Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

गर्मीबढे सँगै तराईमा विषालु सर्पको बिगबिगी

खबरडबली संवाददाता

बुटवल  । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पछिल्लो समय सर्पदंशका बिरामीको सङ्ख्या बढेको छ । अहिले दैनिकजसो पानी परिरहेको र सर्पले ओभानो ठाउँ खोज्ने भएकोले सर्पहरू घरभित्र पस्दा तराईमा सर्पको बिगबिगी बढेको हो ।

तराईमा भदौ महिनालाई सर्पदंशको उच्च जोखिम भएको महिना मानिन्छ । अस्पतालमा मात्रै होइन, सर्प उद्धारकर्ताहरूले समेत भदौमै सबैभन्दा धेरै सर्पको उद्धार गर्ने गरेका छन् । 

सर्प उद्धारकर्ता चेतबहादुर सारूले तराईमा वैशाख र जेठदेखि नै सर्पदंशको जोखिम सुरू हुने बताउँदै भदौमा सबैभन्दा बढी जोखिम हुने बताए । उनले अहिले दैनिक एक दुईवटा सर्प उद्धार गरिरहेको बताउँदै सर्प उद्धारका लागि विभिन्न स्थानबाट बोलाएपछि जाने र जङ्गलमा लगेर छाड्ने गरेको बताए । 

अहिले गोमन र करेतजस्ता विषालु सर्पको बिगबिगी बढेको बताउँदै सारुले भदौ महिनामा पानी पर्दा सर्पले ओभानो बस्ने ठाउँ खोज्दा घरभित्र पस्ने गरेको बताए ।  सारूले मात्रै गर्मी सुरू भएयता करिब एक सय वटा विषालु सर्पको घरभित्रबाट उद्धार गरेर जङ्गलमा छाडेको बताए ।

उता लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार एक वर्षको अवधिमा ६ सय ३३ जना सर्पदंशका बिरामी उपचारका लागि आएकोमा ११ जनाको उपचारकै क्रममा मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका ट्रपिकल डिजिज युनिटका प्रमुख दयासागर पन्थीले यही साउन महिनामा मात्रै सर्पले टोकेका एक सय ६४ बिरामी उपचारका लागि आएकोमा विषालु सर्पको टोकेका विरामीको सङ्ख्या १९ रहेको बताए । उनले प्रत्येक वर्ष सर्पदंशका बिरामी उपचारका लागि आउने क्रम बढिरहेको बताए । 

लुम्बिनी प्रदेशका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत अरुण ज्ञवालीले लुम्बिनी प्रदेशमा सबैभन्दा बढी भेरी अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देही, बर्दिया अस्पताल र लमहीको सर्पदंश उपचार केन्द्रमा सर्पदंशका बिरामी बढी आउने गरेको जानकारी दिए । 

यसैबीच तराईमा सर्पदंशका घटना बढेको भन्दै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सर्पदंश व्यवस्थापनसम्बन्धी तालिम दिइएको छ । अस्पताल तथा स्वास्थ्य संस्थामा पुगेका सर्पदंशका बिरामीहरुलाई कसरी उपचार व्यवस्थापन गर्ने र विषालु सर्पको पहिचान कसरी गर्ने भन्ने विषयमा जानकारीमूलक तालिम दिइएको हो । स्वास्थ्य तालिम केन्द्र लुम्बिनी प्रदेशको आयोजना तथा फेएरमेड फाउन्डेशन नेपाल आधारभूत स्वास्थ्य परियोजना बुटबलको सहयोगमा लुम्बिनी प्रादेशिक अस्पतालमा तिनदिने तालिम भएको हो ।

तालिम समापन कार्यक्रममा बोल्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा। सुदर्शन थापा क्षेत्रीले सर्पदंश भैहालेमा कसरी छिटो उपचारको व्यवस्था गर्ने भन्ने विषयमा ढिलाई गर्न नहुने गरि सेवा दिनुपर्ने बताए । उनले अधिकांश बिरामी ढिलो गरी अस्पतालमा आउने अनि स्वास्थ्यकर्मी तथा चिकित्सकहरुले व्यवस्थापन गर्न नसक्दा मानवीय क्षति हुने गरेको भन्दै त्यो हुन नदिन यस्ता तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये रुपन्देही, नवलपरासी, कपिलवस्तु, बर्दिया र बाँके जिल्लामा सर्पदंशका घटना धेरै रहेको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका प्राविधिक खिमलाल पाण्डेले बताए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

बढ्यो अमेरिकी डलरको मूल्य, अन्यकाे कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।  आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...

विप्लव समूहको कम्युनबाट भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद

अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...

निर्वाचनको गाँठो फुकाउन प्रधानमन्त्री कार्कीको पहल, आज तीन दलका शीर्ष नेतासँग निर्णायक छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...

आज काठमाडौंका यी क्षेत्रमा बिजुली कटौती

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...

प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...

नेकपा ओखलढुंगामा उम्मेदवारी सिफारिसमा विवाद, १५ जनामा कसले पाउला टिकट ?

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending