Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

गुजुमुजु तारको चेपबाट हिउँचुचुरा चिहाउनुपर्दा...

खबरडबली संवाददाता

गण्डकी । अव्यवस्थित तार र पोलबाटमुक्त गर्न सके पोखराको सहरी सौन्दर्य अझ कति खुल्दो हो ! पृथ्वी राजमार्ग हुँदै पोखरा छिर्दा मनमनै उब्जने प्रश्न हो यो । गुजुमुजु तारको चेपबाट हिउँचुचुरा चिहाउनुपर्दा कस्को आँखा बिझाउँदैन होला र ! हुन त बिजुलीका पोल र तार मात्र नभइ अरु थुप्रै मानव निर्मित संरचना र गतिविधि पनि प्रकृतिमय पोखराका चुनौती हुन् । यसले स्वच्छ र हराभरा पोखराको सुन्दरतामा आँच पुर्याइरहेका छन् ।

सहरभित्र पैदल हिँड्दा होस् या गाडी चढ्दा । सडक छेउछाउ देखिने तारको जालो, जीर्ण भई ढल्केका पोल र अस्तव्यस्त संरचनाले पर्यटकीय सहर पोखरालाई नै विरुप बनाइरहेका छन् । पोलमा गुजुल्टिएका प्रयोगविहीन तार हटाउने पोखरा महानगरको योजना अलपत्र छ । नेपाल विद्युत् प्राधिकरणको तार भूमिगत गर्ने आयोजना पनि गतिहीन बनेको छ ।

प्राधिकरणकै सव स्टेशन रहेको पोखरा–१० कुँडहरदेखि अमरसिँहचोक, बुद्धचोक हुँदै पृथ्वीचोकसम्म सबैभन्दा भद्रगोल छ । कतै सडककै बीचमा पोल छन् । कहीँ लडेका छन् । तार भूइँसम्मै लत्रिएको छ । मुख्य राजमार्गबाहेक भित्री सडक र चोकमा पनि अवस्था उही छ । पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले पुराना पोल र तारको व्यवस्थापन नहुँदा पैदल यात्रुलाईसमेत बाधा पुगिरहेको बताए । “पोल नै ढाकिने गरि तार गुजिल्टिएको छ”, उहाँले भन्नुभयो, “कतै भूइँसम्मै तार लत्रिएको हुन्छ, कुन तार के को हो छुट्ट्याउन पनि सकिन्न, हिँड्दा पनि जोखिम छ ।”     
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले सहरी पूर्वाधार पर्यटनमैत्री हुनुपर्ने बताए । “पोखरालाई पर्यटनको राजधानी घोषणा गर्नुपर्ने माग उठिरहेको छ, यसको सौन्दर्यीकरणमा हामी सबै लाग्नुपर्छ”, उहाँले भने, “तत्कालै सबै तार भूमिगत गर्न नसके पनि पुराना पोल र प्रयोगविहीन तार हटाउनुपर्छ ।” उनले सडक र पैदल मार्गको स्तरोन्नतिमा पोखरा महानगरसहित सम्बद्ध निकायको ध्यान जानुपर्ने बताउनुभयो । पर्यटकीययाम सुरु हुनै लागेकाले पोखरा भित्रने सडकमा रहेका खाल्डाखुल्डी पुर्नेदेखि सहरलाई सफासुग्घर राख्नुपर्ने अध्यक्ष श्रेष्ठले बताए ।

डाँडाकाँडा उक्लेर हिमाल र तालतलैया हेर्न मात्र पर्यटक पोखरा नआउने भन्दै उहाँले भित्री सहरलाई पनि पर्यटनमैत्री हिसाबले विकास गर्नुपर्ने धारणा राखे । प्राधिकरणको पोखरा वितरण केन्द्रका प्रशासन प्रमुख प्रदीप भुवाजीले पुराना पोल र तार हटाउन सुरु गरिएको बताए । “पोखरामा ४० वर्षअघिको विद्युत् लाइन छ, पुरानो विस्थापित गरेर नयाँ राख्नुपर्ने अवस्था छ”, उनले भने, “महानगर र प्रदेश सरकारसँग मिलेर यो कामलाई अगाडि बढाउँदैछौँ ।” 

उपभोक्ताबाट छ हजार बढी पोलको माग आएको प्रमुख भुवाजीले उल्लेख गर्नुभयो । पोखरा उपत्यकाभर पुराना पोल र तार विस्थापनका लागि ठूलो बजेट चाहिने उनको भनाइ छ । “बजेट प्रस्ताव गरेर केन्द्रमा पठाएका छौँ, बजेट कति आउँछ सोही अनुसार यो वर्षको कामको योजना बन्छ”, प्रमुख भुवाजीले भने । 

विद्युतीय दुर्घटना न्यूनीकरणका लागि जीर्ण विद्युत्का पोल र गुजुल्टिएका तार हटाउन अत्यावश्यक भइसकेको उनको भनाइ छ । अव्यवस्थित तार र पोलका कारण हुने दुर्घटनाबाट मानिसले ज्याउन गुमाउनुपर्ने स्थिति छ । सवारीसाधन पोलमा ठोक्किँएर र करेन्ट लागेर त्यस्ता दुर्घटना हुने गरेका छन् । पोखरा वितरण केन्द्रअन्तर्गत विद्युत्का ९४ हजार एक सय ६५ ग्राहक छन् । 

वितरण केन्द्रका आधारमा यो देशकै सबैभन्दा धेरै ग्राहक सङ्ख्या हो । प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख इञ्जिनीयर आनन्द सुवेदीले पोखराको मुख्य राजमार्ग र पर्यटकीय गतिविधि हुने केही ठाउँमा तार भूमिगत गर्न सुरु गरिएको बताए । ठेक्का अवधि सकिन लाग्दा तार विछ्याउने कामले गति लिन सकेको छैन । गत वैशाखदेखि तार विछ्याउन सुरु गरिए पनि आयोजनाको प्रगति भने निराशाजनक छ । दुई वर्षमा सक्ने गरी भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले विसं २०७८ माघमा निर्माणको जिम्मा पाएको थियो ।

ठेक्का सम्झौता भएको १५ महिनामा गत वैशाख तेस्रो सातादेखि काम सुरु भएकामा हालसम्मको भौतिक प्रगति पाँच प्रतिशतभन्दा न्यून छ । आयोजना प्रमुख सुवेदीले जमिनको बनावटका कारण काममा ढिलाइ भएको बताए  । “पोखरामा भूगर्भको अवस्थिति प्रक्षेपण गरेभन्दा फरक पाइयो, बढी चट्टानी जमिन भएकाले उपकरणले नै काम गरेन”, उनले भने, “उपकरणदेखि कामको पूर्वयोजना र डिजाइन नै परिमार्जन गर्नुपर्ने अवस्था आयो ।” 

अहिले उच्च क्षमताको उपकरण ल्याएपछि काम सुरु गरिएको प्रमुख सुवेदीले बताउनुभयो ।“प्राविधिक कारणले भौतिकतर्फको काममा ढिलाइ भएको हो, यही बीचमा वर्षातको बेला पनि भयो, अब आयोजनाले गति लिन्छ”, उहाँले भन्नुभयो, “पोखरा–१० कुँडहर र पोखरा–६ लेकसाइड क्षेत्रमा तार विछ्याउने काम भइरहेको छ, निर्धारित समयमा निर्माण पूरा हुन नसकेपनि छिटोभन्दा छिटो काम सक्ने गरी हामी खटिएका छौँ ।” 

कुँडहरदेखि जिरो किमीसम्मको मुख्य राजमार्ग, सिर्जनाचोक, राष्ट्रबैंकचोक, लेकसाइड, सभागृहचोक, न्यूरोड, चिप्लेढुङ्गागायतका क्षेत्रमा तार भूमिगत गरिने भएको हो । मुख्यदेखि सहायक सडकसम्मै तार विछ्याइने आयोजनाले जनाएको छ । विद्युत् लाइनसँगै टेलिफोन, केबल र इन्टरनेटका तारका लागि अप्टिकल फाइबर पनि विच्छ्याइनेछ ।

“विद्युत्सँगै केबल र दूरसञ्चार सेवा प्रदायक संस्थाका तार पनि एकैसाथ भूमिगत गरिन्छ, अहिले भएको ओभरहेड प्रणालीका सबै तार हट्छन्”, आयोजना प्रमुख सुवेदीले भने ।” पोखरामा मात्र तार भूमिगत र वितरण प्रणाली सुदृढीकरणमा रु एक अर्ब ३० करोड खर्च हुने प्राधिकरणले जनाएको छ ।

प्रमुख सुवेदीले पोखरा उपत्यकाभरको तार जमिनमुनि विछ्याउन पाँच अर्बभन्दा बढी बजेट चाहिने बताउनुभयो । “तार भूमिगत महँगो परियोजना हो, एकैसाथ ठूलो लगानी गर्न सरकारले पनि सक्दैन, प्रभाव र उपयोगिता हेरेर पोखराका अरु ठाउँमा पनि यो काम विस्तार हुन्छ”, उनले भने ।   

तार विछ्याएपछि ग्राहकको घरघरमा बिजुली पुर्याउने काम पनि प्राधिकरण नै गर्ने जनाइएको छ । प्राधिकरणले सडकमा न्यून क्षति हुने गरी तार विछ्याउने प्रविधि प्रयोग गर्दै आएको छ । ‘होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधिबाट सडक खनेर तार भूमिगत गरिने आयोजना प्रमुख सुवेदीले बताए ।

यात्रु र यातायातका साधनको आउजाउमा बाधा नपुग्ने गरी निर्माणका काम भइरहेको उनको भनाइ छ । तार भूमिगत गरेपछि ठाउँ–ठाउँमा ट्रान्सफर्मर राखेर ग्राहकका घरघरमा बिजुली पुर्याइने प्राधिकरणले जनाएको छ । तार विछ्याउने अभ्यास विश्वभर नै रहेपनि नेपालमा भने भर्खरभर्खर यो काम अगाडि बढेको हो । 

काठमाडौँ, पोखरा, भरतपुर जस्ता ठूला सहरमा तार विछ्याउने काम भइरहेको छ । भूमिगत तार बढी क्षमतायुक्त र भरपर्दो हुने बताइन्छ । महँगो प्रणाली भए पनि ग्राहकको बढ्दो माग र बिजुलीको चाप थेग्न भूमिगत प्रणालीमा जानुपर्ने आयोजना प्रमुख सुवेदीले बताए ।     

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

बढ्यो अमेरिकी डलरको मूल्य, अन्यकाे कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।  आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...

विप्लव समूहको कम्युनबाट भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद

अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...

निर्वाचनको गाँठो फुकाउन प्रधानमन्त्री कार्कीको पहल, आज तीन दलका शीर्ष नेतासँग निर्णायक छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...

आज काठमाडौंका यी क्षेत्रमा बिजुली कटौती

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...

प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...

नेकपा ओखलढुंगामा उम्मेदवारी सिफारिसमा विवाद, १५ जनामा कसले पाउला टिकट ?

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending