Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

अझै पुन:स्थापनको पर्खाइमै कञ्चनपुरका मुक्त हलिया

खबरडबली संवाददाता

कञ्चनपुर । निर्धारित पुन:स्थापनाको समयावधि लम्बिँदै जाँदा मुक्त हलियाको बसोबासको उचित व्यवस्थापन हुन सकेको छैन । 

उचित बसोबासको व्यवस्था नहुँदा मुक्त हलिया परिवार नदी तटीय क्षेत्र, सामुदायिक वन नजिक, राजमार्ग छेउमा झुपडी बनाई कष्टकर जीवन बिताउन बाध्य छन् । राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ नेपालका अध्यक्ष ईश्वर सुनारका अनुसार पुन:स्थापनाका साथै शिक्षा, स्वास्थ्य, रोजगारी, दिगो जीविकोपार्जन, सामाजिक सशक्तीकरण र समावेशीकरणसम्बन्धी मुद्दालाई सरकारले विशेष प्राथमिकतामा राखी प्रभावकारीरुपमा कार्यान्वयन गर्न नसक्दा मुक्त भएको १५ वर्ष बितिसक्दा पनि मुक्त हलियाले सम्मानित जीवन व्यतीत गर्न पाएका छैनन् ।  

“कैयौँ मुक्त हलिया परिवार पुन:हलिया बस्न बाध्य छन्”, उनले भने, “केही हलिया परिवार परम्परागत हलियाबाट आधुनिक सहरिया मजदुरका रुपमा परिणत भएका छन्, यस कार्यले साँझ बिहानको छाक टार्नसमेत मुस्किल भएको छ ।” बालबालिका शिक्षाको नैसर्गिक अधिकारबाट वञ्चितसमेत भएका छन् । 

बाध्यकारी श्रमिकका रुपमा कार्य गरिरहेका मुक्त हलियालाई दासत्वबाट मुक्त गरी उनीहरुका आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक अधिकार सुनिश्चित गरी राज्यको मूल प्रवाहमा ल्याई सम्मानित जीवन व्यतीत गर्ने वातावरण कायम गरिनुपर्ने उनले बताए । 

हलिया अधिकारकर्मी हरि श्रीपालीका अनुसार हलिया महासङ्घले सङ्घीय सरकारसँग निरन्तर गरेको वकालत तथा पैरवीका माध्यमबाट मुक्त हलिया, कमैया, कम्लहरी, हरुवाचरुवालगायत अन्य बाध्यकारी श्रमिकका समस्या सम्बोधनका लागि सङ्घीय सरकारले अवस्था अध्ययन गर्न पाँच सदस्यीय वस्तुस्थिति अध्ययन समिति गठन गरेको थियो । 

अध्ययन समितिले पेस गरेको प्रतिवेदनका आधारमा भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मुक्त हलिया, कमैया, कम्लहरी, हरुवाचरुवा पुन:स्थापना कार्यविधि र कार्ययोजना मस्यौदा तयार गरेको छ । उक्त कार्यविधि हालसम्म पारित हुन सकेको छैन । “कार्यविधि र कार्ययोजना तत्काल पारित गरी कार्यान्वय गर्न माग गरेका छौँ”, श्रीपाइलीले भने, “कार्यविधि र कार्ययोजना पारित भएर कार्यान्वयनमा ल्याइएपछि मात्रै मुक्त हलिया पुन:स्थापनका कार्यमा टेवा पुग्छ ।”

संस्थाको अगुवाइमा भएको पैरवीले सुदूरपश्चिम प्रदेशका केही स्थानीय तहहरुले मुक्त हलिया पुन:स्थापन कार्यविधि पारित गरेको उनले बताए । प्रदेश सरकारले चालु आवको नीति तथा कार्यक्रम र बजेटमा थोरै भए पनि मुक्त हलियालाई सम्बोधन गरेको राष्ट्रिय मुक्त हलिया समाजका जिल्ला अध्यक्ष सिवी लुहारले बताए । 

“विनियोजित बजेटको समयमै कार्य प्रारम्भ गरी कार्यान्वयन गर्न माग गर्दछौँ”, उनले भने, “नेपाल सरकार र मुक्त हलियाबीच भएको पाँचबुँदे, १० बुँदे सिफारिस र पाँच सदस्यीय वस्तुस्थिति अध्ययन समितिको प्रतिवेदन तत्काल कार्यान्वयनको प्रक्रियामा लैजान र मुक्त हलिया समुदायको दीगो तथा न्यायोचित पुन:स्थापनका लागि तीनवटै तहका सरकारसँग जोडदार माग गर्दछौँ ।” 

हालसम्म मुक्त हलिया पुन:स्थापनको अवस्था हेर्दा सुदूरपश्चिम र कर्णाली प्रदेशमा नेपाल सरकारबाट प्रमाणिकरण भएका १६ हजार नौ सय ५३ घरधुरीमध्ये १३ हजार पाँच सय ४६ घरधुरीले पुन:स्थापन प्याकेज पाएका छन् । पुन:स्थापन प्याकेज पाएकामध्ये नौ प्रतिशत घरधुरीले पुन:स्थापनको अन्तिम किस्ताबापतको रकम पाउन सकेका छैनन् । अझै २० प्रतिशत मुक्त हलिया पुन:स्थापनको पखाईमा रहेका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिल्ला कारागार कञ्चनपुरमा कैदीबन्दीबीच झडप, अवस्था तनावग्रस्त

काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...

देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...

जेनजी आन्दोलनका घाइते पत्रकारको उपचार सरकारले गर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।  शुक्रबार घाइते पत्रकारलाई न...

केन्द्रीय कमिटीमा ओलीले भने : पार्टी भित्रका असन्तुष्टि मिडियामा गएर नपोख्नु

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्।  ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...

अमेरिकाले एकै दिन गर्याे ७५ नेपाली डिपोर्ट

काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...

बैठकको नेताको मोबाइल फोन बज्दा ओलीले आपत्ति

एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन

जेनजी आन्दोलनका घाइते पत्रकारलाई सम्मान

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...

रवि लामिछालाई भरतपुरबाट गाडिमा रुपन्देही लगिँदै

चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...

बाँसलाई निर्माण सामाग्रीको रुपमा प्रयोग गरौँ : मन्त्री घिसिङ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र  शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...

अमेरिकाले स्थगित गर्याे ‘ग्रीन कार्ड लटरी’

काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending