Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

व्यवस्थित बनाइँदै पोखरा बसपार्क, मोटर पार्टस् र ग्यारेज हटाइए

खबरडबली संवाददाता

कास्की । पोखराको पृथ्वीचोकमा करिब पाँच दशकअघि व्यवस्थित बसपार्कका लागि छुट्याइएको जमिन अतिक्रमणमा परेपछि महानगरपालिकाले यसलाई व्यवस्थित गर्न सुरुआत गरेको छ । बसपार्क अगाडिको सडकमा हुँदै आएको पार्किङ निषेध गरेर गत महिनादेखि बसपार्कभित्रबाटै बस छुट्ने व्यवस्था सुरु गरेको महानगरले अहिले बसर्पाकभित्रका अव्यवस्थित मोटर पार्टस् र ग्यारेज बन्द गराएको हो । 

मोटर पार्ट्स र ग्यारेजलाई यसअघि नै स्थानान्तरणका लागि समय दिइएको थियो । हाल बसपार्क व्यवस्थापनको काम तीव्रगतिमा भइरहेकाले बसपार्ककै जग्गामा सञ्चालित ती मोटर पार्टस् र ग्यारेज बन्द गरिएको महानगरको यातायात व्यवस्थापन समितिका संयोजक एवं वडा नं १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले बताए । 

पर्यटकीय सहर पोखरामा विसं २०३२ मा सुविधासम्पन्न र व्यवस्थित बसपार्क निर्माणका लागि  जमिन छुट्याइए पनि हालसम्म पूर्वाधार बन्न सकेको छैन । पछिल्लो समय बसपार्कभित्रको जमिन समथर बनाउने, खाल्डाखुल्डी पुर्ने पुराना र थोत्रा सवारीसाधन हटाएर सहज बनाइएको तिमिल्सिनाले बताए ।

उनले भने, “महानगरपालिका पोखरा बसर्पाकको व्यवस्थित सञ्चालनका लागि प्रतिबद्ध छ, अहिले सडकबाट छुट्ने सबै गाडीलाई बसपार्कभित्रबाटै छुट्ने/छुटाउने अनिवार्य व्यवस्था लागू गरिएको छ । अहिले बसपार्कको आन्तरिक व्यवस्थापनको काम गरिरहेका छौँ, सोहीअनुरूप बसपार्ककै जग्गा रहेका मोटर पार्टस् र ग्यारेज बन्द गरेका हौँ ।”

बसपार्क व्यवस्थापनमा स्थानीय व्यवसायीले सकारात्मक सहयोग गरिरहेको संयोजक शर्माले बताए । उनका अनुसार बसपार्कभित्र रहेका कवाडी सङ्कलन केन्द्रलाई यही भदौ २२ गतेभित्र स्थानान्तरण गर्न निर्देशन दिइएको छ ।

पृथ्वीचोक बसपार्कलाई थप व्यवस्थित बनाउनका लागि रेलिङ निर्माण गरिएका छन् भने नाला निर्माण सम्पन्न गरी ढलान गर्ने तयारी गरिएको समितिका सदस्य एवं वडा नं ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बताए । बसपार्कको बीच भागमा रहेको टिकट काउन्टर हटाइएको छ भने केही टहरासमेत स्थानान्तरण गरिएका छन् ।

यस कार्यमा पोखरा महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्थापन समिति, यातायात व्यवसायी, नेपाल प्रहरी, नगर प्रहरी र स्थानीय जनप्रतिनिधि निरन्तर लागिरहेका छन् । बसपार्क क्षेत्रमा भइरहेको अतिक्रमणलाई हटाई व्यवस्थित बसपार्क निर्माण गर्ने महानगरपालिकाको योजना रहेको महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए ।

उनका अनुसार त्यस क्षेत्रमा रहेका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई निस्सा वितरणको पहिलो चरणको काम सम्पन्न भइसकेको छ भने अब दोस्रो चरणमा तिनीहरूको व्यवस्थापनको काम सुरु हुनेछ । त्यसपश्चात् बसपार्कमा थप पूर्वाधार निर्माणका काम गरिनेछन् ।

आधुनिक र सुविधासम्पन्न बसपार्क निर्माणका लागि विसं २०३२ मा दुई सय पाँच रोपनी क्षेत्रफल जमिन अधिग्रहण गरिएको थियो । तर अहिलेसम्म बसपार्कका पूर्वाधार बन्न नसक्दा बसपार्क वरिपरिको क्षेत्र कुरुप बनेको छ । बसपार्क बनाउन छुट्याइएको जमिन बर्सेनि अतिक्रमणमा परेको छ । बसपार्कभित्र  पूर्वाधार नबन्दा लामो तथा बजार क्षेत्रभित्र चल्ने सबै बस बसपार्क अगाडिको सडकबाट गन्तव्यका लागि छुट्ने गरेका थिए । पछिल्लो समय भने बसपार्कभित्रैबाट छुट्ने नियम बनाइएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देशका लागि जुनसुकै त्याग गर्न तयार छु : रवि लामिछाने

अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ

नेकपाको र्‍यालीसहित काठमाडौंमा प्रदर्शन, एकता सन्देश सभा सुरु

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्‍यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...

कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला

काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...

शेखर कोइरालाको प्रश्न: पूर्वप्रधानमन्त्रीलाई उपत्यका बाहिर जान नदिएर कस्तो चुनाव गर्न खोजिएको हो

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पूर्वप्रधानमन्त्रीलाई उपत्यका बाहिर जान नदिने निर्णयप्रति आपत्ति जनाउँदै सरकारसँग कस्तो चुनाव गराउ...

रवि लामिछाने आज काठमाडौँ फर्किँदै

काठमाडौँ। तुलसीपुर उच्च अदालतको आदेशअनुसार थुनामुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज काठमाडौँ फर्किने भएका छन्। ...

नेपाली कम्युनिस्ट पार्टीको सन्देश सभा सुरु

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा आज सुरु हुँदैछ। भृकुटीमण्डपमा हुने सभाका लाग...

अमेरिकाद्वारा सिरियामा आईएसविरुद्ध अहिलेसम्मकै ठूलो हवाई आक्रमण

वासिङ्टन डिसी। अमेरिकी सेनाले सिरियामा सक्रिय इस्लामिक स्टेट (आईएस) समूहविरुद्ध अहिलेसम्मकै ठूलो र ‘शक्तिशाली’ हवाई आक्रमण सुरु गरेको छ। आफ्ना सैनि...

मधेशमा अचानक चिसो बढ्यो, शीतलहरको अनुभूति

बर्दीबास। मधेश प्रदेशमा शुक्रबारदेखि एकाएक चिसो बढेपछि शीतलहरको अनुभूति हुन थालेको छ । अघिल्लो दिनसम्म झलमल्ल घाम लागेको महोत्तरीको मौसमले अचानक को...

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन ग...

जेनेरेटरमा कपाल फसेर घाइते भएकी बालिकाको मृत्यु

सप्तरी। सप्तरीको बोदेबर्साइन नगरपालिकामा आयोजित एक विवाह समारोहमा नाच्ने क्रममा जेनेरेटरमा कपाल फस्दा गम्भीर घाइते भएकी एक बालिकाको उपचारका क्रममा मृत...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending