Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

गबारो कीराबाट किसानलाई धानबाली जोगाउनै मुस्किल

खबरडबली संवाददाता

टीकापुर । कैलाली टीकापुर–१ का किसान हरि चौधरीले चार बिघा जमिनमा धानबाली लगाएका छन् । उनको धानले गाँज हाल्ने समयमा खेतमा गबारो कीराको समस्या देखापरेको छ । गबारो रोगले धानको गुबो मर्न थालेपछि उनले विषादी छर्न थालेका छन् । 

लाखौँ खर्चिएर खेती गरेका उनलाई बाली जोगाउन निकै चिन्ता परेको छ । “धान रोप्दा र सिँचाइमा धेरै  खर्च भइसकेको छ । अझ विषादी पनि खर्चिलो छ”, उनले भने, “एक बिघा जमिनमा मात्रै छ हजार बढीको विषादी छर्नुपर्छ । चार बिघामा विषादी छर्न धेरै खर्च लाग्छ । नछरे बाली जोगाउन मुस्किल छ ।”

त्यस्तै अर्का किसान प्रेम विकको खेतमा पनि धानमा गबारो कीराको समस्याले पूरै खेतमा धानको गुबो मर्दै गएको छ । धान फस्टाउने समयमा गुबो मर्न थालेपछि उनले पनि कृषि प्राविधिकको सल्लाहनुसार विषादी छर्ने सोच बनाएको बताए । “किसानलाई कहिल्यै सुख भएन, कहिले सिँचाइको अभाव, कहिले छाडा पशु चौपायाको त्रास, कहिले बाढीले बाली नोक्सान गथ्र्यो”, उनले भने, “केही भएन भनी धानबालीमै रोग लाग्यो । अब विषादी छर्न फेरि रकमको जोहो गर्नुपर्ने भयो ।”

टीकापुर वनगाउँका किसान बुद्धिराम चौधरीको धानबाली पनि गबारोले नोक्सान गरेको छ । कृषि विज्ञका अनुसार गबारो धानमा लाग्ने एक प्रमुख शत्रुजीव कीरा हो । धानमा गाँज आउनेदेखि लिएर फूल फुल्ने वा धान पसाउने अवस्थासम्म यसले आक्रमण गरी बर्सेनि ठूलो क्षति पुर्याउने गर्दछ । धानमा पहेँलो गबारो, सेतो, छिर्के, गोल्ड–फ्रिन्ज्ड, कालो टाउके छिर्के र कलेजी रङको बुट्टा गरी छ किसिमका गबारो कीराले धानमा आक्रमण गर्छन् । धानमा गबारो कीराको समस्या तीव्ररूपमा फैलने भएकाले धान केही दिनमा नष्ट हुने गरेको किसान वीरबहादुर चौधरीले बताए ।
 
“गबारो कीराको सङ्क्रमणले अहिले धानको बोट मर्दै गएका छन्, समयमै उपचार नभए धानबारी नै नष्ट हुन्छ”, उनले भने, “मलगायत अन्य किसानको धानबालीमा यस्तै रोग देखिएको छ ।”

धानखेतमा रासायनिक मल युरिया प्रयोग धेरै, पानीको कमी र सुक्ष्म तत्वको कमीले गबारो कीराको सङ्क्रमण सहजै फैलने कृषि प्राविधिकको भनाइ छ । गबारो कीराको सङ्क्रमण देखिँदा किसानले समयमा ध्यान दिए रोकथाम गर्न सक्ने क्षेत्रीय बीउबिजन प्रयोगशाला कञ्चनपुरका प्रमुख सिद्धराज उपाध्यायले बताए । “यसका लागि रासायनिक विषादीको प्रयोग तथा खेतमा ध्यान दिँदा सहजै नियन्त्रण गर्न सकिन्छ”, उनले भने, “किसानले धानखेतको नियमित अवलोकनसहित नियन्त्रणका भौतिक विधि अवलम्बन गर्नुपर्छ । बालीमा रोग फैलिएमा विषादीको प्रयोग गर्नुपर्ने हुन्छ ।”

प्रमुख उपाध्यायका अनुसार धानबालीमा गबारो कीराको प्रकोप देखिए धान उत्पादनमा कमी हुन्छ । “धान पसाउने बेलामा गबारो कीराको प्रकोप भए बाला पूरै सेतो हुने भएकाले गबारोको सङ्क्रमणदेखि बाला लाग्ने बेलासम्म नियन्त्रणका कार्य गर्नुपर्छ”, उनले भने, “प्रकोपका रूपमा फैलिएको भए कृषि प्राविधिकको परामर्शमा विभिन्न रासायनिक विषादी प्रयोग गर्नुपर्छ ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन्। गृहमन्त्रालय स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण सम्बन्धी अन...

रास्वपाको बन्द सत्र स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनअन्तर्गत सोमबारका लागि तय गरिएको बन्द सत्र स्थगित भएको छ। महाधिवेशन प्रतिनिधिको नामावलीम...

पासपोर्ट ठेक्का प्रकरणमा सिद्धार्थ थापा र मनिन्द्र मल्लविरुद्ध पनि भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई–पासपोर्ट खरिद (पासपोर्ट ठेक्का) प्रकरणमा जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि सिद्धार्थ थापा र म्यूल...

रास्वपाको बन्दसत्र आज नहुने सम्भावना, भोली बिहान गर्नेबारे छलफल

काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र कार्यक्रम आज नहुने सम्भावना बढेको छ। महाधिवेशन प्रत...

राहदानी छपाइ प्रकरण: आरजु राणासहित १८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । राहदानी छपाइ तथा प्रणाली व्यवस्थापनसम्बन्धी ठेक्का प्रक्रियामा भएको भनिएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान पूरा ...

रास्वपा महाधिवेशनमा खानाको मेन्यू, काउलीदेखि खसीको मासुसम्म

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन चितवनमा जारी रहेको छ। आइतबारदेखि सुरु भएको महाधिवेशन तीन दिनसम्म सञ्चालन हुने कार्यक्र...

यसवर्षको मनसुन कोशीदेखि विस्तार हुँदै

काठमाडौं । यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको सम्पूर्ण भू-भाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशको पूर्वी क्षे...

नेप्से परिसूचक १.४६ अंकले घट्यो, ४ अर्ब ४४ करोडभन्दा बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से १.४६ अंकले घट्दै २७००.६५ विन्द...

गर्मी बढेपछि विद्यालयमा चार दिन बिदा

धनगढी। कैलालीको धनगढी उपमहानगरपालिकाले पालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिन बिदा दिने निर्णय गरेको छ ।  अत्यधिक गर्...

बेलायती प्रधानमन्त्री कीर स्टार्मरद्वारा राजीनामाको घोषणा

लन्डन । बेलायतका प्रधानमन्त्री सिर कीर स्टार्मरले प्रधानमन्त्री पद र लेबर पार्टीको नेतृत्व दुवैबाट राजीनामा दिने घोषणा गरेको छन् । बुधबार लन्डनस्थि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending