Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

बैतडीमा स्वास्थ्य बीमामा सर्वसाधारणको पहुँच बढ्दै

खबरडबली संवाददाता

बैतडी । बैतडीमा स्वास्थ्य बीमा गर्नेको सङ्ख्या बढ्दै गएको छ । स्वास्थ्य बीमाको फाइदाका बारेमा जानकारी प्राप्त भएपछि स्वास्थ्य बीमामा आकर्षण बढ्दै गएको हो ।

यहाँ सात वर्षको अवधिमा ३३ हजारभन्दा बढी परिवार स्वास्थ्य बीमामा आबद्ध भएका छन् । जिल्लामा विसं २०७३ देखि स्वास्थ्य बीमा कार्यक्रम सुरु भएकामा हालसम्म ३३ हजार दुई सय १७ परिवार आबद्ध भएका हुन् ।

स्वास्थ्य बीमा बोर्ड कार्यालय बैतडीका प्रमुख जमन बडालका अनुसार तीन हजार चार सय ८६ परिवारमात्रै शुल्क तिरेर कार्यक्रममा आबद्ध भएका छन् भने अन्य परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिएको छ । उनले भने, “निःशुल्क स्वास्थ्य बीमा गरिनेमा ज्येष्ठ नागरिक, एचआइभी सङ्क्रमित, कुष्ठरोगी, अपाङ्गता भएका व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका रहेका छन् । उहाँहरूको सरकारले नै बीमावापत लाग्ने शुल्क बोर्डलाई तिरिदिन्छ ।”

यस्तै २६ हजार सात सय ४० परिवार ज्येष्ठ नागरिक, ९क० वर्गका अपाङ्गता भएका व्यक्ति एक हजार ४४ परिवार,  तीन सय एक एचआइभी सङ्क्रमित, ५४ कुष्ठरोगी, एक सय २२  एमडीआर टिभी भएका र सात सय ३५ महिला स्वास्थ्य स्वयंसेविकाका परिवार स्वास्थ्य बीमामा आबद्ध रहेका छन् ।

स्वास्थ्य बीमामा आबद्ध हुन चाहने नागरिकले पाँच जनासम्मको परिवार सदस्यका लागि वार्षिक तीन हजार पाँच सय प्रिमियम तिर्नुपर्ने र त्योवापत एक लाख बराबरको उपचार निःशुल्क पाइने गरेको छ । पाँच जनाभन्दा बढी सदस्य भएको परिवारले प्रतिसदस्य सात सय ५० थप प्रिमियम बुझाउनुपर्ने र उनीहरूले थप २० हजारका दरले उपचार सुविधा पाउने गरेका बोर्डले जनाएको छ ।

स्वास्थ्य बीमामा आबद्ध भएका नागरिकले सूचीकृत स्वास्थ्य संस्थाबाट निःशुल्करूपमा उपचार सेवा पाउने गरेका छन् । बैतडीमा जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र पाटन र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र सूचीकृत स्वास्थ्य संस्थाका रूपमा रहेका छन् । यी संस्थामा उपचार हुन नसकेमा सिफारिस गरिएका अन्य अस्पतालमा पनि निःशुल्क उपचार हुने गरेको छ ।

गरिब नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्याउनका लागि सरकारले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याएको प्रमुख बडालले बताए । उनले भने, “सरकारको लक्ष्यअनुसार नै हामीले पनि यो कार्यक्रमलाई प्रभावकारीरूपमा अगाडि बढाइरहेका छौँ । यो आर्थिक वर्षभित्र लक्षित परिवार सबै आबद्ध गराउने योजना बनाएका छौँ ।”

स्थानीय नागरिकमा स्वास्थ्यप्रति भएको जनचेतनाको कमी, भौगोलिक कठिनाइका कारण स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारीरूपमा अगाडि बढाउन कठिन भएको जनाएको छ । बैतडीमा विसं २०७३ फागुनदेखि स्वास्थ्य बीमाको सेवा सुरु भएको थियो । स्वास्थ्य बीमा कार्यक्रमका लागि यहाँका १० वटै स्थानीय तहमा गरेर हाल ८३ जना दर्ता सहयोगी  परिचालित छन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विप्लव समूहको कम्युनबाट भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद

अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...

निर्वाचनको गाँठो फुकाउन प्रधानमन्त्री कार्कीको पहल, आज तीन दलका शीर्ष नेतासँग निर्णायक छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...

आज काठमाडौंका यी क्षेत्रमा बिजुली कटौती

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...

प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...

नेकपा ओखलढुंगामा उम्मेदवारी सिफारिसमा विवाद, १५ जनामा कसले पाउला टिकट ?

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...

नेकपा सिन्धुलीमा प्रचण्डदेखी पानीराजसम्म सिफारिस

सिन्धुली । सिन्धुली- २ बाट नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम प्रत्यक्षतर्फ उम्मेद्वारका रूपमा सिफारिस गरिएको छ । फागुन २१ गते निर्धारित प्...

भिजिट भिसा सेटिङ प्रकरणमा जाेडीएका उपसचिव तिवारीकाे पर्वतमा सरुवा

अख्तियार अनुसन्धानको क्रममा प्रशासनिक सरुवा, म्याग्दीबाट जगेडा हुँदै नयाँ जिम्मेवारीमा

कांग्रेस–एमालेबीच सहकार्यको तयारी : राष्ट्रिय सभा निर्वाचनलाई केन्द्रबिन्दु बनाउँदै

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच गठबन्धन र एकताको प्रयास जारी रहँदा संसद् विघटनपछि कांग्रेस र एमाले पनि निरन्तर संवादमा रहेका छन्। विशेषगरी आग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending