काठमाडौं । मोरक्कोमा गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ६०० नाघेको छ । समाचार एजेन्सी एएफपीलाई उद्धृत गर्दै बीबीसीले भूकम्पका कारण ६३२ जनाको ज्यान गएको जनाएको छ ।
त्यहाँको आन्तरिक मन्त्रालयको अद्यावधिक विवरण अनुसार भूकम्पमा परी ३२९ जना घाइते भएका छन् । भूकम्पपछि घाइते भएकामध्ये ५१ जनाको अवस्था गम्भीर रहेको समाचारमा उल्लेख छ । उनीहरूको उपचार भइरहेको समाचारमा उल्लेख छ । अझै कयौँ मानिसहरू भत्किएका घरहरू मुनि पुरिएको हुनसक्ने आशंका गरिएको छ ।
मध्ये मोरक्कोको हाइ एट्लस माउन्टेन्स केन्द्रबिन्दु भएर ६.८ म्याग्निच्युडको भूकम्प गएको हो । जुन माराकेसबाट ७१ किलोमिटर दक्षिण पश्चिममा पर्छ। यूएस जिओलोजिकल सर्भेले त्यसको गहिराई १८.५ किलोमिटर रहेको उल्लेख गरेको छ। स्थानीय समय अनुसार राति ११ बजेर ११ मिनेटमा भूकम्प गएको बीबीसीले जनाएको छ । त्यसको १९ मिनेटपछि ४.९ म्याग्निच्युडको परकम्प मापन गरिएको थियो ।
भूकम्पका कारण कयौं घर र भवनहरू भत्किएका छन् । माराकेशको पुरानो शहरका कतिपय भवनहरू ध्वस्त भएको स्थानीइलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
भूकम्पको केन्द्रबिन्दु नजिकैका स्थानमा भवनहरू सग्लो नरहेको हुनसक्ने आशङ्का गरिएको छ। उक्त दुर्गम स्थानबाट क्षतिका विवरणहरू आउन समय लाग्नसक्ने ठानिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक १४ गते, २०८१ - २१:३२
काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तहको उपनिर्वाचनको केन्द्रीय संयोजन समिति गठन गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्री विश्वप्रका...
कार्तिक १४ गते, २०८१ - २१:२२
काठमाडाैं । नेपाल टेलिकमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम हस्तान्तरण गरेको छ । गत असोज १० देखि १२ गते सम्म परेको अविरल वर्षाका कारणले काठम...
कार्तिक १४ गते, २०८१ - १५:३४
काठमाडौँ । बुधबार नेप्से परिसूचक १४ अंकले घटेको छ । आज नेप्से १४.४३ अंकले घटेर २६७७.६२ विन्दुमा बन्द भएको छ । आज कुल ३०५ कम्पनीका एक करोड २० लाख ६९...
कार्तिक १४ गते, २०८१ - १५:३४
काठमाडौँ । बुधबार नेप्से परिसूचक १४ अंकले घटेको छ । आज नेप्से १४.४३ अंकले घटेर २६७७.६२ विन्दुमा बन्द भएको छ । आज कुल ३०५ कम्पनीका एक करोड २० लाख ६९...
कार्तिक १४ गते, २०८१ - १५:३४
काठमाडौँ । बुधबार नेप्से परिसूचक १४ अंकले घटेको छ । आज नेप्से १४.४३ अंकले घटेर २६७७.६२ विन्दुमा बन्द भएको छ । आज कुल ३०५ कम्पनीका एक करोड २० लाख ६९...
कार्तिक १४ गते, २०८१ - १५:१५
काठमाडौं । तिहारको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्न सर्वोच्च अदालत खुला हुने भएको छ । तिहार पर्वको बिदामा शनिबार र भाइटीकाब...
कार्तिक १४ गते, २०८१ - १५:१०
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले ३ देखि ४ दिनपछि मात्र धान काट्न आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाले तिहारको अवधिमा विभिन्न प्र...
कार्तिक १४ गते, २०८१ - १४:२९
झापा । झापाको दमकमा पटका पड्काउने क्रममा एक बालक गम्भीर घाइते भएका छन्। मंगलबार साँझ ५ बजे दमक नगरपालिका वडा नम्बर–६ बस्ने ६ वर्षीय बिद्यम अग्रवाल ...
कार्तिक १४ गते, २०८१ - १४:२२
सल्यान । सल्यानमा ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । सोमबार भएको दुर्घटनामा ट्रक चालकसहित ट्रकमा सवार अन्य तीनजनाकाे मृत्यु भएकाे हाे । गम...
कार्तिक १४ गते, २०८१ - १३:२८
पाँचथर । फालेलुङ गाउँपालिका–३ लुङपिन्ताङका चुडामणि तिम्सिनाको घर अगाडिबाट झरेको पहिरो झन्डै एक किलोमिटर तल रहेको हेंवा खोलासम्म पुगेको छ । पहिरोले उहा...
प्रतिकृया लेख्नुहोस्: