Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

सुनसरीकाे धरान देखी धनकुटाकाे राजारानी जोड्ने सडक अलपत्र

खबरडबली संवाददाता

सुनसरी ।  धरान वडा नम्बर १५ स्थित निराजन बस्ती हुँदै धनकुटाको राजारानी जोड्ने सडक अलपत्र बनेको छ  । धरानकै दुर्गम मानिएका धरान ४ को दानावारी, हर्दिया, तेलनपुर लगायतका गाउँलाई शहर सँग जोड्न २०७५ सालमा सडक उदघाटन गरिएको थियो  ।

दुई वर्ष भित्र १७ किलोमिटर सडक निर्माण सक्ने ठेक्का लागे पनि सडक निर्माण कार्य अहिले अलपत्र बनेको छ  । समयमै सडक सम्पन्न भए धरान ४ का स्थानीय उत्पादनलाई बजारीकरण गर्न शहरमा अध्ययन गर्न सहज हुने स्थानीयले विश्वास लिएका थिए  । ५ वर्ष सम्म पनि सडक निर्माण नहुँदा स्थानीयले समस्या भोग्नुपरेको छ  । तत्कालिन प्रदेश १ (क) तर्फका प्रदेश सांसद तथा सभामुख प्रदिप भण्डारीको पहलमा प्रदेश सरकारले बजेट विनियोजन गरेको थियो  ।

भण्डारीले उक्त सडकको शिलान्यास गरेका थिए  । दुई वर्षमा सडक सम्पन्न गरिसक्ने भन्दै लुम्बिनी गजुरमुखी गैरफेन्ज कम्पनिले ठेक्का लिएको थियो  । पछिल्लो समय सडक निर्माण गर्न पेटि ठेक्का इन्दु तुमाम्फेले लिएका थिए  । पेटि ठेक्का लगाए पनि सडकको काम २० प्रतिशत पनि नभएको ४ का वडाअध्यक्ष धन बहादुर राईले बताए  ।

दुई वर्ष भित्र निर्माण गरिसक्ने भन्दै ठेक्का लागेको सडक ४९ करोड बजेट प्रदेशले टेन्डर लगाएको थियो । ३० फिटको बाटो निर्माण गरिने भनिए पनि २१ फिट पिच हुने सम्झौता भएको अध्यक्ष राईले बताए । प्रदेश सरकार सँग समेत बारम्बार सडक निर्माणको काम ढिलाईको विषयमा जानकारी गराउँदा चासो नदेखाएको राईले बताए  ।

उनले भने, ‘सरकारको समेत कमजोरी देखिएको छ, ३५ प्रतिशत बिलोमा टेन्डर राखेर ठेकेदारलाई ६५ प्रतिशतमा दिएर १ सय प्रतिशतको काम गर्न लगाउने सिस्टम छ, ठेकेदारले आफुलाई नाफा राखेर काम गर्न खोज्दा कमसल मात्रामा सामान प्रयोग गरेर बनाउदा सडकको बनेको डूेनहरु समेत भत्किएको छ ।’

मन्त्रालयबाटै टेण्डर लागेको हुनाले वडाले अनुगमन समेत गर्न नमिले पछि सडक सुस्त तरिकाले निर्माण भएको उनले बताए  । उनका अनुसार सडक निर्माणको लागि प्रदेश सरकारको भौतिक पुर्वाधार मन्त्रालयबाट ४ बर्ष अघि टेन्डर लगाएको थियो  । ठेक्का समयावधि सकिएको दुई बर्ष वितिसक्दा समेत सडकले कुनै नयाँ रुप लिन नसक्दा स्थानीयवासिहरुलाई निकै समस्या बनाएको अध्यक्ष राई बताउँछन्  ।

बाटो डोजर लगाएर त्यसै छाडिएको छ  । बर्खामा पहिरो जाने, बाटो भत्किदा दैनिक आवश्यक पर्ने खाद्यान ल्याउन समेत निकै कष्टकर हुने गरेको श्री गाउँका किशोर राई बताउँछन्  । उनले भने, ‘बाटो निर्माण शुरु हुँदा एक किसिमको खुशि ल्याएको थियो । गाउँमा उत्पादन भएका सब्जीहरु बजार सम्म पुर्याएर व्यवसाय गर्ने, उत्पादन भएको सामाग्रीहरुको बजारीकरण गर्न सकिने थियो, त्यो सपना अधुरो नै रह्यो  ।’

गाउँमा उपचारको लागि सामान्य औषधी लिन समेत धरान आउनु पर्ने हुँन्छ  । वर्षामा पहिरो जाँदा बाटो अबरुद्ध हुँदा ज्यान नै जोखिममा पर्ने गरेको छ  । घन्टौ लगाएर बजार पुर्याउनु पर्ने बाध्यता रहेको राईको गुनासो छ  । वडा नम्बर ४ मा प्राथमिक र निमावि सम्म मात्रै पढाइ हुने भएकाले उक्त क्षेत्रमा विद्यार्थीहरु अध्ययन गर्न धराननै आउनुपर्ने बाध्यता छ  ।

दानावारी, हर्दिया, तेलनपुर र ढाँडेका विद्यार्थीहरु मावि तहको शिक्षा लिन यातायातको साधन ओहोरदोहोर गर्न नसक्ने भए पछि सकस भएको राईले बताए  । सडक समयमा निर्माण हुन सके धरानको वडा नम्बर ४ लगायत मोरङ, धनकुटाका धेरै ठाउँको विकास र कृषि उत्पादन बजार सम्म ल्याउन सकिन्थ्यो  ।

बाटो निर्माण समयमा नहुँदा स्वास्थ र शिक्षा र कृषि समेत असर पुगेको हर्दियाका पदम राईले बताउँछन्  । सडक धरान १५ को निराजन बस्ती हुँदै धरान वडा नम्बर ५ देविगाँउ, वडा नम्बर ४ को पत्रङवारी, श्री गाउँ, दानाबारी, हर्दिया, शेर्गे, तेलनपुर, ढाडे र मोरङको ओखरे, धनकुटाको राजारानी, टाकुरे याङशिला हुदै सतिघाट जोडने उद्देश्यले निर्माण शुरु गरिएको थियो  ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विप्लव समूहको कम्युनबाट भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद

अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...

निर्वाचनको गाँठो फुकाउन प्रधानमन्त्री कार्कीको पहल, आज तीन दलका शीर्ष नेतासँग निर्णायक छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...

आज काठमाडौंका यी क्षेत्रमा बिजुली कटौती

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...

प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...

नेकपा ओखलढुंगामा उम्मेदवारी सिफारिसमा विवाद, १५ जनामा कसले पाउला टिकट ?

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...

नेकपा सिन्धुलीमा प्रचण्डदेखी पानीराजसम्म सिफारिस

सिन्धुली । सिन्धुली- २ बाट नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम प्रत्यक्षतर्फ उम्मेद्वारका रूपमा सिफारिस गरिएको छ । फागुन २१ गते निर्धारित प्...

भिजिट भिसा सेटिङ प्रकरणमा जाेडीएका उपसचिव तिवारीकाे पर्वतमा सरुवा

अख्तियार अनुसन्धानको क्रममा प्रशासनिक सरुवा, म्याग्दीबाट जगेडा हुँदै नयाँ जिम्मेवारीमा

कांग्रेस–एमालेबीच सहकार्यको तयारी : राष्ट्रिय सभा निर्वाचनलाई केन्द्रबिन्दु बनाउँदै

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच गठबन्धन र एकताको प्रयास जारी रहँदा संसद् विघटनपछि कांग्रेस र एमाले पनि निरन्तर संवादमा रहेका छन्। विशेषगरी आग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending