Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

जानकी पन्थको तीज गीत ‘अब त चाहियो काठमाडौंमा घर’

खबरडबली संवाददाता

काठमाडौं । यो वर्षको तीजलाई लक्षित गर्दै सांगीतिक बजारमा थुप्रै गीतहरु सार्वजनिक भएका छन । तीज गीत भन्ने बितीकै छोरी चेलीले आफ्ना, समाज वा देशका समस्या र परिस्थितिलाई उनेर गाइन्थ्यो । यो नै तीज गीतको मूल मर्म हो ।

तर पछिल्ला केही वर्षमा तीजका गीतमा यी कुराहरु समेटिएको पाईंदैन । धेरै गीतहरु भ्यूजमूखी मात्र छन् । रातो सारी लाएर नाचेका भिडियो अपलोड गर्दै तीज नाम दिइएको हुन्छ । सबैमा यो लागू भएको हुँदैन । अझै पनि तीजको मर्मलाई जीवन्त राख्दै बनेका गीत पनि सार्वजनिक भएका छन् । यहीमध्ये विगत लामो समयदेखि सांगीतिक क्षेत्रमा योगदान पुर्याउँदै आएकी गीतकार तथा संगीतकार जानकी पन्थले पनि यस वर्षको तीज पर्वलाई केन्द्रित गरेर तीज गीत ‘अब त चाहियो काठमाडौंमा घर’ ल्याएकी छन् ।

म्यूजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा शब्द र संगीत जानकीकै रहेको छ । लोकप्रिय गायिका अस्मिता अधिकारी र अलिफ खानको सुमधुर स्वरले सजिएको गीतमा महेन्द्र भन्डारीको संगीत संयोजन रहेको छ ।  गीतले बोकेको शब्द भाव उच्च र फराकिलो प्रकारको रहेकाे  छ । गीतमा एकातिर काठमाडौंमा लामो समयसम्म भाडामा बस्नुपरेको र आफ्नो एउटा घर जोड्न नसक्दाको पिडालाई समेटिएको छ भने अर्कोतिर तराइजस्तो उर्वर भुमी बाझो राखेर शहरमा अर्काको घरमा भाडामा बस्नुको औचित्य नरहेको सकारात्मक सन्देश दिन खोजिएको छ ।

कलाकारहरु अनु शाह र एसराज गराचको प्रभुख अभिनय तथा नृत्य रहेको यश गीतमा बालकलाकारहरु हृदया र आदित्यलाई पनि देख्न सकिन्छ । सुब्रत आचार्यको निर्देशन सन्तोष राजबाहकको नृत्य निर्देशन रहेको छ ।मोहन राईले नृत्य संयोजन गरेको भिडियोलाई दिनेश पराजुलीले छायांकन गरेका हुन् । विष्णु खड्काको सम्पादन रहेको यस गीतको भिडियोलाई सेलीब्रेसन हाइट, सुकेधारा र टिकाथली आसपासका क्षेत्रमा छायांकन गरिएको हो ।

भिडियोमा लामो समय भाडामा बसेका दम्पतीहरुको व्यथालाई देखाइएको छ । गीतकी सर्जक जानकी भन्छिन्  ‘सधैं गरगहना नयाँ सारीको मात्र माग कति गर्नु रु घर पाए त गहना पनि चाहिदैन लुगा बरु पुराना लगाउँला । तर आफ्नो नै हो है अब यहाँबाट अन्त सर्न पर्दैन है भन्ने एउटा आभास भने चाहिने रैछ । यो कुरा म लगायत भाडाको घरमा बस्ने अन्य धेरैले महसुस गर्नुभएको होला । हामी सबैको कथा–व्यथा बोकेको तीज गीत हो । सबैले माया गरिदिनुहुनेछ भन्नेमा आशावादी छु ।’

पन्थका यसअघि ‘ओए बुढा’, ‘तम्घासबाट हिँडेको गाडी’, ‘पल्लाघरे लाहुरेले लान्छ अरे बाइ’, ‘बबाल तीज’ लगायतका तीज गीत तथा वाचा त गरे, बोल न केही, रोकिन लाग्यो सास मेरो प्रिया, तिम्रो त आज खुशिको पल, मायालाइ तराजुमा, मायाकै पीडा नसकि खप्न अनायासै सोध्यौ यस्तो प्रश्न, यदि तिमी खुशी छौ भने, लागायतका आधुनिक गीत गजल र हल्ला चल्छ चलिरहन देउ, यो मायामा रुन नपरोस्, डाडावारि जुन भयो त डाडापारी घाम, न्याउली रुदा यो मन रुन्छ नि, माया मारे है, अहिलेसम्म फोनै आएन लगायतका लोकदोहोरी गीतहरु हालसम्म पनि लोकप्रिय छन् ।

उनले केही चलचित्रहरुमा समेत आफ्ना शब्द सजाइसकेकी छन् भने पन्थ एकल शब्द तथा संगीतमा एकल एल्वम निकाल्ने नेपालकी प्रथम महिला समेत हुन् । २०६८ सालमा सार्वजनिक भएको एल्वम ुसंघारु बाट उनले यो उपाधी प्राप्त गरेकी हुन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन–रेशम संवाद चुनावी सहकार्यतर्फ : ‘नयाँ शक्तिहरू एक हुनैपर्छ’

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...

अमर्यादित लेखाइ भएका सवारीसाधन नियन्त्रणमा लिन बाँके ट्राफिकको अभियान

नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...

शीतलहर र हिमपातले जनजीवन कष्टकर बन्दा तत्काल सहयोग गर्न प्रचण्डको अपिल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...

कांग्रेस महामन्त्री विश्वप्रकाशले गरे युवालाई अवसर दिँदै चुनाव नलड्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...

जेनजी आन्दोलनपछिको राजनीति उथलपुथल: चुनाव नजिकिँदै दलहरू एकता र ध्रुवीकरणको होडमा

काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...

प्रतिनिधिसभा निर्वाचन फागुन २१ मै हुन्छ : अर्थमन्त्री खनाल

लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...

नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठक पुस ११ मा पुनः बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...

नेपाली कांग्रेसको ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यता नवीकरण

काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...

मोरङमा टिपरको ठक्करबाट छोराको मृत्यु, बुबा घाइते

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending