Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

क्रिकेटप्रति सरकारको व्यवहार- हौसला दिने तर पूर्वाधार लगानीमा मुठी कस्ने

खबरडबली संवाददाता

काठमाडौं । “हेलो, क्याप्टेन रोहित! सब ठिक छ नि? तयारी कस्तो छ?”

“सिङ्गै नेपाल सरकार, नेपाली जनता तपाईँहरूको साथमा छ।”

एशिया कप प्रतियोगिताका बेला पाकिस्तानसँगको पहिलो खेलअघि भिडिओ कल गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाली टोलीलाई पाकिस्तानमा अगस्ट ३० मा हुन लागेको खेलको निम्ति मात्र ढाडस दिएनन्, सरकार खेलाडीहरूको साथमा छन् पनि भने।

राष्ट्रपति रामचन्द्र पौडेलले दुवै खेल टेलिभिजनमा हेरिरहेको तस्बिर सार्वजनिक भयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाण्डू महानगरका प्रमुख बालेन्द्र शाह 'बालेन' नेपाली टोलीलाई हौस्याउन श्रीलङ्काको रङ्गशालामै पुगे।

बालेनले मङ्गलवार बिहान आफ्नो फेसबुकमा लामो स्ट्याटस लेख्दै सरकारले काठमाण्डूमा १०० रोपनी जग्गा उपलब्ध गराइदिने हो भने महानगरले रङ्गशाला बनाउन पहल गर्ने घोषणा गरे।

“गजबको कुरा के थियो भने त्यहाँ खेल भइरहेको रङ्गशाला पनि हाम्रो त्रिविको क्रिकेट स्टेडियमजस्तै थियो, केही प्यारपेट र अलि बढी सुविधा। नेपालमा त्यही स्तरको रङ्गशाला जग्गाबाहेक ८०-९० करोडमा नै बन्छ सायद। यसैले नेपाल सरकारले काठमाण्डौ महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाण्डौ महानगरबाट रङ्गशाला बनाउन हामी पहल गर्ने छौँ,” उनले लेखेका छन्।

अरू थुप्रै नेता तथा मन्त्रीहरूले पनि क्रिकेट टोलीको हौसला बढाउने गरी सामाजिक सञ्जालमा टिप्पणीहरू गर्न भ्याए। यस्तो लाग्थ्यो नेपालमा सरकार सञ्चालन गर्नेदेखि लिएर विपक्षमा रहेका सबैलाई क्रिकेटको माया छ र यसको विकासका निम्ति काम गर्न उनीहरू प्रतिबद्ध छन्।

मूलपानीस्थित निर्माणाधीन क्रिकेट रङ्गशालाको मैदान

मूलपानी रङ्गशाला निर्माण अझैसम्म सकिएको छैन

 

तर वास्तविकता त्यस्तो देखिँदैन।

पूर्वाधारको चरम सङ्कट

अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेलाउन पर्‍यो भने नेपाललाई हम्मेहम्मे पर्छ। कीर्तिपुरको सबभन्दा अग्रणी रङ्गशालामा समेत राति खेल्न मिल्ने व्यवस्था भइसकेको छैन।

चितवनमा निर्माणाधीन रङ्गशाला कहिले निजी अभियानबाट बन्ने त कहिले सरकारले जिम्मा लिने भन्दै अड्किएको छ। पोखरा, भैरहवा, धनगढी, कोहलपुर लगायत कैयौँ ठाउँमा कतै सानो रङ्गशाला त कतै मैदान उपलब्ध छन्।

तर अहिलेसम्म अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेलाउन मान्यता पाएको भनेको त्रिभुवन विश्वविद्यालय परिसरको कीर्तिपुर मैदान अनि मूलपानीमा क्रिकेट सङ्घले अभ्यासका लागि भनेर बनाइएको मैदान गरी जम्मा दुई वटा मात्र छन्।

यी दुवै मैदानमा अहिलेसम्म रातिको समयमा खेल्ने सुविधा छैन। “अहिले यति धेरै चर्चा भइरहेको छ नेपाली क्रिकेटको तर दु:ख लाग्छ हाम्रो पूर्वाधारको हालत सम्झँदा,” नेपाल क्रिकेट सङ्घ (क्यान)का कार्यवाहक सचिव दुर्गाराज पाठकले बीबीसीसँग भने।

झन्डै छ महिनाअघि कीर्तिपुरमा भएको खेलमा खराब प्रकाशका कारण खेलको समय पुनर्निर्धारित गर्नु परेको थियो। त्यसपछि भएका चर्चाका माझ प्रधानमन्त्री प्रचण्डले सो मैदानमा राति खेल सञ्चालन गर्न प्रकाशको व्यवस्था मिलाइदिने बताएका थिए।

“तर अहिले त्यो प्रक्रिया नै रद्द भएर बसेको छ। राष्ट्रिय खेलकुद परिषद्ले टेन्डर निकालेको थियो तर केही कुरा अपुग भएको भनेर त्यो टेन्डर रद्द गरिएको छ,” पाठकले भने।

श्रीलङ्कामा नेपाली खेल प्रशंसक

मूलपानीको हकमा पनि खास अन्तर्राष्ट्रिय रङ्गशालाको शैलीमा बनाइने भनिएको मैदानको निर्माण अत्यन्त सुस्त छ जबकि अभ्यासका लागि भनिएको दोस्रो मैदानले चाहिँ यस वर्ष मान्यता पाएको हो।

एक अर्ब रुपैयाँभन्दा धेरै लगानी हुने भनिएको उक्त रङ्गशाला दुई वर्षभित्र बनाइसक्ने भनेर नीति तथा कार्यक्रममा राखिएको भएपनि यसपालि केवल १५ करोड रुपैयाँ मात्र बजेट विनियोजन गरियो।

“त्यति मात्र बजेट राख्दा त अझै सात वर्ष लाग्छ यो बन्न,” पाठकले भने। पूर्वाधारको महत्त्वबारे नेपाली टोलीका पूर्वकप्तान पारस खड्काको भनाइ पनि उस्तै छ। “अबको दिनमा सबभन्दा महत्त्वपूर्ण विषय नै पूर्वाधार हो। त्यो नभईकन अगाडि बढ्न सकिन्न,” खड्काले भने।

जिल्लाजिल्लामा क्रिकेट एकेडमी र मैदान, प्रदेशप्रदेशमा रङ्गशाला अनि काठमाण्डूमा दुईवटा अन्तर्राष्ट्रिय स्तरका रङ्गशाला जस्ता पूर्वाधार बनून् भन्ने क्यानको चाहना छ। पूर्वाधार भएपछि आन्तरिक एवम् अन्तर्राष्ट्रिय प्रतियोगिताहरू नियमित गर्न सकिने क्यानको अपेक्षा छ।

“नत्र त अहिले क्रिकेटका लागि सरकारले गर्ने सहयोग भनेको वर्षको ६० लाख रुपैयाँको बजेटमा आयोजना गरिने प्रधानमन्त्री कप प्रतियोगिता मात्र हो। क्यानलाई खेलकुद परिषद्‍बाट एक पैसा बजेट आउँदैन। हामी त अन्तर्राष्ट्रिय क्रिकेट परिषद् र आन्तरिक स्रोतमै भर पर्नुपरेको छ,” पाठकले गुनासो गरे।

अचेल क्यानले खेलाडीहरूलाई मासिक ६० हजार रुपैयाँ तलब अनि पारिश्रमिकका रूपमा प्रतिखेल १०,००० रुपैयाँ दिने गरेको उनले बताए।

नेपाल र भारतको खेल हेर्दै राष्ट्रपति रामचन्द्र पौडेल

“कार्याविधिअनुसारको पुरस्कार समेत पाइएको छैन। भन्ने बेलामा उहाँहरू धेरै भन्नुहुन्छ तर करिब १७ लाख रुपैयाँजतिको पुरस्कार पनि नपाएर रोकिएको छ।”

पूर्वाधार तथा प्रतियोगिताहरूमा लगानी गर्ने हो भने क्रिकेटले जति प्रभावकारी नतिजा अरूले नदिने पाठक बताउँछन्। 

“एशिया कपको खेलमा पनि हाम्रो टोलीले भारतजस्तो शक्तिशाली टोलीलाई सामना गर्‍यो। यदि हामीसँग धेरै अनुभव भएको भए अझ राम्रो हुन्थ्यो होला। त्यो अनुभव भनेको यस्तै लगानीबिना त प्राप्त हुँदैन।” बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा माघ अन्तिम साता बाघ गणनाको तयारी

कञ्चनपुर ।  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले देशभर राष्ट्रिय बाघ गणना सुरु ...

आज झापा-५ का दक्षिणी क्षेत्रमा जाँदै ओली, हरेक वडा कमिटीसँग अलगअलग भेट्ने

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन क्षेत्र नं ५ का दक्षिणी भेगका कार्यकर्तासँग भेटघाट गर्ने भएका छन् ।  जिल्ला पार्टी सचिव...

लामाखेतमा धमाधम नदी नियन्त्रणको काम हुँदै

म्याग्दी। लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ । पोखरास्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले नदी कटान नियन्त्रणको काम थालेको हो । कुश्मा...

तनहुँ, बागलुङ र पाल्पाका यी हुन् महिला उम्मेदवार

तनहुँ । राजनीतिक दलका नेताहरूले समावेशीतालाई आफूहरूले जोड दिएको बताए पनि व्यवहारमा त्यो पूर्ण रूपमा रुपान्तरण भएको छैन । संविधानमा महिलालाई गरिएको ...

सर्लाहीबाट काठमाडौं आउँदै गरेको गाडी मकवानपुरको सिमखोलामा दुर्घटना

बागमती । कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ सिमखोला पुल नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छभने अन्य ...

शून्य लागतमा ८ सय नेपाली श्रमिक मलेसिया जाँदै

काठमाडौं । मलेसियास्थित विद्युतीय सामान उत्पादन गर्ने वेस्टर्न कम्पनीले ८ सय जना नेपाली श्रमिकलाई शून्य लागतमा लैजाने भएको छ। कम्पनीले नेपालबाट लैजाने...

प्रतिनिधिसभा निर्वाचन- आज उम्मेदवारको नामावली प्रकाशन हुँदै, भोलि चुनाव चिह्न प्रदान गरिने

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको नामावली प्रकाशन हुँदैछ। मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा हिजो उजुरी दिने कार्यतालिका थिय...

महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

महोत्तरी ।  प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक रहेको छ ।  चार निर्वाचन क्षेत्र रहेको महोत्तरीमा आगाम...

प्रतिनिधिसभा निर्वाचनः प्रत्यक्षतर्फ दलित समुदायबाट न्यून उम्मेदवार

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित समुदायबाट अत्यन्त न्यून उम्मेदवार रहेका छन् । नेपाली कांग्रेसले बझाङबाट सहमहामन्त्री...

देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम  छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु लाग्ने सम्भाव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending