Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

बागलुङमा ११ वर्षपछि चार पाङ्ग्रे सवारी चालक अनुमतिपत्र आवेदन खुुल्यो

खबरडबली संवाददाता

म्याग्दी । म्याग्दीलगायत साविक धौलागिरि क्षेत्रका सेवाग्राहीलाई लक्षित गरेर बागलुङमा ११ वर्षपछि पुनः चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन गर्न आवेदन सङ्कलन हुन थालेको छ ।

अब बागलुङसहित पर्वत, म्याग्दी र मुस्ताङका सेवाग्राहीलाई चारपाङ्ग्रेको लाइसेन्सका लागि पोखरालगायतका स्थानमा पुुग्नुुपर्ने बाध्यता हट्ने भएको छ । यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख पारसिङ थापाले आइतबारदेखि (चार पाङ्ग्रे) सवारी चालक अनुुमतिपत्रका लागि आवेदन खुला गरिएको जानकारी दिए ।

बागलुुङमा हाल दुुई पाङ्ग्रेको मात्र परीक्षा सञ्चालन हुुने गरेको छ । नयाँ मापदण्ड अनुसारको संरचना नहुँदा विसं २०६९ देखि चारपाङ्ग्रेको प्रयोगात्मक (ट्रायल) परीक्षा बागलुङमा हुन सकेको थिएन । ‘ट्रायल परीक्षाका लागि मापदण्ड पुगेको पूर्वाधार र सवारी साधन भाडामा लिन गत असारमा बोलपत्र आह्वान गरेका थियौं’, उनले भने, ‘प्रतिस्पर्धामार्फत छनोट भएको धौलागिरि ड्राइभिङ सेन्टर प्रालि बागलुङसँग भदौ पहिलो साता सम्झौता भएको थियो । यसै हप्ताभित्र ट्रायल सुुरु गर्ने तयारीमा छौँ ।’

कार्यालयको आफ्नै जग्गा नभएका कारण प्रयोगात्मक ‘ट्रायल’ परीक्षाका लागि ड्राइभिङ इन्टिच्यूटले बनाएको संरचना भाडामा लिएको हो । दुईपाङ्ग्रेको ‘ट्रायल’ परीक्षा पनि बागलुङ नगरपालिका–१ रामरेखामा भाडाकै जग्गामा सञ्चालन हुँदै आएको छ ।

कार्यालयको आफ्नै जग्गा र पूर्वाधार नभएपछि निजी क्षेत्रसँग मिलेर लाइसेन्स परीक्षालाई व्यवस्थित गरिएको हो । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले बागलुङबाट चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्रको परीक्षा सञ्चालन हुँदा सिङ्गै धौलागिरि क्षेत्र लाभान्वित हुने बताए । 

‘बागलुङमा चार पाङग्रेको ट्रायल सञ्चालन गर्न मन्त्रालयले चासो र पहल लिएको छ’, उनले भने, ‘बागलुङमा परीक्षा सञ्चालन नहुँदा कास्कीलगायतका कार्यालयमा सेवाग्राहीको चाप पनि घट्छ ।’

लाइसेन्स परीक्षाको नयाँ मापदण्ड लागू भएपछि बागलुङमा ठाउँ अभावका कारणले चारपाङ्ग्रेको ट्रायल हुन सकेको थिएन । गण्डकी प्रदेशमा कास्की, बागलुङ, तनहुँ र नवलपुर गरी चार ठाउँबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन हुँदै आएको छ । दैनिक सयौँ जनाले लाइसेन्सका लागि लिखित र प्रयोगात्मक परीक्षा दिन्छन् ।

सवारी चालक अनुमतिपत्र सेवालाई सहज र छरितो बनाउन अनलाइन भुक्तानी सेवा गण्डकी प्रदेशबाटै सुरु भएको छ । तत्काललाई कास्कीबाट सुरु भएको उक्त सेवा छिट्टै बागलुङ, तनहुँ र नवलपुर कार्यालयबाट पनि सुरु हुने मन्त्रालयका प्रवक्ता टिकाराम पौडेलले जानकारी दिए ।

यातायात कार्यालय कास्कीमा दर्ता भएका सवारी साधनको विवरण डिजिटलाइजेसन भएको छ । चालु आर्थिक वर्षमा अन्य यातायात कार्यालयमा रहेका सवारी साधनको अभिलेखलाई पनि डिजिटलाइजेसन गर्ने तयारी भएको छ । 

अभिलेखलाई डिजिटलाइजेशन गरेर सर्भरमा राखेपछि सेवाग्राही धेरै समय पालो पर्खेर बस्नुु नपर्ने, ढड्डा खोज्दा हुने समयको बचत र झन्झट हटेको यातायात कार्यालय कास्कीका प्रमुख डिल्ली रिजालले बताए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ब्रोइलर कुखुराबाट वार्षिक ५८ अर्ब आम्दानी

काठमाडौं । नेपालमा कुखुरापालक किसानले ब्रोइलर कुखुरा बेचेर वार्षिक करिब ५८ अर्ब आम्दानी गर्ने गरेका छन्। कुखुरापालनमा व्यवसायिकीकरण भएसँगै किसानले कुख...

नेपाली भूमि लिपुलेक पास हुँदै चीनसँग व्यापार खुलाउने भारतको तयारी

काठमाडौँ । नेपालको विरोधका बाबजुद भारतले लिपुलेक पास हुँदै चीनसँग व्यापारको तयारी गरेको छ । लिपुलेक पास नेपालको पश्चिमी सीमा लिम्पियाधुराबाट ५६ किलोमि...

कांग्रेसमा ब्युँतियो विवाद- गगनलाई काउन्टर दिन पुरानै केन्द्रीय समिति बैठक राख्दै देउवा पक्ष

काठमाडौं । विशेष महाधिवेशनपछि सुरु भएको प्रतिनिधिसभा निर्वाचन प्रक्रियाले सुस्तिएको कांग्रेसभित्रको आन्तरिक विवादलाई पुनः सतहमा ल्याएको छ ।  निर्वा...

कांग्रेस बैठक- सभापति थापाको राजीनामा अस्वीकृत गर्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजपनि बस्दै छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ८ः३० बजदेखि बैठक सुरु हुनेछ।  यसअ...

बस्ती संरक्षण गर्न १४ स्थानमा तटबन्ध

बागलुङ। चालु आर्थिक वर्षमा बागलुङका १४ स्थानमा बस्ती संरक्षणका लागि तटबन्ध गर्न थालिएको छ। बर्खाको समयमा कटानको जोखिममा रहेकाले बस्ती संरक्षण गर्न ...

पौवादुङमाका किसान उद्यममा जोडिदै

भोजपुर। पौवादुङमा गाउँपालिकाले किसानलाई लक्षित गर्दै सञ्चालन गरेको उन्नत जातका गाई वितरण कार्यक्रमले यहाँका ग्रामीण बस्तीमा आर्थिक गतिविधि विस्तार गर्...

आज कोशी र लुम्बिनी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव छ ।  साथै  कोशी, मधेस र बागमती प्रदेशलगायतका पहाडी र हिमाली भूभागमा साधारणत...

राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पानीको संरक्षण, दिगो उपयोग तथा समान पहुँच सुनिश्चित गर्न सबै सरकारी निकाय, विकास साझेदार, विभिन्न सङ्घसंस्था त...

नेपालगन्ज भन्सार: लक्ष्यअनुसार राजस्व सङ्कलन हुन सकेन

बाँके । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा लक्ष्यको करिब ५२ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।  चालु आव २०८२/ ८३ का लागि वार्षि...

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

काठमाडौँ । तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न मद्दत गर्न तयार रहेको इरानका विदेश मन्त्री अब्बास अराघचीले बताएका छन् । जापान मध्य प...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: