वालिङ । स्याङ्जाको भिरकोट नगरपालिका–३ भतेरपाटामा अवस्थित ‘देउपुजे ढुङ्गा’ प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । धार्मिक, ऐतिहासिक एवं पर्यटकीय दृष्टीले प्रचुर सम्भावना रहँदारहँदै पनि प्रचारप्रसार नहुँदा यसको महत्त्व ओझेलमा परेको हो ।
देउपुजे ढुङ्गालाई शिवलिङ्गको स्वरुप मानी शत्बीज छर्ने गरिएको छ । यहाँ शत्बीज छर्नाले पितृमुक्त, पितृ उद्धार तथा भाकल पूरा हुने जनविश्वास रहिआएको देउपुजे ढुङ्गा पूजा समितिका सदस्य राजकुमार श्रेष्ठले बताए ।
यस स्थानमा वर्षा भएन भने स्थानीय मिलेर बाजागाजासहित ढुङ्गाको माथिबाट सबैले गाग्रीमा पानी लगी तल बाजाको भोटेसोला भन्ने तालमा नाच्नेलाई पानी खन्याएर पानी माग्न सुरु गर्ने चलन रहेको उनले बताए ।
“परापूर्वकालमा यस ढुङ्गाको एउटा भागमा गाईको जस्तै थुन रहेको र त्यसबाट दूध आउने गर्थ्यो”, श्रेष्ठले भने, “रजश्वला भएकी महिलाले भोकाएको आफ्नो बच्चालाई दूध खुवाउन उक्त थुन छोएपछि दूध आउनै बन्द भएको भन्ने किंवदन्ती रहेको छ ।” यस ठाउँमा हिन्दू धर्मावलम्बीले देवी र शिवलिङ्गका रुपमा तथा बौद्धमार्गीले आफ्नै विधिअनुसार पूजा आराधना गर्दै आएका छन् ।
धार्मिक महत्वसँगै यो ठाउँ पर्यटकीय दृष्टीले पनि प्रचुर सम्भावना बोकेकाले यहाँ पूर्वाधार निर्माण थालिएको वडाध्यक्ष केशबहादुर खड्काले बताए । “यस ठाउँलाई धार्मिक दृष्टिले शक्तिको केन्द्रकारुपमा मानेर पूजाआजा हुने गरेको छ”, उनले भने, “धार्मिक महत्त्व सँगसँगै यहाँ अध्ययन, अवलोकन तथा वनभोज खानका लागि पनि मानिस आउन थालेका छन् ।”
अग्लो स्थानमा भिरालो खालको चौरमा बालमैत्री पार्क निर्माणाधीन अवस्थामा रहेको वडाध्यक्ष खड्काले बताए । उनका अनुसार यहाँ आउने पर्यटकलाई लक्षित गरी प्रतीक्षालय, कुर्सी, सिँढी निर्माण, खानेपानीको व्यवस्थापन गरिएको छ । वडा कार्यालयबाट थप संरचना निर्माणका लागि चालू आर्थिक वर्षका लागि रु तीन लाख बजेट विनियोजन गरेको उनले जानकारी दिए ।
पालिकाभित्र विभिन्न ठाउँमा रहेका धार्मिक, पौराणिक, ऐतिहासिक, पर्यटकीय संरचनालाई संरक्षण गर्ने र प्रचारप्रसार गर्दै नगरपालिका अगाडि बढेको नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले बताए । “नगरभित्र रहेका हाम्रा धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पौराणिक महत्त्व बोकेका स्थलका बारेमा जानकारी दिनका लागि स्थानीय पाठ्यक्रममा समावेश गरेका छौँ”, उनले भने, “स्थानीय पाठ्यक्रमको प्रभावकै कारण पनि पालिका भित्रका विभिन्न ठाउँमा अहिले अध्ययन अवलोकन गर्न जानेको सङ्ख्या बढ्दै गएको छ ।”
भिरकोटको मुख्य बजार बयरघारीदेखि १० किलोमिटर उकालो ग्रामीण कच्ची सडक पार गरेपछि यस ठाउँमा पुग्न सकिन्छ । समुद्रसतहदेखि एक हजार पाँच सय फिटको उचाइमा यो ठाउँ रहेको छ । अग्लो ठाउँमा भएकाले पनि यहाँबाट माछापुच्छ्रे, अन्नपूर्ण, धवलागिरिलगायतका हिमशृङ्खला मनमोहक देखिन्छन् ।
स्याङ्जासहित छिमेकी जिल्लाका विभिन्न ठाउँ यहाँबाट देखिने भएकाले पनि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बन्नसक्ने देखिएको वडाध्यक्ष खड्काले बताए । उनका अनुसार उक्त ढुङ्गाको गोलाई करिब २५ मिटर र उचाइ करिब १५ मिटर छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २ गते, २०८२ - १७:४३
.काठमाडौं । काठमाडौंमा १ करोड १६ लाख रुपैयाँ नगदसहित दुई युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले भीमढुंगा क्षेत्रबाट दुई जनालाई नियन्त्र...
चैत्र २ गते, २०८२ - १७:०२
काठमाडौं । भ्रष्टाचारको आरोप खेपिरहेका कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसे सँग विशेष अदालत ले पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ। विशेष अदालतक...
चैत्र २ गते, २०८२ - १६:४९
काठमाडौँ। स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबीच समझदारी भएको छ । स्वास्थ्य बिमा सेवालाई प्रविधिमैत्री, सुरक्षित र भरपर्द...
चैत्र २ गते, २०८२ - १६:४३
ओखलढुङ्गा। प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ ओखलढुङ्गाका विजयी र पराजित दुवै प्रमुख उम्मेदवारले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । ...
चैत्र २ गते, २०८२ - १६:२७
काठमाडौँ। छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नेपाल शे...
चैत्र २ गते, २०८२ - १६:२०
काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख लेफ्टिनेन्ट जनरल जोएल भोवेलले भेटवार्ता गरेका छन् । सैनिक म...
चैत्र २ गते, २०८२ - १६:१४
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।आज नेप्से परिसूचक २६ दशमलव ०७ अङ्कले घटेर दुई हजार ७९८ दशमलव ८३ को ब...
चैत्र २ गते, २०८२ - १५:३०
काठमाडौँ । निर्वाचन आयोग ले समानुपातिक प्रणालीतर्फ सांसदका लागि दलहरूले पठाएको सूचीमा कुनै त्रुटि नभएको जनाएको छ। आयोगको कानुन तथा राजनीतिक दल व्यव...
चैत्र २ गते, २०८२ - १५:२०
काठमाडौं । काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउने उद्देश्यका साथ छुट्टै सुक्खा फोहर व्यवस्थापन कार्य सुरु गरेको छ । यसका...
चैत्र २ गते, २०८२ - १५:१०
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिको विरोध गर्दै सरकारले तत्काल सार्वजनिक यातायातको भाडा...


प्रतिकृया लेख्नुहोस्: