Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

यस्ता छन् नारायणकाजी श्रेष्ठले अघि सारेका माओवादी विशेष अभियानका ५ मुख्य कार्यभार

खबरडबली संवाददाता

काठमाडौँ । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादी विशेष अभियानको मुख्य कार्यभार ५ वटा भएको जानकारी दिएका छन् ।

तीन महिने अभियानबाट माओवादी केन्द्र शक्तिशाली बन्ने दाबी गरेका छन् । शनिबार ललितपुर महानगरपालिका–२८ हरिसिद्धिमा विशेष अभियानको उद्घाटन गर्दै उनले अभियानको मुख्य कार्यभार ५ वटा भएको जानकारी दिएका हुन् । 

उनले त्यो कार्यभार शान्तिपूर्ण आन्दोलन र सरकार, संसद र सडक संघर्षबाट पुरा हुने उनले बताए । ‘हामीले ५ वटा कार्यभार पुरा गर्न तत्कालीन कार्यनीति र रणनीति बनाएका छौं’, उनले भने, ‘शान्तिपूर्ण तरिकाले अगाडि बढाउने र अर्को सरकार, संसद, सडक तीनवटै मोर्चाबाट संघर्षका लागि विशेष अभियान गरेको हो । यी सबै कार्यभार माओवादीले मात्र सक्छ’ श्रेष्ठले भने ।

यी हुन् पाँच कार्यभार :

१.राष्ट्रिय कार्यभारमा राष्ट्रिय स्वाधिनता, अखण्डता र राष्ट्रिय सुरक्षालाई बलियो बनाउने । 

२. संघर्षपछि प्राप्त उपलब्धीको रक्षा गर्नु हो । परिवर्तन पछिको उपलब्धि अपहरण र प्रहार गर्ने  षड्यन्त्र भइरहेको उनको जिकिर छ ।

३.राजनीति परिवर्तनबाट प्राप्त उपलब्धिबाट सामाजिक–आर्थिक रुपान्तरण गर्नु । नागरिकको जीवनमा देखिने गरी परिवर्तन गर्नु । जनताले अपेक्षा गरेअनुसार उपलब्धि भएन,  सुखी जीवनयापनका लागि तीव्र गतिमा विकासका कार्य अगाडि बढाउनु । देशमै श्रम र रोजगारीको सुनिश्चित गर्नु ।

४.शान्ति प्रक्रियालाई पुरा गर्नु । संक्रमणकालीन न्याय पुरा गर्न बाँकी छ । सत्यनिरुपण तथा बेपत्ता छानविन आयोगका काम पुरा गर्नु । 

५. समाजवादको आधार तयार गरी समाजवाद नेपाल निर्माण गर्नु ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नागार्जुनबाट १ करोड १६ लाख नगदसहित दुई हुन्डी कारोबारी पक्राउ

.काठमाडौं । काठमाडौंमा १ करोड १६ लाख रुपैयाँ नगदसहित दुई युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले भीमढुंगा क्षेत्रबाट दुई जनालाई नियन्त्र...

कांग्रेसका निवर्तमान सांसद चालिसे रिहा, तीन करोड ६८ लाखको मुद्दामा ५ लाख धरौटी माग

काठमाडौं । भ्रष्टाचारको आरोप खेपिरहेका कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसे सँग विशेष अदालत ले पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ। विशेष अदालतक...

स्वास्थ्य बिमा र राष्ट्रिय परिचयपत्र प्रणाली जोड्न समझदारी, अब राष्ट्रिय परिचयपत्र नम्बरबाटै स्वास्थ्य बिमा

काठमाडौँ। स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबीच समझदारी भएको छ । स्वास्थ्य बिमा सेवालाई प्रविधिमैत्री, सुरक्षित र भरपर्द...

मतान्तर मात्र पाँच खर्चमा भने ठुलो अन्तर : पोखरेलले १० लाख खर्च गर्दा लुईंटेल गरे झन्डै ३१ लाख

ओखलढुङ्गा। प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ ओखलढुङ्गाका विजयी र पराजित दुवै प्रमुख उम्मेदवारले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । ...

छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका फरार श्रेष्ठ पक्राउ

काठमाडौँ। छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नेपाल शे...

प्रधानसेनापतिसँग अमेरिकी लेफ्टिनेन्ट जनरलको भेट

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख लेफ्टिनेन्ट जनरल जोएल भोवेलले भेटवार्ता गरेका छन् । सैनिक म...

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।आज नेप्से परिसूचक २६ दशमलव ०७ अङ्कले घटेर दुई हजार ७९८ दशमलव ८३ को ब...

समानुपातिक सांसदको सूचीमा कुनै पनि दलको त्रुटि छैन: निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग ले समानुपातिक प्रणालीतर्फ सांसदका लागि दलहरूले पठाएको सूचीमा कुनै त्रुटि नभएको जनाएको छ। आयोगको कानुन तथा राजनीतिक दल व्यव...

काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउने उद्देश्यका साथ छुट्टै सुक्खा फोहर व्यवस्थापन कार्य सुरु गरेको छ । यसका...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि: भाडा समायोजन गर्न यातायात व्यवसायीको माग

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिको विरोध गर्दै सरकारले तत्काल सार्वजनिक यातायातको भाडा...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: