काठमाडौं । आईसीसी टी– २० महिला विश्वकपअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगितामा नेपालले लगातार चौथो जित हासिल गरेको छ । लगातार चौथो जितसँगै नेपाली टोली मलेसियामा जारी उक्त प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । समूहगत चरणमा आफ्नो एक खेल खेल्न बाँकी रहँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।
नेपालले सोमबार खेलिएको आफ्नो चौथो खेलमा कतारलाई नौ विकेटले पराजित गर्यो । त्यसअघि नेपालले आफ्नो पहिलो खेलमा आयोजक मलेसियालाई पाँच रनले हराएको थियो । नेपालले दोस्रो खेलमा बहराइनलाई १० विकेटले पराजित गरेको थियो ।
तेस्रो खेलमा नेपालले बहराइनलाई तीन विकेटले पराजित गरेको थियो । कतारविरुद्दको खेलमा टस जिती नेपालले पहिले बलिङ गर्ने निणर्य लिएको थियो । पहिलो ब्याटिङमा ओर्लिएको कतारले निर्धारित ओभरमा सात विकेट गुमाएर ७४ रन बनायो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १०.३ ओभरमै केवल एक विकेट गुमाएर विजयलक्ष्य पुरा गर्यो ।
नेपाललाई सजिलो जित दिलाउन ओपनर काजल श्रेष्ठले ३२ रनको योगदान गरिन् । उनले २८ बलको सामना गरी चार चौका पनि हिर्काइन् । अर्की ओपनर सीता रानामगरले पनि २३ बलको सामना गरी अवितिज १७ रन बनाइन् । इन्दू बर्माले टोलीको जितमा अविजित २० रनको योगदान गरिन् । उनले केवल १२ बलको सामना गरी तीन चौका पनि हिर्काएकी थिइन् । नेपालले अतिरिक्त रुपमा ६ रन पाएको थियो । नेपालको एकमात्र विकेट कतारकी बलर सबिजा पानायानले लिइन् ।
त्यसअघि पहिलो ब्याटिङ गरेको कतारका लागि साची ढाडवलले सर्वाधिक २१ रन बनाएकी थिइन् । ओपनर एलिना खानले १५ रन बनाइन् । एन्जेलिना मारेले अविजित १४ रन जोडिन् । कप्तान आयषाले टोलीको खातामा १० रन थपिन । नेपाली टोलीकी बलर इन्दु बर्मा एक्लैले तीन विकेट लिइन् । उनले चार ओभरमा केवल १० रन खर्चिएकी थिइन् । कविता जोशी र पूजा महतोले पनि एक—एक विकेट हात पारे । नेपालले समूहगत चरणको अन्तिम खेल संयुक्त अरब इमिरेट्स (यूएई) सँग खेल्नेछ ।
प्रतियोगिताको समूह ‘बी’ मा भने चीन, हङ्कङ, कुवेत, म्यानमार र थाइल्यान्ड रहेका छन् । दुबै समूहको शीर्ष दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल पुग्ने दुई टोलीले टीट्वान्टी महिला विश्वकपका लागि विश्वस्तरीय छनोट प्रतियोगिता खेल्न पाउने छन् । टीट्वान्टी महिला विश्वकप सन् २०२४ मा बंगलादेशमा आयोजना हुँदैछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १७ गते, २०८३ - ०९:३२
सिरहा। अधिकांश बालबालिका खेल्दै, रमाउँदै बाल्यकाल बिताइरहेका हुन्छन्। तर सिरहाको गोलबजार नगरपालिका–९ डण्डाका ८ वर्षीय शेखर यादवको बाल्यकाल भने दुई सान...
आषाढ़ १७ गते, २०८३ - ०८:५७
काठमाडौं। कृषि, वन तथा वातावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। धान रोपाइँ...
आषाढ़ १७ गते, २०८३ - ०८:४७
काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज ठूलो नेप...
आषाढ़ १७ गते, २०८३ - ०८:४५
कैलाली । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मातहत सञ्चालित गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द भएको छ । अस्पतालमा ती ...
आषाढ़ १७ गते, २०८३ - ०८:४२
रुकुमपूर्व । सिस्ने गाउँपालिका–४ झाँक्रीपोलेस्थित रुकुमकोट-दादिङ भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा ६ महिनाका एक शिशुसहित ५ जना घाइते भएका छन् । र...
आषाढ़ १७ गते, २०८३ - ०८:३७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ बुधबार हुन लागेको छ । चितवनको भरतपुरमा भएको पहि...
आषाढ़ १७ गते, २०८३ - ०८:३२
काठमाडौं। मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा गएरातिदेखि वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित देशका धेरै क्षेत्रमा पानी परिरहेको भए पनि पश्चिम ...
आषाढ़ १७ गते, २०८३ - ०८:३१
बुटवल। गुल्मीमा जंगली बँदेलबाट बाली जोगाउन थापिएको विद्युतीय पासोमा परेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी वीरेन्द्र...
आषाढ़ १७ गते, २०८३ - ०८:२८
काठमाडौं। संघीय संसदको बैठक सञ्चालनका क्रममा उपसभामुख रुवीकुमारी ठाकुरको भूमिकालाई लिएर सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा बहस चुलिएको छ। बैठक सञ्चा...
आषाढ़ १७ गते, २०८३ - ०८:२७
पुँडीटार र लोकाहाखोला औद्योगिक क्षेत्रका लागि डीपीआर तयार, तर जग्गा भोगाधिकार नपाउँदा निर्माण सुरु हुन सकेन



प्रतिकृया लेख्नुहोस्: