काठमाडौँ । सङ्घीय, मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले निजामती कर्मचारीलाई नतिजामुखी काममा लाग्न निर्देशन दिएकी छन् । बीसौँ निजामती सेवा दिवसको अवसरमा मूल समारोह समितिद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विकास, समृद्धि, सुशासनसहित व्यावसायिक र सिर्जनशीलतातर्फ निजामती कर्मचारी लाग्नुपर्नेमा जोड दिइन् ।
निजामती प्रशासनले निर्वाचन सम्पन्न गर्न खेलेको भूमिका, प्राकृतिक र सङ्कटको सफल व्यवस्थापन, राजनीति सङ्क्रमणकालको व्यवस्थापनलगायत क्षेत्रमा सफल भएर प्रमाणित गरिसकेको अवस्थालाई बिर्सन नहुने मन्त्री देवीले बताइन् ।
सङ्घीय प्रशासन प्रणाली थप मजबुत बनाउन सङ्घीय निजामती सेवा ऐनको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै विभिन्न प्राविधिक कारणले ऐन आउन ढिलाइ भइसकेकाले हाल सामान्य प्रशासन मन्त्रालयबाट सङ्घीय निजामती सेवा विधेयकलाई अघि बढाइएको उनले जानकारी दिइन् ।
सो ऐन संसद्बाट पारित भई छिट्टै लागू हुने मन्त्री देवीको भनाइ थियो । उक्त ऐन लागू भइसकेपछि सङ्घीय निजामती मात्रै नभई प्रदेश र स्थानीय तहसम्मका धेरै अन्यौता अन्त्य हुने उनले विश्वास व्यक्त गरिन् । उनले ऐन पारित गर्न सबैसँग सहयोगको अपेक्षासमेत गरिन् ।
सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत राष्ट्रसेवक निजामती कर्मचारीले इममान्दारिता, प्रतिबद्धता, जनमुखी प्रशासनमार्फत मुलुकको समृद्धि र शुसासन हासिल गर्दै देश र जनतालाई सेवा गर्न निर्देशन दिइन् । ‘व्यावसायिक र सिर्जनशील प्रशासन, विकास समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ आज देशैभरि विभिन्न कार्यक्रम गरी निजामती सेवा दिवस मनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - १०:५६
काठमाडौं । राजनीतिक दलहरूले प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फका उम्मेदवारको बन्दसूची बुझाउने समय नजिकिँदै गर्दा समावेशी प्रतिनिधित...
पौष ६ गते, २०८२ - १०:४७
मुस्ताङ। मुस्ताङका पाँचवटै स्थानीय तहमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या गणना गर्न ९५ वटा क्यामेरा जडान गरिएको छ । जिल्लाभर हिउँ चितुवाको एकिन तथ्याङ्क नभ...
पौष ६ गते, २०८२ - १०:४०
सप्तरी। सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ११ गोरपारमा आगलागी र त्यसपछि उत्पन्न विवादका क्रममा खुकुरी तथा चुलेसी प्रहार हुँदा दुई जना घाइते भएका छन...
पौष ६ गते, २०८२ - १०:३४
विराटनगर। विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालको भवनबाट खसेर एक जना प्रशिक्षार्थी (इन्टर्न) चिकित्सकको मृत्यु भएको छ । आइतबार बिहान अस्पतालक...
पौष ५ गते, २०८२ - १६:३२
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...
पौष ५ गते, २०८२ - १६:१५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...
पौष ५ गते, २०८२ - १६:०२
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...
पौष ५ गते, २०८२ - १५:५०
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...
पौष ५ गते, २०८२ - १५:३५
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो । सभालाई नेकपा ...
पौष ५ गते, २०८२ - १५:०३
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...




प्रतिकृया लेख्नुहोस्: