Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

दशैं अघि मेलम्चीको पानी काठमाडौं आउँदैनः कार्यकारी निर्देशक श्रेष्ठ

खबरडबली संवाददाता

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले मेलम्चीको पानी दसैँअघि  काठमाडौँ उपत्यकामा  वितरण गर्न नसकिन बताएका छन् । 

काठमाडौँमा पानी पठाउने मुख्य स्थान एक नम्बर गेट र पानी खोल्ने र बन्द गर्ने नौ नम्बर गेटबाहिर बाढीले ढुङ्गा, माटो थुपारेका कारण दसैँअघि पानी लैजान सकिने सम्भावना कम रहेको उनले बताए ।

ढुङ्गा, माटोले के कति पुरिएको छ भन्ने बर्सात सकिएपछि मात्रै थाहा हुने उनले बताउँदै उनले अहिले मुहान क्षेत्रमा पुग्न सक्ने अवस्था नरहेकेा बताए । प्राविधिकहरूको भनाइ अनुसार १६ मिटरभन्दा बढी हेडवक्र्स र सुरुङको मुख वरपर ढुङ्गा, माटो र गेग्य्रान थुप्रिएको  श्रेष्ठले बताए ।

बाढीले सडक र गोरेटो बाटो बगाएको काराण के-कति क्षति पुर्याएको अवलाेकल गर्न मुहानस्थलको तीन सय मिटर टाढाबाट ड्रोन क्यामराको प्रयोग गरिएको  थियाे । उक्त क्षतिबारे मुख्य ऋणदाता एसियाली विकास बैङ्कलाई जानकारी गराइसकिएको आयोजनाले जनाएको छ । 

भेमाथाङ पहिरोको लेदो, माटो, ढुङ्गासहित आएको बाढीले क्षति पुगेको हेडवक्र्स अस्थायी मर्मत गर्न दुई महिनाभन्दा बढी समय लाग्ने भएकाले दसैँअघि उपत्यकामा पानी पठाउन मुस्किल हुने निर्देशक श्रेष्ठले बताए ।

मेलम्चीको जलाधार क्षेत्रमा धमिलो पानीसहितको बाढी आएपछि असार १८ गतेदेखि आयोजनाको हेडवक्र्सबाट सुरुङमा पानी हाल्न रोकिएको छ । आयोजनाले सुरुङमा पानी पठाउन रोकेका कारण ठुलो क्षति नभएको आयोजनाले जनाएको छ । सुरुङको मुखमा ठुला फलामे पाता राखेर पानी पठाउन रोकिएको छ ।

आयोजनाका इन्जिनियर पदम कुँवरले बाढीसहित आएको माटो, ढुङ्गाको गे्रग्य्रानले गेट पुरिएको र गत वर्षको भन्दा अहिलेको क्षति बढी भएको जानकारी दिए । सतहमुनि रहेको संरचनाको अवस्था के छ भन्नेबारे अहिलेसम्म खोतलेर हेर्न नसकिएको सो आयोजनाले जनाएको छ ।  मेलम्चीको पानी पहिलो पटक २०७७ फागुन २२ गते सुन्दरीजलमा पुर्याइएको थियो ।

त्यही वर्षको चैत १५ गतेदेखि परीक्षणस्वरूप काठमाडौँमा पानी वितरण गरिएको थियो तर २०७८ असार १ गतेको बाढीले क्षति पु९याएपछि पानी वितरण बन्द भएको थियो । बाढीले क्षति पुगेको मुहान क्षेत्र र अन्य संरचना मर्मत सुधार गरेर २०७८ चैत अन्तिम साताबाट फेरि पानी वितरण गरिँदै आएको थियो   मेलम्ची आयोजनामा ६५ अर्ब रुपियाँ लगानी भइसकेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विप्लव समूहको कम्युनबाट भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद

अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...

निर्वाचनको गाँठो फुकाउन प्रधानमन्त्री कार्कीको पहल, आज तीन दलका शीर्ष नेतासँग निर्णायक छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...

आज काठमाडौंका यी क्षेत्रमा बिजुली कटौती

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...

प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...

नेकपा ओखलढुंगामा उम्मेदवारी सिफारिसमा विवाद, १५ जनामा कसले पाउला टिकट ?

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...

नेकपा सिन्धुलीमा प्रचण्डदेखी पानीराजसम्म सिफारिस

सिन्धुली । सिन्धुली- २ बाट नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम प्रत्यक्षतर्फ उम्मेद्वारका रूपमा सिफारिस गरिएको छ । फागुन २१ गते निर्धारित प्...

भिजिट भिसा सेटिङ प्रकरणमा जाेडीएका उपसचिव तिवारीकाे पर्वतमा सरुवा

अख्तियार अनुसन्धानको क्रममा प्रशासनिक सरुवा, म्याग्दीबाट जगेडा हुँदै नयाँ जिम्मेवारीमा

कांग्रेस–एमालेबीच सहकार्यको तयारी : राष्ट्रिय सभा निर्वाचनलाई केन्द्रबिन्दु बनाउँदै

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच गठबन्धन र एकताको प्रयास जारी रहँदा संसद् विघटनपछि कांग्रेस र एमाले पनि निरन्तर संवादमा रहेका छन्। विशेषगरी आग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending