Khabar Dabali ४ जेष्ठ २०८३ सोमबार | 18th May, 2026 Mon
Investment bank

क्रिकेटप्रति सरकारको व्यवहार- हौसला दिने तर पूर्वाधार लगानीमा मुठी कस्ने

खबरडबली संवाददाता

काठमाडौं । “हेलो, क्याप्टेन रोहित! सब ठिक छ नि? तयारी कस्तो छ?”

“सिङ्गै नेपाल सरकार, नेपाली जनता तपाईँहरूको साथमा छ।”

एशिया कप प्रतियोगिताका बेला पाकिस्तानसँगको पहिलो खेलअघि भिडिओ कल गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाली टोलीलाई पाकिस्तानमा अगस्ट ३० मा हुन लागेको खेलको निम्ति मात्र ढाडस दिएनन्, सरकार खेलाडीहरूको साथमा छन् पनि भने।

राष्ट्रपति रामचन्द्र पौडेलले दुवै खेल टेलिभिजनमा हेरिरहेको तस्बिर सार्वजनिक भयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाण्डू महानगरका प्रमुख बालेन्द्र शाह 'बालेन' नेपाली टोलीलाई हौस्याउन श्रीलङ्काको रङ्गशालामै पुगे।

बालेनले मङ्गलवार बिहान आफ्नो फेसबुकमा लामो स्ट्याटस लेख्दै सरकारले काठमाण्डूमा १०० रोपनी जग्गा उपलब्ध गराइदिने हो भने महानगरले रङ्गशाला बनाउन पहल गर्ने घोषणा गरे।

“गजबको कुरा के थियो भने त्यहाँ खेल भइरहेको रङ्गशाला पनि हाम्रो त्रिविको क्रिकेट स्टेडियमजस्तै थियो, केही प्यारपेट र अलि बढी सुविधा। नेपालमा त्यही स्तरको रङ्गशाला जग्गाबाहेक ८०-९० करोडमा नै बन्छ सायद। यसैले नेपाल सरकारले काठमाण्डौ महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाण्डौ महानगरबाट रङ्गशाला बनाउन हामी पहल गर्ने छौँ,” उनले लेखेका छन्।

अरू थुप्रै नेता तथा मन्त्रीहरूले पनि क्रिकेट टोलीको हौसला बढाउने गरी सामाजिक सञ्जालमा टिप्पणीहरू गर्न भ्याए। यस्तो लाग्थ्यो नेपालमा सरकार सञ्चालन गर्नेदेखि लिएर विपक्षमा रहेका सबैलाई क्रिकेटको माया छ र यसको विकासका निम्ति काम गर्न उनीहरू प्रतिबद्ध छन्।

मूलपानीस्थित निर्माणाधीन क्रिकेट रङ्गशालाको मैदान

मूलपानी रङ्गशाला निर्माण अझैसम्म सकिएको छैन

 

तर वास्तविकता त्यस्तो देखिँदैन।

पूर्वाधारको चरम सङ्कट

अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेलाउन पर्‍यो भने नेपाललाई हम्मेहम्मे पर्छ। कीर्तिपुरको सबभन्दा अग्रणी रङ्गशालामा समेत राति खेल्न मिल्ने व्यवस्था भइसकेको छैन।

चितवनमा निर्माणाधीन रङ्गशाला कहिले निजी अभियानबाट बन्ने त कहिले सरकारले जिम्मा लिने भन्दै अड्किएको छ। पोखरा, भैरहवा, धनगढी, कोहलपुर लगायत कैयौँ ठाउँमा कतै सानो रङ्गशाला त कतै मैदान उपलब्ध छन्।

तर अहिलेसम्म अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेलाउन मान्यता पाएको भनेको त्रिभुवन विश्वविद्यालय परिसरको कीर्तिपुर मैदान अनि मूलपानीमा क्रिकेट सङ्घले अभ्यासका लागि भनेर बनाइएको मैदान गरी जम्मा दुई वटा मात्र छन्।

यी दुवै मैदानमा अहिलेसम्म रातिको समयमा खेल्ने सुविधा छैन। “अहिले यति धेरै चर्चा भइरहेको छ नेपाली क्रिकेटको तर दु:ख लाग्छ हाम्रो पूर्वाधारको हालत सम्झँदा,” नेपाल क्रिकेट सङ्घ (क्यान)का कार्यवाहक सचिव दुर्गाराज पाठकले बीबीसीसँग भने।

झन्डै छ महिनाअघि कीर्तिपुरमा भएको खेलमा खराब प्रकाशका कारण खेलको समय पुनर्निर्धारित गर्नु परेको थियो। त्यसपछि भएका चर्चाका माझ प्रधानमन्त्री प्रचण्डले सो मैदानमा राति खेल सञ्चालन गर्न प्रकाशको व्यवस्था मिलाइदिने बताएका थिए।

“तर अहिले त्यो प्रक्रिया नै रद्द भएर बसेको छ। राष्ट्रिय खेलकुद परिषद्ले टेन्डर निकालेको थियो तर केही कुरा अपुग भएको भनेर त्यो टेन्डर रद्द गरिएको छ,” पाठकले भने।

श्रीलङ्कामा नेपाली खेल प्रशंसक

मूलपानीको हकमा पनि खास अन्तर्राष्ट्रिय रङ्गशालाको शैलीमा बनाइने भनिएको मैदानको निर्माण अत्यन्त सुस्त छ जबकि अभ्यासका लागि भनिएको दोस्रो मैदानले चाहिँ यस वर्ष मान्यता पाएको हो।

एक अर्ब रुपैयाँभन्दा धेरै लगानी हुने भनिएको उक्त रङ्गशाला दुई वर्षभित्र बनाइसक्ने भनेर नीति तथा कार्यक्रममा राखिएको भएपनि यसपालि केवल १५ करोड रुपैयाँ मात्र बजेट विनियोजन गरियो।

“त्यति मात्र बजेट राख्दा त अझै सात वर्ष लाग्छ यो बन्न,” पाठकले भने। पूर्वाधारको महत्त्वबारे नेपाली टोलीका पूर्वकप्तान पारस खड्काको भनाइ पनि उस्तै छ। “अबको दिनमा सबभन्दा महत्त्वपूर्ण विषय नै पूर्वाधार हो। त्यो नभईकन अगाडि बढ्न सकिन्न,” खड्काले भने।

जिल्लाजिल्लामा क्रिकेट एकेडमी र मैदान, प्रदेशप्रदेशमा रङ्गशाला अनि काठमाण्डूमा दुईवटा अन्तर्राष्ट्रिय स्तरका रङ्गशाला जस्ता पूर्वाधार बनून् भन्ने क्यानको चाहना छ। पूर्वाधार भएपछि आन्तरिक एवम् अन्तर्राष्ट्रिय प्रतियोगिताहरू नियमित गर्न सकिने क्यानको अपेक्षा छ।

“नत्र त अहिले क्रिकेटका लागि सरकारले गर्ने सहयोग भनेको वर्षको ६० लाख रुपैयाँको बजेटमा आयोजना गरिने प्रधानमन्त्री कप प्रतियोगिता मात्र हो। क्यानलाई खेलकुद परिषद्‍बाट एक पैसा बजेट आउँदैन। हामी त अन्तर्राष्ट्रिय क्रिकेट परिषद् र आन्तरिक स्रोतमै भर पर्नुपरेको छ,” पाठकले गुनासो गरे।

अचेल क्यानले खेलाडीहरूलाई मासिक ६० हजार रुपैयाँ तलब अनि पारिश्रमिकका रूपमा प्रतिखेल १०,००० रुपैयाँ दिने गरेको उनले बताए।

नेपाल र भारतको खेल हेर्दै राष्ट्रपति रामचन्द्र पौडेल

“कार्याविधिअनुसारको पुरस्कार समेत पाइएको छैन। भन्ने बेलामा उहाँहरू धेरै भन्नुहुन्छ तर करिब १७ लाख रुपैयाँजतिको पुरस्कार पनि नपाएर रोकिएको छ।”

पूर्वाधार तथा प्रतियोगिताहरूमा लगानी गर्ने हो भने क्रिकेटले जति प्रभावकारी नतिजा अरूले नदिने पाठक बताउँछन्। 

“एशिया कपको खेलमा पनि हाम्रो टोलीले भारतजस्तो शक्तिशाली टोलीलाई सामना गर्‍यो। यदि हामीसँग धेरै अनुभव भएको भए अझ राम्रो हुन्थ्यो होला। त्यो अनुभव भनेको यस्तै लगानीबिना त प्राप्त हुँदैन।” बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending