Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

भोजपुरे खुकुरी बनाउँदै, वर्षको १० लाख कमाउँदै

सिंहबहादुर विश्वकर्माले राजा महेन्द्रलाई चढाएपछि चुलियो भोजपुरे खुकुरीको पहिचान

खबरडबली संवाददाता

भोजपुर । भोजपुरे खुकुरी बनाउने कालिगड व्यवसाय सञ्चालन गरेर भोजपुरका महेन्द्रकुमार विश्वकर्माले मनग्य आम्दानी गर्दै आएका छन् । लोप हुने अवस्थामा रहेको कालिगड पेसालाई अँगालेर यहाँले वार्षिक रु आठ लाखदेखि रु १० लाखसम्म आम्दानी गर्दै आएका छन् ।

भोजपुर नगरपालिका–५ बोखिमका विश्वकर्माले बाउबाजेले गर्दै आएको कामलाई निरन्तरता दिँदै ४० वर्षदेखि यो पेसा गर्दै आएको बताए । आफ्ना पितापुर्खाले बनाएको भोजपुरे खुकुरीको बजारमा छुट्टै  पहिचान रहेकाले यसलाई बचाइराख्न आफूले पनि यो पेसालाई निरन्तरता दिएको उनको भनाइ छ ।

“पछिल्लो समयमा कालिगड पेसासँगै भोजपुरे खुकुरी लोप हुने अवस्थामा छ”, विश्वकर्माले भने, “भोजपुरे खुकुरी बनाउने हाम्रो पुख्र्यौली पेसा हो । भोजपुरे खुकुरीको मौलिकतालाई बचाउँदै पेसालाई नयाँ पुस्तासम्म पुर्याउन जुटेको छु । यही पेसाबाट राम्रै आम्दानी पनि गरिरहेको छु ।”

जिजुबाजे गोपे विश्वकर्मा, बाजे जङ्गबहादुर विश्वकर्मा र बुवा सिंहबहादुर विश्वकर्माले यही पेसा गरेर नै जीवन बिताएको उनले बताए । तत्कालिन राजा महेन्द्र शाहको सवारी हुँदा आफ्ना बुवाले मेरो सीपले बनाएको भोजपुरे खुकुरी भनेर २०१३ सालमा चढाएपछि भोजपुरे खुकुरीको पहिचान अझ चुलिएको उनको भनाइ छ । त्यो समयमा खुकुरी चढाएवापत रु एक हजार चार सय राजाबाट बक्सिससमेत पाएको विश्वकर्माले सुनाए ।

“भोजपुरे खुकुरी बनाउनेमा धेरै वर्षदेखि हाम्रा बाउबाजेको छुट्टै पहिचान छ”, उनले भने, “मैले त्यहि पेसालाई निरन्तरता दिँदै भोजपुरे खुकुरी बनाउँदै आएको छु । विगतमा पाएको ख्यातिमा आँच आउन नदिन परम्परागत औजार उपकरणको प्रयोग गरेर नै खुकुरी बनाउँछु । बजारमा पुरानोशैलीबाट बनाइएका खुकुरी पाउन मुस्किल छ ।”

‘महेन्द्र खुकुरी उद्योग’ दर्ता गरेर कालिगड पेसागर्दै आएका विश्वकर्माले आफुले बनाएको खुकुरी रु एक हजार पाँच सयदेखी रु ३० हजारसम्ममा बिक्री गर्दै आएको बताए । यहाँ निर्माण भएका खुकुरी स्थानीय बजारसँगै जापान, अमेरिका, बेलायतलगायत देशमा उपहारको रुपमा जाने गरेको बताए । आफूले सिरुपाते, कोथीमोडा, बाँसपाते, बुदुना र तीनपाटा आकारका भोजपुरे खुकुरीसँगै मागका आधारमा तरवार, कट्टीलगायत सामग्री निर्माण गर्ने गरेको उनले जानकारी दिए । 

अठार वर्ष नेपाली सेनामा जागिर खाएर आएपछि विश्वकर्माले पुनः छोराहरुसहित यो पेसालाई निरन्तरता दिएको बताए । “भोजपुरको पहिचान झल्कने विभिन्न आकारका खुकुरी निर्माण गर्दै आएको छु”, उनले भने, “गुणस्तरका कारण बाहिर पसलमा पाउनेभन्दा मैले बनाएका खुकुरी महङ्गा छन् । अन्य बजारमा पाइने खुकुरीको तुलनामा गुणस्तर फरक हुन्छ । पहिलो पटक किन्ने मान्छेलाई पहिचान गर्न समय लाग्छ ।”

कालिगड विश्वकर्माका दुई छोराले पनि यही पेसा गर्दै आएका छन् । बजारको अझ राम्रो व्यवस्थापन हुनसके वार्षिक रु २० लाखसम्म आम्दानी लिन सकिने छोरा ज्ञानेन्द्रले बताए । गाउँमा रहेको उद्योगबाट सिधैँ बाह्य बजारमा पठाउन सक्ने वातावरण भए राम्रो आम्दानी लिन सकिने उनको भनाइ छ । पुख्र्यौली कामलाई निरन्तरता दिँदै भावी पुस्तासम्म पुर्याउने लक्ष्यले स्नातक तह पढेर पनि कालिगड पेसा गर्दै आएको ज्ञानेन्द्रको भनाइ छ । मेहनत गरेर लाग्न सके विदेशमा हुने कमाइ यही गर्न सकिने उनी बताउछन् ।

“यो पेसामा युवापुस्ताको रुचि कम हुँदै गएको अवस्था छ”, उनले भने, “हाम्रो गाउँमा विगतमा १० परिवार कालिगड रहेकामा अहिले हामीले मात्र गर्दै आएका छौँ । यसलाई बचाउनुपर्छ भन्ने लागेर नै अन्य काममा नलागेर कालिगड पेसा गर्दै आएको छु । यसबाट आम्दानी पनि राम्रै छ ।”

खुकुरीले ख्याति कमाएको जिल्लामा दक्ष कालिगड पाउन समस्या छ ।  खुकुरी बनाउने पेसालाई अपहेलनाका रूपमा हेरिने गरिएका कारण पनि यो पेसा सङ्कटमा पर्ने अवस्था छ । व्यवसाय सञ्चालनका लागि कच्चा पदार्थसँगै गुणस्तरीय फलामको अभाव छ । राज्यले यस्ता उद्योगको सहज सञ्चालनका लागि आवश्यक सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

“यो व्यवसाय सञ्चालन गर्न धेरै नै समस्या छन्”, विश्वकर्माले भने, “दैनिक कामकाजका लागि कोइला, बिँड र दापका लागि चाहिने काठसँगै गुणस्तरीय फलाम पाउन मुस्किल पर्छ । बनाएको खुकुरी बिक्रीका लागि उपयुक्त बजार छैन । बिचौलियाको मारमा हामी उत्पादक परेको अवस्था छ । सरकारले बजारीकरणका साथै आवश्यक सहयोग दिए सहज हुने थियो ।”

बजारको राम्रो व्यवस्था नहुँदा मेहनतअनुसारको आम्दानी लिन कठिनाइ हुने गरेको विश्वकर्माको उनको भनाइ छ । एउटा सादा खुकुरी बनाउन दुई जनालाई एक दिन र ठूलो तथा बुट्टा भएको खुकुरी र दाप बनाउन चारदेखि पाँच दिनसम्म लाग्ने गरेको छ । आफूले बनाएको खुकुरीमा बाउबाजेले जस्तै घरेलु औजार उपकरणको सहायताले पुरानो शैलीबाट सान लगाएर पाइनसँगै धार लगाउने भएकाले आकर्षकसँगै लामो समयसम्म टिकाउ हुने उनको भनाइ छ । 

पछिल्लो समय गुणस्तरभन्दा पनि सजिलोको बाहनामा पुरानो शैलीमा भोजपुरे खुकुरी बनाउने चलन हराउँदै गएको छ । गुणस्तरीय ढङ्गले पाइन नलगाएको खण्डमा हेर्दा राम्रो देखिए पनि खुकुरी केही समयमा बिग्रने विश्वकर्मा बताउछन्। सस्तोका नाममा बाहिरबाट आउने खुकुरीले भोजपुरे खुकुरीको पहिचान हराउने अवस्था आएको उनले बताए ।

“भोजपुरे खुकुरी भन्नेबित्तिकै बनावट र आकार नै विषेश प्रकारको हुन्छ”, विश्वकर्माले भने, “घरेलु औजारको प्रयोग गर्दै हातको सहायताले निर्माण गरिने भएकाले यो खुकुरी गुणस्तरीयसँगै  आकर्षक देखिन्छ । तर उपभोक्ताले सस्तो खोज्ने चलन छ । बजारमा पाउने खुकुरी र हामीले बनाएको भोजपुरे खुकुरीमा फरक छ ।”

खुकुरी बनाउने पराम्परागत शैलीलाई यथावत राख्दै पेसालाई जोगाउन राज्यले समस्याको पहिचान गरी आवश्यक सहयोगसँगै प्रोत्साहनका कार्यक्रम सञ्चालन गरे यसलाई बचाइराख्न टेवा पुग्ने कालिगड विश्वकर्मा बताउँछन् ।  रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा माघ अन्तिम साता बाघ गणनाको तयारी

कञ्चनपुर ।  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले देशभर राष्ट्रिय बाघ गणना सुरु ...

आज झापा-५ का दक्षिणी क्षेत्रमा जाँदै ओली, हरेक वडा कमिटीसँग अलगअलग भेट्ने

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन क्षेत्र नं ५ का दक्षिणी भेगका कार्यकर्तासँग भेटघाट गर्ने भएका छन् ।  जिल्ला पार्टी सचिव...

लामाखेतमा धमाधम नदी नियन्त्रणको काम हुँदै

म्याग्दी। लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ । पोखरास्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले नदी कटान नियन्त्रणको काम थालेको हो । कुश्मा...

तनहुँ, बागलुङ र पाल्पाका यी हुन् महिला उम्मेदवार

तनहुँ । राजनीतिक दलका नेताहरूले समावेशीतालाई आफूहरूले जोड दिएको बताए पनि व्यवहारमा त्यो पूर्ण रूपमा रुपान्तरण भएको छैन । संविधानमा महिलालाई गरिएको ...

सर्लाहीबाट काठमाडौं आउँदै गरेको गाडी मकवानपुरको सिमखोलामा दुर्घटना

बागमती । कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ सिमखोला पुल नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छभने अन्य ...

शून्य लागतमा ८ सय नेपाली श्रमिक मलेसिया जाँदै

काठमाडौं । मलेसियास्थित विद्युतीय सामान उत्पादन गर्ने वेस्टर्न कम्पनीले ८ सय जना नेपाली श्रमिकलाई शून्य लागतमा लैजाने भएको छ। कम्पनीले नेपालबाट लैजाने...

प्रतिनिधिसभा निर्वाचन- आज उम्मेदवारको नामावली प्रकाशन हुँदै, भोलि चुनाव चिह्न प्रदान गरिने

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको नामावली प्रकाशन हुँदैछ। मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा हिजो उजुरी दिने कार्यतालिका थिय...

महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

महोत्तरी ।  प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक रहेको छ ।  चार निर्वाचन क्षेत्र रहेको महोत्तरीमा आगाम...

प्रतिनिधिसभा निर्वाचनः प्रत्यक्षतर्फ दलित समुदायबाट न्यून उम्मेदवार

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित समुदायबाट अत्यन्त न्यून उम्मेदवार रहेका छन् । नेपाली कांग्रेसले बझाङबाट सहमहामन्त्री...

देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम  छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु लाग्ने सम्भाव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending