वालिङ । स्याङ्जाको भिरकोट नगरपालिका–३ भतेरपाटामा अवस्थित ‘देउपुजे ढुङ्गा’ प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । धार्मिक, ऐतिहासिक एवं पर्यटकीय दृष्टीले प्रचुर सम्भावना रहँदारहँदै पनि प्रचारप्रसार नहुँदा यसको महत्त्व ओझेलमा परेको हो ।
देउपुजे ढुङ्गालाई शिवलिङ्गको स्वरुप मानी शत्बीज छर्ने गरिएको छ । यहाँ शत्बीज छर्नाले पितृमुक्त, पितृ उद्धार तथा भाकल पूरा हुने जनविश्वास रहिआएको देउपुजे ढुङ्गा पूजा समितिका सदस्य राजकुमार श्रेष्ठले बताए ।
यस स्थानमा वर्षा भएन भने स्थानीय मिलेर बाजागाजासहित ढुङ्गाको माथिबाट सबैले गाग्रीमा पानी लगी तल बाजाको भोटेसोला भन्ने तालमा नाच्नेलाई पानी खन्याएर पानी माग्न सुरु गर्ने चलन रहेको उनले बताए ।
“परापूर्वकालमा यस ढुङ्गाको एउटा भागमा गाईको जस्तै थुन रहेको र त्यसबाट दूध आउने गर्थ्यो”, श्रेष्ठले भने, “रजश्वला भएकी महिलाले भोकाएको आफ्नो बच्चालाई दूध खुवाउन उक्त थुन छोएपछि दूध आउनै बन्द भएको भन्ने किंवदन्ती रहेको छ ।” यस ठाउँमा हिन्दू धर्मावलम्बीले देवी र शिवलिङ्गका रुपमा तथा बौद्धमार्गीले आफ्नै विधिअनुसार पूजा आराधना गर्दै आएका छन् ।
धार्मिक महत्वसँगै यो ठाउँ पर्यटकीय दृष्टीले पनि प्रचुर सम्भावना बोकेकाले यहाँ पूर्वाधार निर्माण थालिएको वडाध्यक्ष केशबहादुर खड्काले बताए । “यस ठाउँलाई धार्मिक दृष्टिले शक्तिको केन्द्रकारुपमा मानेर पूजाआजा हुने गरेको छ”, उनले भने, “धार्मिक महत्त्व सँगसँगै यहाँ अध्ययन, अवलोकन तथा वनभोज खानका लागि पनि मानिस आउन थालेका छन् ।”
अग्लो स्थानमा भिरालो खालको चौरमा बालमैत्री पार्क निर्माणाधीन अवस्थामा रहेको वडाध्यक्ष खड्काले बताए । उनका अनुसार यहाँ आउने पर्यटकलाई लक्षित गरी प्रतीक्षालय, कुर्सी, सिँढी निर्माण, खानेपानीको व्यवस्थापन गरिएको छ । वडा कार्यालयबाट थप संरचना निर्माणका लागि चालू आर्थिक वर्षका लागि रु तीन लाख बजेट विनियोजन गरेको उनले जानकारी दिए ।
पालिकाभित्र विभिन्न ठाउँमा रहेका धार्मिक, पौराणिक, ऐतिहासिक, पर्यटकीय संरचनालाई संरक्षण गर्ने र प्रचारप्रसार गर्दै नगरपालिका अगाडि बढेको नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले बताए । “नगरभित्र रहेका हाम्रा धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पौराणिक महत्त्व बोकेका स्थलका बारेमा जानकारी दिनका लागि स्थानीय पाठ्यक्रममा समावेश गरेका छौँ”, उनले भने, “स्थानीय पाठ्यक्रमको प्रभावकै कारण पनि पालिका भित्रका विभिन्न ठाउँमा अहिले अध्ययन अवलोकन गर्न जानेको सङ्ख्या बढ्दै गएको छ ।”
भिरकोटको मुख्य बजार बयरघारीदेखि १० किलोमिटर उकालो ग्रामीण कच्ची सडक पार गरेपछि यस ठाउँमा पुग्न सकिन्छ । समुद्रसतहदेखि एक हजार पाँच सय फिटको उचाइमा यो ठाउँ रहेको छ । अग्लो ठाउँमा भएकाले पनि यहाँबाट माछापुच्छ्रे, अन्नपूर्ण, धवलागिरिलगायतका हिमशृङ्खला मनमोहक देखिन्छन् ।
स्याङ्जासहित छिमेकी जिल्लाका विभिन्न ठाउँ यहाँबाट देखिने भएकाले पनि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बन्नसक्ने देखिएको वडाध्यक्ष खड्काले बताए । उनका अनुसार उक्त ढुङ्गाको गोलाई करिब २५ मिटर र उचाइ करिब १५ मिटर छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १६:५३
काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...
पौष ४ गते, २०८२ - १६:४८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...
पौष ४ गते, २०८२ - १६:३१
काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । शुक्रबार घाइते पत्रकारलाई न...
पौष ४ गते, २०८२ - १६:१७
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्। ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...
पौष ४ गते, २०८२ - १६:०४
काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...
पौष ४ गते, २०८२ - १५:४२
एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन
पौष ४ गते, २०८२ - १५:२४
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...
पौष ४ गते, २०८२ - १५:१०
चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...
पौष ४ गते, २०८२ - १४:५०
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...
पौष ४ गते, २०८२ - १४:४२
काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...




प्रतिकृया लेख्नुहोस्: