काठमाडौं । आईसीसी टी– २० महिला विश्वकपअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगितामा नेपालले लगातार चौथो जित हासिल गरेको छ । लगातार चौथो जितसँगै नेपाली टोली मलेसियामा जारी उक्त प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । समूहगत चरणमा आफ्नो एक खेल खेल्न बाँकी रहँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।
नेपालले सोमबार खेलिएको आफ्नो चौथो खेलमा कतारलाई नौ विकेटले पराजित गर्यो । त्यसअघि नेपालले आफ्नो पहिलो खेलमा आयोजक मलेसियालाई पाँच रनले हराएको थियो । नेपालले दोस्रो खेलमा बहराइनलाई १० विकेटले पराजित गरेको थियो ।
तेस्रो खेलमा नेपालले बहराइनलाई तीन विकेटले पराजित गरेको थियो । कतारविरुद्दको खेलमा टस जिती नेपालले पहिले बलिङ गर्ने निणर्य लिएको थियो । पहिलो ब्याटिङमा ओर्लिएको कतारले निर्धारित ओभरमा सात विकेट गुमाएर ७४ रन बनायो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १०.३ ओभरमै केवल एक विकेट गुमाएर विजयलक्ष्य पुरा गर्यो ।
नेपाललाई सजिलो जित दिलाउन ओपनर काजल श्रेष्ठले ३२ रनको योगदान गरिन् । उनले २८ बलको सामना गरी चार चौका पनि हिर्काइन् । अर्की ओपनर सीता रानामगरले पनि २३ बलको सामना गरी अवितिज १७ रन बनाइन् । इन्दू बर्माले टोलीको जितमा अविजित २० रनको योगदान गरिन् । उनले केवल १२ बलको सामना गरी तीन चौका पनि हिर्काएकी थिइन् । नेपालले अतिरिक्त रुपमा ६ रन पाएको थियो । नेपालको एकमात्र विकेट कतारकी बलर सबिजा पानायानले लिइन् ।
त्यसअघि पहिलो ब्याटिङ गरेको कतारका लागि साची ढाडवलले सर्वाधिक २१ रन बनाएकी थिइन् । ओपनर एलिना खानले १५ रन बनाइन् । एन्जेलिना मारेले अविजित १४ रन जोडिन् । कप्तान आयषाले टोलीको खातामा १० रन थपिन । नेपाली टोलीकी बलर इन्दु बर्मा एक्लैले तीन विकेट लिइन् । उनले चार ओभरमा केवल १० रन खर्चिएकी थिइन् । कविता जोशी र पूजा महतोले पनि एक—एक विकेट हात पारे । नेपालले समूहगत चरणको अन्तिम खेल संयुक्त अरब इमिरेट्स (यूएई) सँग खेल्नेछ ।
प्रतियोगिताको समूह ‘बी’ मा भने चीन, हङ्कङ, कुवेत, म्यानमार र थाइल्यान्ड रहेका छन् । दुबै समूहको शीर्ष दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल पुग्ने दुई टोलीले टीट्वान्टी महिला विश्वकपका लागि विश्वस्तरीय छनोट प्रतियोगिता खेल्न पाउने छन् । टीट्वान्टी महिला विश्वकप सन् २०२४ मा बंगलादेशमा आयोजना हुँदैछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - १३:२६
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चुनाव गर्दै सरकार सुशासनको अनुभूति गराउन प्रतिबद्ध रहेको बताएका छन्। उनले यो कुरा किताब यात्रा ...
मंसिर २६ गते, २०८२ - १३:२४
काठमाडौँ। नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं–१ बाट निवर्तमान सांसद प्रकाशमान सिंह र बाबुराम आचार्यलाई सिफारिस ...
मंसिर २६ गते, २०८२ - १३:२०
सर्लाही। मलंगवा निवासी ऋणी नथुनी मुखिया बुधबार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह गर्ने प्रयास गरेका छन्। उनले गरिमा...
मंसिर २६ गते, २०८२ - ११:५६
धनगढी। नेपाली कांग्रेसले कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी पूर्वमन्त्री डा. आरजु राणा दे...
मंसिर २६ गते, २०८२ - ११:५१
तनहुँ। भिमाद नगरपालिकाले दूध उत्पादन गर्ने किसानलाई प्रोत्साहन स्वरूप प्रतिलिटर १० रुपैयाँ अनुदान दिने निर्णय गरेको छ। नगरपालिकाले दूध मूल्य पनि तो...
मंसिर २६ गते, २०८२ - ११:४५
काठमाडौँ। बौद्धस्थित हायात रिजेन्सी होटल र कर्मचारीबीच होटल पुनर्निर्माण अवधिभर न्यूनतम पारिश्रमिक उपलब्ध गराउने सहमति भएको छ। २४ भदौमा जेनजी आन्दोलनक...
मंसिर २६ गते, २०८२ - ११:४५
काठमाडौँ। चिसो बढ्दै गर्दा काठमाडौंको न्यूनतम तापक्रम बिहीबार बिहान ५.४ डिग्री सेल्सियस मापन गरिएको छ। यो यस वर्ष काठमाडौँको अहिलेसम्मकै न्यूनतम तापक्...
मंसिर २६ गते, २०८२ - ११:३०
काठमाडौँ। नेपाली कांग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस परिपत्रअनुसार मात्रै गर्न मातहतका पार्टी निकायलाई निर्देशन...
मंसिर २६ गते, २०८२ - ११:२७
मकवानपुर । मकवानपुरमा पछिल्लो समय अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार गर्ने क्रम बढ्दो छ । जिल्लाका विभिन्न स्थानमा अवैध रुपमा नदीजन्य प...
मंसिर २६ गते, २०८२ - १०:५८
धनगढी। दाङको तुलसीपुर उपमहानगर–५ का २७ वर्षीय निरज चौधरीको बर्दिया राजापुरमा हत्या आरोपमा महावीर चौधरी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैल...




प्रतिकृया लेख्नुहोस्: