गते नेवा: छें हुँदै मोहरियाटोल, बागबजार, बालमन्दिर स्कुल, वडा ३ कार्यालय, बालधाराचोक, नालामुखचोक हुँदै नेवा: छेमा समापन हुनेछ । 

भदौ १९ गते नेवा: छें हुँदै गणेशटोल, सिमलचौर, सिर्चजनाचोक, लखनचोक, महेन्द्रपुल हुँदै नेवा: छेंमा पुग्नेछ भने समापनको दिन नेवा: छें हुँदै भीमसेन मन्दिर, तेर्सापट्टि, महेन्द्रपुल, रानीपौवा, माटेपानी, गौँडामुख, कुँडहरचोक, अमरसिंहचोक हुँदै रङ्गशाला पुगेर समापन गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

पहिलो र दोस्रो दिन करिब तीन सयको हाराहारीमा सहभागी हुने भए पनि अन्तिम दिन अझ बढी सहभागी हुने सचिव सुनिल उलकको अनुमान छ । अन्तिम दिन बाघजात्राको कथामा आधारित प्रहसन हुने उनले बताए । प्रहसनमा डमी बाघलाई मारेर हिंसाको अन्त्य भएको सन्देश प्रवाह गरिनेछ ।

“किंवदन्तीअनुसार हिंस्रक बाघलाई मारेर सुख दिने कथा छ । अहिले कानुनले बाघ संरक्षण गर्ने भनेको छ तर नरभक्षी बाघ मार्न पाउने भनेको छ”, उनले भने, “प्रकृतिलाई फाइदा गर्ने बाघ नभई नरभक्षी बाघ मारेर देशमा हुने गरेको हिंसात्मक गतिविधि नियन्त्रण गनुपर्छ भन्ने हाम्रो सन्देश रहन्छ ।”

आयोजक समितिका सदस्य शान्ति श्रेष्ठ उदासले जात्रामा बाइसे–चौबीसे राजाको प्रतिमा झल्कने गरी भाँकीसमेत देखाइने बताइन् । बाघजात्रामा नेवारसँगै मगर, गुरुङ, तामाङलगायत अन्य समुदायको पनि सहभागिता रहने सदस्य श्रेष्ठले जानकारी दिइन् ।

उनका अनुसार भक्तपुर नगरपालिकाको सहयोगमा भक्तपुर घिन्ताघिसी ९५ जनाको समूह० ले विभिन्न सांस्कृतिक नृत्य प्रदर्शन गर्ने छन् । लामो समयपछि हुन लागेको बाघजात्रालाई पोखरा महानगरपालिका र नेवा: खल: कास्कीले सहयोग गरेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालमा पनि टी–२० विश्वकप ट्रफी टुर हुने

काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...

राष्ट्र संघको सहयोगको कदर गर्छौं : प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्।  संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...

जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थपिँदै, यहि साता ओली र लेखकको बयान लिइने

काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...

झापा राजस्व कार्यालयमा पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन

झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ ।  ...

जेन–जी आन्दोलन जाँचबुझ आयोगले अर्काे सातादेखि राजनीतिक नेताको बयान लिने

काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...

सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्: प्रधानमन्त्री कार्की

ललितपुर। प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएको छिन् । आज ललितपुर महानग...

मधेशका मुख्यमन्त्री यादवले पुस ४ गते विश्वासको मत लिदै

जनकपुरधाम। मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएको छन् । नेपालको संविधानको धारा १६८ को...

उद्योगको डिमान्ड शुल्क घटाउने मागसहित मन्त्री घिसिङलाई ज्ञापनपत्र

कञ्चनपुर। कञ्चनपुरका उद्योगी व्यवसायीहरूले उद्योगहरूको डिमान्ड शुल्क घटाउनुपर्ने लगायतका माग राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यात...

एमाले महाधिवेशन निर्वाचनमा साढे दुईसम्म ५५५ मत खस्यो

काठमाडौँ । नेकपा(एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत भइरहेको निर्वाचनमा ५५५ मत खसेको छ। राजधानीको भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियामा दिउँसो २स्३० ...

एसियाली विकास बैंकले नेपाललाई १० करोड डलर ऋण दिने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको सार्वजनिक वित्त व्यवस्थापन सुदृढ गर्न १० करोड अमेरिकी डलर ९करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ० बराबर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending