काठमाडौँ । सङ्घीय, मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले निजामती कर्मचारीलाई नतिजामुखी काममा लाग्न निर्देशन दिएकी छन् । बीसौँ निजामती सेवा दिवसको अवसरमा मूल समारोह समितिद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विकास, समृद्धि, सुशासनसहित व्यावसायिक र सिर्जनशीलतातर्फ निजामती कर्मचारी लाग्नुपर्नेमा जोड दिइन् ।
निजामती प्रशासनले निर्वाचन सम्पन्न गर्न खेलेको भूमिका, प्राकृतिक र सङ्कटको सफल व्यवस्थापन, राजनीति सङ्क्रमणकालको व्यवस्थापनलगायत क्षेत्रमा सफल भएर प्रमाणित गरिसकेको अवस्थालाई बिर्सन नहुने मन्त्री देवीले बताइन् ।
सङ्घीय प्रशासन प्रणाली थप मजबुत बनाउन सङ्घीय निजामती सेवा ऐनको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै विभिन्न प्राविधिक कारणले ऐन आउन ढिलाइ भइसकेकाले हाल सामान्य प्रशासन मन्त्रालयबाट सङ्घीय निजामती सेवा विधेयकलाई अघि बढाइएको उनले जानकारी दिइन् ।
सो ऐन संसद्बाट पारित भई छिट्टै लागू हुने मन्त्री देवीको भनाइ थियो । उक्त ऐन लागू भइसकेपछि सङ्घीय निजामती मात्रै नभई प्रदेश र स्थानीय तहसम्मका धेरै अन्यौता अन्त्य हुने उनले विश्वास व्यक्त गरिन् । उनले ऐन पारित गर्न सबैसँग सहयोगको अपेक्षासमेत गरिन् ।
सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत राष्ट्रसेवक निजामती कर्मचारीले इममान्दारिता, प्रतिबद्धता, जनमुखी प्रशासनमार्फत मुलुकको समृद्धि र शुसासन हासिल गर्दै देश र जनतालाई सेवा गर्न निर्देशन दिइन् । ‘व्यावसायिक र सिर्जनशील प्रशासन, विकास समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ आज देशैभरि विभिन्न कार्यक्रम गरी निजामती सेवा दिवस मनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २ गते, २०८२ - १७:४३
.काठमाडौं । काठमाडौंमा १ करोड १६ लाख रुपैयाँ नगदसहित दुई युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले भीमढुंगा क्षेत्रबाट दुई जनालाई नियन्त्र...
चैत्र २ गते, २०८२ - १७:०२
काठमाडौं । भ्रष्टाचारको आरोप खेपिरहेका कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसे सँग विशेष अदालत ले पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ। विशेष अदालतक...
चैत्र २ गते, २०८२ - १६:४९
काठमाडौँ। स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबीच समझदारी भएको छ । स्वास्थ्य बिमा सेवालाई प्रविधिमैत्री, सुरक्षित र भरपर्द...
चैत्र २ गते, २०८२ - १६:४३
ओखलढुङ्गा। प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ ओखलढुङ्गाका विजयी र पराजित दुवै प्रमुख उम्मेदवारले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । ...
चैत्र २ गते, २०८२ - १६:२७
काठमाडौँ। छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नेपाल शे...
चैत्र २ गते, २०८२ - १६:२०
काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख लेफ्टिनेन्ट जनरल जोएल भोवेलले भेटवार्ता गरेका छन् । सैनिक म...
चैत्र २ गते, २०८२ - १६:१४
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।आज नेप्से परिसूचक २६ दशमलव ०७ अङ्कले घटेर दुई हजार ७९८ दशमलव ८३ को ब...
चैत्र २ गते, २०८२ - १५:३०
काठमाडौँ । निर्वाचन आयोग ले समानुपातिक प्रणालीतर्फ सांसदका लागि दलहरूले पठाएको सूचीमा कुनै त्रुटि नभएको जनाएको छ। आयोगको कानुन तथा राजनीतिक दल व्यव...
चैत्र २ गते, २०८२ - १५:२०
काठमाडौं । काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउने उद्देश्यका साथ छुट्टै सुक्खा फोहर व्यवस्थापन कार्य सुरु गरेको छ । यसका...
चैत्र २ गते, २०८२ - १५:१०
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिको विरोध गर्दै सरकारले तत्काल सार्वजनिक यातायातको भाडा...


प्रतिकृया लेख्नुहोस्: