काठमाडौँ । माओवादी केन्द्रले वडा केन्द्रित उत्पादन र रोजगारीका कार्यक्रम सञ्चालन गर्ने गरी नेताहरूलाई वर्षमा एक हप्ता अनिवार्य रूपमा शारीरिक श्रम गर्ने नीति ल्याएको छ ।
साउन तेस्रो साता काठमाडौँमा बसेको केन्द्रीय समिति बैठकले नेताहरूलाई उत्पादनसँग जोड्न वार्षिक एक हप्ता अनिवार्य रूपमा श्रमको नीति ल्याएको हो ।
यस्तो छ उत्पादन, रोजगारी, सामाजिक सत्तासम्बन्धी माओवादीको श्रम नीति:
–पार्टीका नेताहरूले वार्षिक एक हप्ता अनिवार्य रूपमा शारीरिक श्रम गर्ने ।
–वडा केन्द्रित उत्पादन र रोजगारीका कार्यक्रम सञ्चालन गर्ने ।
– शिक्षा, स्वास्थ्य, रोजगारका कार्यक्रमहरू वडाहरूमा कार्यान्वयन गर्ने ।
– पार्टी कामलाई वडा स्तरमा व्यवस्थित गर्ने ।
– वडाभित्र सामाजिक काम, उत्पादनसँग सम्बन्धित काम, गरिबी, उत्पीडन, दलित वर्गका समस्या, सहयोग सम्बन्धित काम गर्ने ।
–स्वास्थ्य उपचारसँग सम्बन्धित काम, बालबालिका र वृद्धवृद्धाहरूसँग सम्बन्धित काम, महिला हिंसा,
सामाजिक विभेद, प्राकृतिक विपत्तिसँग सम्बन्धित काम, सांस्कृतिक क्षेत्रका काम, युवा खेलकुदसँग
सम्बन्धित कामको लागि स्पष्ट कार्यविभाजनसहित हरेक क्षेत्रका कामको योजनाबद्ध रूपमा कार्यान्वयन
गर्ने ।
– दलित समुदायप्रति सम्मानजनक व्यवहार गर्ने, अल्पसंख्यक, पिछडा वर्गलगायतका समुदायका
समस्याहरूको समाधानमा नेतृत्वदायी भूमिका खेल्ने ।
– विभिन्न खाले अन्तरक्रिया, तालिम, प्रशिक्षण, जनपरिचालन, प्रदर्शनी, श्रम, उत्पादन, सांस्कृतिक
कार्यक्रमहरूमा एकाकार भई काम गर्ने ।
– विदेश गएका घरपरिवारलाई संगठित गर्ने र सहयोग गर्ने ।
– अपांगता भएका व्यक्तिहरूलाई सम्मान गर्ने, मद्दत गर्ने ।
– सुशासनका पक्षमा जनताको खबरदारीका लागि अपिल गर्ने ।
– उन्नत समाज निर्माणका लागि शैक्षिक गुणस्तरमा सुधार ल्याउने कार्यमा पार्टीका नेताहरूले अगुवाइ गर्ने ।
– वडाको आवश्यकताअनुसार वर्गीय, जातीय र सामाजिक संगठनहरू बनाई परिचालन गर्ने ।
– टोल सुधार समिति, बजार व्यवस्थापन समिति, सामुदायिक वन, विद्यालय व्यवस्थापन समिति,
खानेपानी व्यवस्थापन समिति, अस्पताल व्यवस्थापन समिति, गैरसरकारी संस्थाहरूलगायतका
सामाजिक संघ संगठनहरूमा सामाजिक अभियन्ताको रूपमा अगुवाइ गर्ने ।
– लघुवित्तको चर्को ब्याज, सहकारीको ठगी, मिटरब्याजीको उत्पीडनमा परेका जनतालाई न्याय दिलाउन
पार्टीले नेतृत्व गर्ने ।
– पार्टीलाई सामाजिक नेतृत्व, समाजसेवी, दुःखको साथीको निर्विकल्प संस्थाको रूपमा स्थापित गर्ने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २ गते, २०८२ - १७:४३
.काठमाडौं । काठमाडौंमा १ करोड १६ लाख रुपैयाँ नगदसहित दुई युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले भीमढुंगा क्षेत्रबाट दुई जनालाई नियन्त्र...
चैत्र २ गते, २०८२ - १७:०२
काठमाडौं । भ्रष्टाचारको आरोप खेपिरहेका कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसे सँग विशेष अदालत ले पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ। विशेष अदालतक...
चैत्र २ गते, २०८२ - १६:४९
काठमाडौँ। स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबीच समझदारी भएको छ । स्वास्थ्य बिमा सेवालाई प्रविधिमैत्री, सुरक्षित र भरपर्द...
चैत्र २ गते, २०८२ - १६:४३
ओखलढुङ्गा। प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ ओखलढुङ्गाका विजयी र पराजित दुवै प्रमुख उम्मेदवारले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । ...
चैत्र २ गते, २०८२ - १६:२७
काठमाडौँ। छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नेपाल शे...
चैत्र २ गते, २०८२ - १६:२०
काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख लेफ्टिनेन्ट जनरल जोएल भोवेलले भेटवार्ता गरेका छन् । सैनिक म...
चैत्र २ गते, २०८२ - १६:१४
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।आज नेप्से परिसूचक २६ दशमलव ०७ अङ्कले घटेर दुई हजार ७९८ दशमलव ८३ को ब...
चैत्र २ गते, २०८२ - १५:३०
काठमाडौँ । निर्वाचन आयोग ले समानुपातिक प्रणालीतर्फ सांसदका लागि दलहरूले पठाएको सूचीमा कुनै त्रुटि नभएको जनाएको छ। आयोगको कानुन तथा राजनीतिक दल व्यव...
चैत्र २ गते, २०८२ - १५:२०
काठमाडौं । काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउने उद्देश्यका साथ छुट्टै सुक्खा फोहर व्यवस्थापन कार्य सुरु गरेको छ । यसका...
चैत्र २ गते, २०८२ - १५:१०
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिको विरोध गर्दै सरकारले तत्काल सार्वजनिक यातायातको भाडा...


प्रतिकृया लेख्नुहोस्: