Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

सुनकोशीका दुई अस्थायी बेलिब्रिज निकालिए - खोटाङ पूर्वी तराईसँग सीधा यातायात सम्पर्कबाट विच्छेद

खबरडबली संवाददाता

खोटाङ । निरन्तरको वर्षापछि सुनकोशी नदीमा पानीको बहाव बढेसँगै फरक-फरक सडकखण्डमा पर्ने फोक्सिङटार र बङ्शिलाघाटको अस्थायी बेलिब्रिज निकालिएको छ। यी अस्थायी बेलिब्रिज झिकिएसँगै खोटाङ पूर्वी तराईसँगको सीधा यातायात सम्पर्कबाट विच्छेद भएको छ।

पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने दुईवटा नाकामा जडान गरिएको अस्थायी बेलिब्रिज निकालेपछि स्थानीयवासी समस्यामा परेका छन्। फोक्सिङटार र बङ्शिलाघाटमा मोटरेबल पक्की पुल नहुँदा हिउँदको समयमा जडान गर्ने र वर्षात् लागेपछि पुन: खोलेर राख्नेगरी अस्थायी बेलिब्रिजको विकल्प अगाडि सारिएको हो।

मौसम परिवर्तनसँगै सुनकोशीमा पानीको सतह बढेपछि गत वैशाख २७ गतेबाट बङ्शिलाघाटको बेलिब्रिज निकाल्न थालिएको पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख बिनम दाहालले जानकारी दिएका छन्। खोटाङको बराहपोखरी गाउँपालिका(५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका-१ जोड्ने बङ्शिलाघाटस्थित सुनकोशीमा पहिलोपटक अस्थायी बेलिब्रिज जडान गरिएको हो । यस बेलिब्रिजले खोटाङका जन्तेढुङ्गा, बराहपोखरी र खोटेहाङ गाउँपालिका तथा भोजपुरका केही गाउँका नागरिकलाई तराई आवतजावतमा सुविधा दिएको थियो। बङ्शिलाघाटको अस्थायी बेलिब्रिज हटाएपछि अब करिब छ महिना झोलुङ्गे पुलमार्फत पूर्वी तराईका जिल्ला आवतजावत गर्नुपर्ने बाध्यता पुन: दोहोरिएको स्थानीय युवराज मगरले जानकारी दिएका छन्।

बङ्शिलाघाटको अस्थायी बेलिब्रिजका लागि आवश्यक सामग्री कोशी प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयले रु एक करोड ८७ लाख बजेटमा खरिद गरी पूर्वाधार विकास कार्यालय खोटाङलाई हस्तान्तरण गरेको थियो। यसलाई जडान गर्ने र निकाल्ने ठेक्का गुरुकुल विल्डर्स एन्ड सप्लायर्स प्रालि रौतहटले मूल्य अभिवृद्धि करसहित रु ५७ लाख बजेटमा लिएको हो। बङ्शिलाघाटमा मोटरेबल पक्की पुल निर्माणका लागि रु १९ करोड १८ लाख ४१ हजार ४०० लागतमा ३३ महिनाभित्र काम सम्पन्न गर्ने गरी कालिका-वेदांसी जेभीले सम्झौता गरेको छ। विसं २०७९ मङ्सिर १ गते सम्झौता गरेर निर्माण सुरु गरिएको भए पनि मोटरेबल पुल निर्माणमा निर्माण कम्पनीको ढिलासुस्ती भएको आरोप स्थानीयले लगाएका छन् ।

अर्कोतर्फ, फोक्सिङटारको अस्थायी बेलिब्रिज जेठ ३ गतेबाट पूर्णरूपमा यातायात बन्द गरेर निकाल्न सुरु गरिएको गाईघाट दिक्तेल सडक योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर सुमन गोलेले जानकारी दिएका छन्। सगरमाथा लोकमार्गमा पर्ने दिक्तेल-गाईघाट सडकखण्डको सुनकोशीस्थित फोक्सिङटारको अस्थायी बेलिब्रिज गत पुस २७ गतेबाट सञ्चालनमा ल्याइएको थियो। फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गर्ने र निकाल्ने ठेक्का एमएरएस आर्यन कन्स्ट्रक्सन मल्टी पर्पोज प्रालि कटारी-३ उदयपुरले मूल्य अभिवृद्धि कर ९भ्याट०सहित रु ९६ लाख ७७ हजार ९३७ मा लिएको हो।

खोटाङको खोटेहाङ गाउँपालिका-९, लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका-५, आँपटार जोड्ने फोक्सिङटारस्थित सुनकोशीमा निर्माण गरिएको मोटरेबल पुल गत वर्ष असोज १२ गतेको बाढीले बगाएको थियो। निर्माण सम्पन्न भएर सञ्चालनमा आएको वर्ष दिन नपुग्दै बाढीले बगाएपछि फेरि अस्थायी बेलिब्रिजको भर पर्नुपर्ने अवस्था आएको हो।

सुनकोशीको फोक्सिङटारमा मोटरेबल पक्की पुल पुन: निर्माण नभएसम्म खोटाङवासीको समस्या यथावत रहने उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताएका छन्। उनले ‘फोक्सिङटारको अस्थायी बेलिब्रिज हटाएपछि पूर्वी तराईका जिल्लाबाट खोटाङ भित्रिने यातायातका साधन घुर्मी-कटारी हुँदै जयरामघाट तारेर ल्याउनुपर्नेहुन्छ, खोटाङ्गे जनताका लागि यो घुमाउरो बाटो हो’ भन्दै आफ्नो धारणा राखेका छन्। उनले मध्यपहाडी लोकमार्गमा पर्ने घुर्मी(कटारी हुँदै जयरामघाट तारेर ल्याइने दैनिक उपभोग्यवस्तुको मूल्यसमेत वृद्धि हुने भएकाले यसप्रति सम्बन्धित निकायले बेलैमा ध्यान दिन जरुरी रहेको बताएका छन्।

फोक्सिङटारमा बाढीले बगाएको मोटरेबल पक्की पुल पुनर्निर्माणका लागि आवश्यक बजेट सुनिश्चित भएको भनिए पनि अहिलेसम्म कुनै प्रक्रिया अगाडि बढेको छैन। दिक्तेल-गाईघाट सडकखण्डमा पर्ने फोक्सिङटारमा मोटरेबल पक्की पुल पुन: निर्माणका लागि अर्थमन्त्रालयले गत वर्षको चैतमा रु ३५ करोड बजेट सुनिश्चित गरेको नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य विशाल भट्टराईले जानकारी दिएका थिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

त्रिशूली नदीमाथिको पुलको लट्ठामा हिँडिरहेका युवकको सकुशल उद्धार

तनहुँ। तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा पर्ने पुलजीप र चितवनको मुग्लिन बजार जोड्ने त्रिशूली नदीमाथिको पुरानो पुलको सुरक्षा लट्ठामा जोखिमपूर्ण रूपमा ...

रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गरेका छन्। काठमाडौंको बनस्थलीस्थित पार्ट...

लाहोरमा शिक्षण केन्द्रको छत भत्किँदा १४ बालबालिकाको मृत्यु, ८ घाइते

पाकिस्तान। पाकिस्तानको पूर्वी सहर लाहोरस्थित एक निजी शिक्षण केन्द्रमा निर्माणाधीन भवनको छत भत्किँदा कम्तीमा १४ जना विद्यालय उमेरका बालबालिकाको मृत्यु ...

जर्मन कम्पनी म्यूलबैर र भेरिडोजले नै छाप्ने भए पासपोर्ट

काठमाडौं। केही दिनदेखिको अन्योल अन्त्य गर्दै नेपाल सरकारले जर्मनीका म्यूलबैर र भेरिडोज म्पनीमार्फत नेपाली राहदानी (पासपोर्ट) छपाइ प्रक्रिया अघि बढाउने...

चार सरकारी निकाय सचिवविहीन, प्रधानमन्त्री कार्यालयमा अझै ६ सचिव जगेडामा

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्य मंगलबार रातिदेखि अनिवार्य अवकाशमा गएपछि सचिवको दरबन्दी रहेका ...

इन्धनको मूल्य घटेसँगै स्वचालित प्रणालीअनुसार सार्वजनिक यातायातको भाडा घटाउन व्यवसायीको माग

काठमाडौं । इन्धनको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा पनि स्वचालित प्रणालीअनुसार तत्काल समायोजन गर्न यातायात व्यवसायीले सरकारसँग माग गरेका छन्। ...

रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथग्रहण कार्यक्रम केहीबेरमा हुँदैछ ।  ...

रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथग्रहण कार्यक्रम केहीबेरमा हुँदैछ ।  ...

मनसुनजन्य विपद् जोखिम सामना गर्न सेनाको तीन चरणको तयारी, हेलिकप्टरदेखि बेली ब्रिजसम्म स्ट्यान्डबाई

काठमाडौं । मनसुनजन्य विपद्को जोखिम बढ्दै गएपछि नेपाली सेनाले बाढी, पहिरो तथा अन्य प्राकृतिक प्रकोपको प्रभावकारी प्रतिकार्यका लागि तीन चरणको विशेष पूर्...

सुनचाँदीको मूल्य ह्वात्तै घट्यो, कतिमाा हुँदैछ कारोबार ?

काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । हिजोको तुलनामा सुन तोलामा रु ६०० र चाँदी रु १५ ले घटेको छ ।  नेपाल सुनचाँदी ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending