Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

५३ पटक रगत दिएका बजिमय भन्छन्- रक्तदान गर्नु आफ्नै लागि पनि फाइदा हुँदोरहेछ

खबरडबली संवाददाता

खोटाङ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङका मन्त्री छत्रकुमार बजिमयले शनिबार रक्तदान गरे। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित शङ्खधर साख्वाचोकका ५२ वर्षीय बजिमयले रक्तदान गरेको यो ५३औँ पटक हो। 

सुत्केरी हुने क्रममा अधिक रक्तश्राव भएर सिकिस्त बिरामी परेकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीकी कविता राईका लागि उनले सो रक्तदान गरेका हुन्। कविताको अवस्था अहिले सामान्य बन्दै गएको चिकित्सक  कृष्णकुमार राईले जानकारी दिए। 

बजिमयले पहिलोपटक ३० वर्षको उमेरमा रक्तदान गरेका थिए। सत्र वर्षअघि रेडक्रसका आजीवन सदस्य बनेका उनले विसं २०६० मा पहिलोपटक साविक टेम्मा गाविस हाल दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माकी शारदा मगर (राई) लाई रक्तदान गरेका थिए। 

तत्कालीन समयमा रक्तदान गर्न अस्पताल पुग्दा स्वास्थ्यकर्मीले नै विभिन्न डर, त्रास तथा भ्रम सिर्जना गर्ने गरेको उनले स्मरण गरे। ‘टेम्माकी शारदा मगर  अधिक रक्तश्राव भएर अस्पताल आउनुभएको रहेछ। धामी/झाँक्री लगाउँदै गाउँमै बस्नुभएकी उहाँ (शारदा) लाई रगत दिनुपर्ने भयो’, उनेले भने, ‘अन्तिम अवस्थामा पुग्नुभएकी उहाँलाई रक्तदान गर्न जाँदा स्वास्थ्यकर्मीले नै नदिन आग्रह गरेका थिए। ‘रक्तदान, जीवनदान’ भन्ने नारा सम्झेर मैले उहाँलाई दिएँ। अहिलेसम्म उहाँ जीवित हुनुहुन्छ। ती दिदीले अहिले पनि बेलाबेला फोन गर्नुहुन्छ। उहाँका छोराछोरी मामा भन्दै भेट्न आउँछन्। यसैमा आनन्दित छु।’

रेडक्रसमा दोस्रो कार्यकालका लागि मन्त्री चयन भएर काम गरिरहेका बजिमय कसैलाई रक्तदान गर्न पाउँदा आफूलाई सबैभन्दा आनन्दित महसुस हुने गरेको बताउँछन्। 

‘मैले दिएको रगतले धेरैको ज्यान बचेको छ। उहाँहरुले आफूलाई ठीक भइसकेपछि फोन तथा भेटेर धन्यवाद दिने गरेका छन्। यो नै सबैभन्दा बढी खुसीको क्षण लाग्छ मलाई’, उनले भने, ‘रातको बाह्र/एक बजे उठेरसमेत रगत दिने गरेको छु। रक्तदान गर्नु आफ्नै लागिसमेत फाइदा हुँदोरहेछ। अहिलेसम्म मलाई कुनै रोग छैन।’

उमेरले साथ दिएसम्म रक्तदान गर्ने योजनामा रहेको उनले बताएका छन्। ‘म अहिले ५२ वर्षको भएँ। ६० वर्षसम्म रक्तदान गर्न मिल्छ। कम्तीमा १०० पटक रक्तदान गर्ने मेरो लक्ष्य थियो। रक्तदान गरेको तीन महिनापछि पुनः दान गर्न मिल्छ तर, जिल्लामा स्थापना गरिएको रक्त सङ्कलन केन्द्रको भण्डारण गृह कम क्षमताको छ। क्षमता कम भएकै कारण रक्त सङ्कलन केन्द्रले मलाई जगेडाकोषको रुपमा बस्न आग्रह गर्दै आएको छ’, उनले भने, ‘अब मैले २४ पटकमात्र रक्तदान गर्न मिल्छ। यसले मेरो एक सय पटक रक्तदान गर्ने उद्देश्य प्राप्त गर्नसक्ने सम्भवान भएन तर, पनि यो बीचमा धेरैको ज्यान बचाउन सकेकोमा खुसी छु।’

जिल्लामा अहिले पनि अधिकांश मानिस रक्तदान गर्न डराउने गरेको उनले बताए। ‘चेतनाको अभावले अधिकांश मानिस अझै पनि रक्तदान गर्न मान्दैनन्। रक्तदान गर्दा आफ्नो लागिसमेत फाइदा हुन्छ’, उनले भने, ‘आगामी दिनमा गाउँगाउँमा रक्तदानसम्बन्धी सचेतना गोष्ठी सञ्चालन गर्ने तयारीमा छौँ। यसले रगत अभावकै कारण ज्यान गुमाउनुपर्ने अवस्थाबाट जिल्लावासीले मुक्ति पाउँछन्।’

दस स्थानीय तह रहेको जिल्लामा यसअघि स्थापना गरिएको रक्त सङ्कलन केन्द्र अहिले अवरुद्ध छ। दिक्तेलस्थित जिल्ला अस्पताल खोटाङको कार्यालय परिसरमा रहेको रक्त सङ्कलन केन्द्र हप्ता दिनअघिदेखि अवरुद्ध हुँदा रगत आवश्यक पर्ने बिरामीका आफन्त आफ्नै आफन्त तथा सेना र प्रहरी गुहार्नुपर्ने अवस्थामा छन्। 

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङले सञ्चालन गर्दै आएको रक्त सङ्कलन केन्द्रका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ। अवरुद्ध रक्त सङ्कलन केन्द्रको फ्रिज पुनः मर्मत गरेर केही दिनमै सञ्चालनमा ल्याएपछि रेडक्रसलाई हस्तान्तरण गर्ने तयारी गरिएको नगर स्वास्थ्य शाखा निरीक्षक खेमराज आचार्यले बताए।

व्यक्ति तथा संस्थाबाट सङ्कलन गरिएका रगत भण्डारण गरेर राखिने फ्रिज बिग्रिएपछि रक्त सङ्कलन केन्द्रमा रगत नहुँदा कतिपय बिरामीलाई बाहिरी जिल्ला रेफर गरिएको अस्पताल स्रोतले जनाएको छ। भौगोलिक रुपमा विकट मानिएको खोटाङमा सुत्केरी हुन अस्पताल आउने अधिकांश महिलालाई रगत दिनुपर्ने अवस्था रहेको रेडक्रसले जनाएको छ। रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ब्रोइलर कुखुराबाट वार्षिक ५८ अर्ब आम्दानी

काठमाडौं । नेपालमा कुखुरापालक किसानले ब्रोइलर कुखुरा बेचेर वार्षिक करिब ५८ अर्ब आम्दानी गर्ने गरेका छन्। कुखुरापालनमा व्यवसायिकीकरण भएसँगै किसानले कुख...

नेपाली भूमि लिपुलेक पास हुँदै चीनसँग व्यापार खुलाउने भारतको तयारी

काठमाडौँ । नेपालको विरोधका बाबजुद भारतले लिपुलेक पास हुँदै चीनसँग व्यापारको तयारी गरेको छ । लिपुलेक पास नेपालको पश्चिमी सीमा लिम्पियाधुराबाट ५६ किलोमि...

कांग्रेसमा ब्युँतियो विवाद- गगनलाई काउन्टर दिन पुरानै केन्द्रीय समिति बैठक राख्दै देउवा पक्ष

काठमाडौं । विशेष महाधिवेशनपछि सुरु भएको प्रतिनिधिसभा निर्वाचन प्रक्रियाले सुस्तिएको कांग्रेसभित्रको आन्तरिक विवादलाई पुनः सतहमा ल्याएको छ ।  निर्वा...

कांग्रेस बैठक- सभापति थापाको राजीनामा अस्वीकृत गर्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजपनि बस्दै छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ८ः३० बजदेखि बैठक सुरु हुनेछ।  यसअ...

बस्ती संरक्षण गर्न १४ स्थानमा तटबन्ध

बागलुङ। चालु आर्थिक वर्षमा बागलुङका १४ स्थानमा बस्ती संरक्षणका लागि तटबन्ध गर्न थालिएको छ। बर्खाको समयमा कटानको जोखिममा रहेकाले बस्ती संरक्षण गर्न ...

पौवादुङमाका किसान उद्यममा जोडिदै

भोजपुर। पौवादुङमा गाउँपालिकाले किसानलाई लक्षित गर्दै सञ्चालन गरेको उन्नत जातका गाई वितरण कार्यक्रमले यहाँका ग्रामीण बस्तीमा आर्थिक गतिविधि विस्तार गर्...

आज कोशी र लुम्बिनी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव छ ।  साथै  कोशी, मधेस र बागमती प्रदेशलगायतका पहाडी र हिमाली भूभागमा साधारणत...

राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पानीको संरक्षण, दिगो उपयोग तथा समान पहुँच सुनिश्चित गर्न सबै सरकारी निकाय, विकास साझेदार, विभिन्न सङ्घसंस्था त...

नेपालगन्ज भन्सार: लक्ष्यअनुसार राजस्व सङ्कलन हुन सकेन

बाँके । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा लक्ष्यको करिब ५२ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।  चालु आव २०८२/ ८३ का लागि वार्षि...

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

काठमाडौँ । तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न मद्दत गर्न तयार रहेको इरानका विदेश मन्त्री अब्बास अराघचीले बताएका छन् । जापान मध्य प...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: