Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

कांग्रेस–एमालेबीच सहकार्यको तयारी : राष्ट्रिय सभा निर्वाचनलाई केन्द्रबिन्दु बनाउँदै

खबरडबली संवाददाता

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच गठबन्धन र एकताको प्रयास जारी रहँदा संसद् विघटनपछि कांग्रेस र एमाले पनि निरन्तर संवादमा रहेका छन्। विशेषगरी आगामी राष्ट्रिय सभा निर्वाचनलाई मध्यनजर गर्दै दुवै दलका शीर्ष नेताहरू भेटघाटमा सक्रिय छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो समय पटक–पटक औपचारिक तथा अनौपचारिक भेटहरू गरेका छन्। १० मंसिरमा पहिलो भेट भइसकेको थियो भने ७ पुसमा दोस्रो भेट भएको थियो। यसमा एमाले महासचिव शंकर पोखरेल र कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता रमेश लेखकलगायतको सहभागिता रहेको थियो।

भेटघाटको प्रमुख विषय चुनावी गठबन्धन रहेको बुझिएको छ। राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता मिति नजिकिँदै गर्दा यी छलफल तीव्र बनेका हुन्। राष्ट्रिय सभाका कांग्रेस संसदीय दलका प्रमुख सचेतक कृष्ण बहादुर रोकायाका अनुसार छलफल तीन कोणबाट भइरहेको छ:

कांग्रेस–एमालेबीच तालमेल

एक्लै चुनाव लड्ने विकल्प

प्रमुख शक्ति सबै मिलेर भागवण्डा गर्ने विकल्प

सहकार्य आवश्यक रहेको तर्क दिदै कांग्रेस र एमाले दुवै पक्षले भविष्यमा राजनीतिक स्थिरता र प्रभावकारी निर्णयका लागि सम्बन्ध निरन्तरता आवश्यक रहेको बताएका छन्। कांग्रेस नेता श्यामकुमार घिमिरेका अनुसार, ‘नयाँ शक्ति एक भए पनि हामी आत्तिनु पर्दैन। गठबन्धन संसारभर चुनावी अभ्यास हो र नेपालमा पनि स्वाभाविक छ।’

एमालेका निवर्तमान प्रमुख सचेतक महेश बर्तौलाले भने, ‘हामीले राष्ट्रिय सभा निर्वाचनमा कांग्रेससँग सहकार्य गर्नुपर्छ भन्ने अवस्था विकास भए सहज मान्छौँ। कांग्रेस बाहेक अरुसँग मिलेर अगाडि बढ्ने अवस्था अहिले छैन।’

हालको राजनीतिक संरचनामा, कांग्रेस र एमाले मधेश प्रदेशबाहेकको सबै प्रदेश सरकारमा सहभागी छन्। बाँकी प्रदेशहरूमा गठबन्धन र सहकार्यको विकल्प राजनीतिक परिदृश्य अनुसार निर्णय हुने देखिन्छ।

सहकार्य गर्दा समाजमा उत्पन्न हुन सक्ने प्रश्न र औचित्य पुष्टि गर्ने विषय अझै पूर्णरूपले टुंगोमा पुगिसकेको छैन। विगतमा यी दुई दलले सरकार सञ्चालन गर्दा संविधान संशोधन, भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनामा सहकार्य गरेका थिए।

त्यसैले हालको भेटघाट र छलफलले राष्ट्रिय सभा निर्वाचनलाई प्राथमिकता दिँदै, राजनीतिक स्थिरता र आगामी चुनावी रणनीतिमा तालमेल कायम गर्ने प्रयासलाई केन्द्रमा राखेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उत्तर कोरियाद्वारा अमेरिकासम्म पुग्ने मिसाइलको तयारी तीव्र

काठमाडौं। उत्तर कोरियाले आफ्नो रणनीतिक सैन्य क्षमता विस्तार गर्ने दिशामा अर्को महत्त्वपूर्ण कदम चाल्दै उच्च–थ्रस्ट ठोस इन्धनयुक्त क्षेप्यास्त्र इन्जिन...

रवि लामिछानेको मुद्दा पूर्ण इजलासमा पठाउन आदेश

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद...

महेश बस्नेतको मोबाइल स्वीच अफ, पक्राउको चर्चा अस्वीकार

काठमाडौं । महेश बस्नेतलाई सादा पोशाकका प्रहरीले पक्राउ गर्न खोजेको तथा उनी मोबाइल स्वीच अफ गरेर भूमिगत भएको चर्चा सामाजिक सञ्जालमा फैलिएको छ। तर, प्रह...

मन्त्रीहरू पुल्चोक क्वाटरमा सर्ने तयारीपछि न्यायाधीशहरू नैतिक संकटमा

काठमाडौं । सरकारले नवनियुक्त मन्त्रीहरूलाई ललितपुरको पुल्चोकस्थित सरकारी क्वाटरमा व्यवस्थापन गर्ने तयारी थालेपछि त्यहाँ बसोबास गरिरहेका केही न्यायाधीश...

संगठन हटाउने योजनाप्रति विद्यार्थी नेताहरूको आपत्ति

काठमाडौं । बालेन साह नेतृत्वको सरकारले विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने योजना सार्वजनिक गरेपछि विद्यार्थी नेताहरूले आपत्ति ज...

आगामी बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने सङ्केत

काठमाडौँ । नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाको प्रारम्भिक चरणअन्तर्गत विषयगत मन्त्रालयसँग छलफल सुरु गरिएको छ । अर्थ मन्त...

लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बझाङ...

भित्र छिर्न नदिएको आक्रोशमा एमाले कार्यकर्ताले कुटे गेटपाले

काठमाडौँ । बबरमहलस्थित सरकारी कार्यालय परिसरमा प्रहरीसँगको झडपका क्रममा भएको भागदौडपछि भित्र छिर्न खोज्ने एमाले कार्यकर्ताको आक्रमणबाट एक गेटपाले घाइत...

कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार बिहान सम्पत्ति शुद्धीकरण विभागको पत्रका ...

इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न निर्देशन दिएको छ । विद्यालय तहका विभिन्न कक्षा ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending