धनकुटा । किसानका खेतीपातीमा लाग्ने बाँदर नियन्त्रणका लागि धनकुटाका सामुदायिक वनमा वनजन्य फलफूल खेती सुरु गरिएको छ ।
कोशी प्रदेश सरकारको १० लाखको सहयोमा आर्थिक वर्ष २०७९/८० देखि डिभिजन जिल्ला वन कार्यालयले उक्त कार्यक्रम सुरुवात गरेको हो । प्रदेश सरकारको ‘प्रदेश वन विकास कार्यक्रम’अन्तर्गत करिब आठ हेक्टर ९१५७ रोपनी० मा फलफूल खेती गरिएको छ ।
जिल्लाका सात वटा सामुदायिक वनमा विभिन्न नौ जातका १२ हजार सात सय वनजन्य फलफूलको बिरुवा रोपिएको कार्यालयका योजना अधिकृत राजन राईले जानकारी दिए । पाख्रिबास नगरपालिकाको जनता सामुदायिक वन, महालक्ष्मी नगरपालिकाको अर्खौले ,छथर जोरपाटी गाउँपालिकाको गोगनपानी, धनकुटा नगरपालिकाको ढोडनी कालीवन र लामाटार, चौबिसे गाउँपालिकाको बुटेनी र सागुरीगढी गाउँपालिकाको जोगीथुम्का सामुदायिक वनमा बिरुवा रोपिएको छ ।
प्रत्येक सामुदायिक वनमा कहटहर, अम्बा, अमला, जामुन, लप्सी, बर्रो, ओखर, हलुवाबेद र चिउरीका एक हजार १२ देखि एक हजार १९ वटासम्म बिरुवा रोपिएको उनले जानकारी दिए ।
वनजन्य फलफूलका बिरुवा रोपेपछि आगामी दिन किसानलाई बाँदरको आतङ्कबाट राहत मिल्ने र वनको जैविक विविधताको संरक्षणमा टेवा मिल्ने कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठले बताए । ‘बाँदरले वनमा नै खान पाएपछि किसानलाई दु:ख दिनेछैन’ उनले भने ।
यस कार्यक्रमलाई निरन्तरता दिँदै यो पनि वर्ष करिब दस हजार वनजन्य बिरुवा रोप्न तयार भइरहेको योजना अधिकृत राई जानकारी दिए । उक्त कार्यक्रमका लागि चालु आर्थिक वर्ष मा प्रदेश सरकारको पाँच लाख बराबरको कार्यक्रम छुट्याएको उनले बताए । जिल्लामा हाल तीन सय ८७ सामुदायिक वन छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३ गते, २०८२ - १२:०६
गण्डकी। नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालय र पर्यटक प्रहरीसँगको सहकार्यमा पर्यटक सूचना केन्द्र सञ्चालन गर्ने भ...
चैत्र ३ गते, २०८२ - ११:४५
काठमाडौं । काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूका लागि अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ। उक्त कार्यक...
चैत्र ३ गते, २०८२ - ११:२७
उदयपुर। उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी...
चैत्र ३ गते, २०८२ - ११:१८
बागलुङ। दादुरा प्रभावित क्षेत्र ढोरपाटनमा खोप लगाइएको छ । खोप अभियान सम्पन्न गरेपनि दादुरा अझै नियन्त्रणमा आइनसकेको हो । फागुनको पहिलो सातादेखि फैलिएक...
चैत्र ३ गते, २०८२ - ११:१०
काठमाडौं। मंगलबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला रु ३ लाख ९ हजार ९ सय कायम...
चैत्र ३ गते, २०८२ - १०:५४
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको भ्रमण गर्ने भएको छन् । पश्चिम एसियामा युद्ध जारी रहेका बेला राष्ट्रपति ट्रम्पको चीन भ्रमणबाट नया...
चैत्र ३ गते, २०८२ - १०:४३
काठमाडौं । देशका विभिन्न स्थानमा आज पनि हावाहुरी चल्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज अपराह्नपछि हावाहुरी चल्न...
चैत्र ३ गते, २०८२ - १०:३०
बागलुङ। कालीगण्डकी नदी दोहन रोक्न सरोकारवाला निकायले अनुगमन गरेका छन् । विशेष गरी बागलुङ नगरपालिका–१३ को कालाखोलाआसपास र मालढुङ्गा क्षेत्रमा भएको दोहन...
चैत्र २ गते, २०८२ - १७:४३
.काठमाडौं । काठमाडौंमा १ करोड १६ लाख रुपैयाँ नगदसहित दुई युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले भीमढुंगा क्षेत्रबाट दुई जनालाई नियन्त्र...
चैत्र २ गते, २०८२ - १७:०२
काठमाडौं । भ्रष्टाचारको आरोप खेपिरहेका कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसे सँग विशेष अदालत ले पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ। विशेष अदालतक...


प्रतिकृया लेख्नुहोस्: